विराटनगर । विराटनगर महानगरपालिकाभित्रको लोदोसहितको फोहर सडकमा छरपस्ट तरिकाले फालेको एक साता बितिसक्दा पनि नउठाउँदा दुर्गन्ध फैलिएर स्थानीय हैरानी भएका छन् भने सडक दुर्घटना बढेको छ ।
विराटनगर–९ भानुटोलको भित्री सडकको नालाको लोदोसहितको फोहोर झिकेर सडक किनारमा राखेको एक साता भएको छ । उक्त फोहर एक हप्ता बितिसक्दा पनि उठाइएको छैन जसले सडकमा दुर्घटना बढाइरहेको स्थानीय पत्रकार पुष्पराज थपलियाले बताए । फोहोर उठाउने ठेकेदारले समयमै नउठाउँदा अहिले दर्गन्ध फैलिएको उनले बताए । महानगरपालिकाले पनि ठेकेदारलाई जिम्मेवार बनाउन भूमिका नखेलेको उनको आरोप छ ।
१९ वडा रहेको विराटनगर महानगरपालिकामा तीन क्षेत्र विभाजन गरी फोहर संकलन र व्यवस्थापन गर्ने गरिएको छ । महानगरले सोही अनुसार ठेक्का सम्झौता गरी नाला सफाइ गर्ने जिम्मेवारी पनि ठेक्का लिने कम्पनीलाई नै दिएको छ ।उत्तरी क्षेत्र विराटनगर १ देखि ५ र १९ नम्बर वडा भित्रको फोहोर उठाउने ठेक्का नेपाल फुलबारी संस्थाले लिएको छ । यसैगरी ६ देखि ११ नम्बर वडासम्मको ठेक्का शान्तिको लागि वातवरण नामका संस्थाले लिएको छ भने दक्षिण क्षेत्र ११ देखि १८ नम्बर वडासम्मको ठेक्का सगरमाथा मल्टिपल सभिर्स प्रालिले लिएको छ ।
फोहोर उठाएबापतको उनीहरुले महानगरपालिकाबाट मासिक रकम र ग्राहक बनाएर पनि शुल्क उठाउने गरेको छ । फुलबारीले मासिक ९० हजार, स्वास्थ्य र शान्तिको लागि वातवरणले एक रुपैयाँ र सगरमाथा मल्टिपल सभिर्सले मासिक तीन लाख रुपैयाँ विराटनगरमहानगरपालिकाबाट लिने गरेका छन् ।
यस बाहेक उनीहरुले महानगरलाई फोहोर दिने ग्राहकहरुबाट नियमित शुल्क संकलन गर्दछन् । तर, ती ठेकेदार कम्पनीहरु महानगरसँग गरेको सर्तबमोजिम नचलेको र महानगरले पनि उनीहरुलाई जिम्मेवार नबनाउँदा नगरका विभिन्न भागमा फोहरको समस्या बढ्न थालेको स्थानीयले बताए । विराटनगर ९ भानुटोल क्षेत्रमा एक सातादेखि फोहोर व्यवस्थापनमा अवरोध सिर्जना भएको स्थानीयले बताएका छन् ।
यता विराटनगर महानगरपालिकाको अनुगमनकर्ता किरण न्यौपानेले ठेकेदार कम्पनीलाई तत्काल फोहर उठाउन लगाउने बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १२ गते, २०८३ - ०९:२४
सर्लाही । सर्लाहीको बरहथवा नगरपालिकामा भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बागमती नगरपालिका वडा नं. २, सुकुमवासी टोल बस...
जेष्ठ १२ गते, २०८३ - ०९:२१
काठमाडौं । राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) कागजमा ‘तीव्र गति’को परियोजना हो, तर मैदानमा यसको गति भने अझै कछुवाभन...
जेष्ठ १२ गते, २०८३ - ०९:१५
हेटौँडा । बागमती प्रदेशसभामा आज प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३–८४ को नीति तथा कार्यक्रम प्रस्तुत प्रस्तुत हुँदैछ । प्रदेशसभाको आज साँझ ५ बजे...
जेष्ठ १२ गते, २०८३ - ०९:१४
काभ्रे । जापानको सहयोगमा बिपी राजमार्गको काभ्रेपलाञ्चोकको पिप्लेदेखि बर्खेखोला सडकखण्ड पुनःनिर्माण सुरु गरिएको छ । नेपालका लागि जापानी राजदूत माएदा तो...
जेष्ठ १२ गते, २०८३ - ०९:१०
काठमाडौं । अनलाइन पत्रकार संघ नेपालले वरिष्ठ पत्रकार किशोर श्रेष्ठविरुद्ध सामाजिक सञ्जालमार्फत फैलाइएको सामग्रीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ...
जेष्ठ १२ गते, २०८३ - ०९:०६
काठमाडौं । प्रेस सेन्टर नेपालले वरिष्ठ पत्रकार किशोर श्रेष्ठ र उहाँ सम्पादक रहेको जनआस्था साप्ताहिकलाई लक्षित गरी दुष्प्रचार, धम्की र षड्यन्त्रपूर्ण ग...
जेष्ठ १२ गते, २०८३ - ०९:०३
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि कृषि क्षेत्रमा ५१ अर्ब १४ करोड रुपैयाँको बजेट सिलिङ प्रस्ताव गरेको छ। तर यो ठूलो अंकको बजेटभित्र...
जेष्ठ १२ गते, २०८३ - ०८:५२
काठमाडौं । काठमाडौंको खिचापोखरीबाट करिब ६ करोड रुपैयाँ बराबरको अवैध इलेक्ट्रिक चुरोट (भेप) बरामद भएको छ । विशेष सूचनाका आधारमा खटिएको काठमाडौं उपत्...
जेष्ठ १२ गते, २०८३ - ०८:४९
काठमाडौं । काठमाडौं महानगरपालिकाले ग्यालेक्सी फोरके टिभीको मातृसंस्था गोरखा मिडिया नेटवर्कलाई १५ दिनभित्र कार्यालय खाली गरेर सामान लैजान अन्तिम सूचना ...
जेष्ठ १२ गते, २०८३ - ०८:४५
गोलभेँडा ८० रुपैयाँ, प्याज ३८ र हरियो खुर्सानी ७० रुपैयाँमा कारोबार



प्रतिकृया लेख्नुहोस्: