विराटनगर । विराटनगर महानगरपालिकाभित्रको लोदोसहितको फोहर सडकमा छरपस्ट तरिकाले फालेको एक साता बितिसक्दा पनि नउठाउँदा दुर्गन्ध फैलिएर स्थानीय हैरानी भएका छन् भने सडक दुर्घटना बढेको छ ।
विराटनगर–९ भानुटोलको भित्री सडकको नालाको लोदोसहितको फोहोर झिकेर सडक किनारमा राखेको एक साता भएको छ । उक्त फोहर एक हप्ता बितिसक्दा पनि उठाइएको छैन जसले सडकमा दुर्घटना बढाइरहेको स्थानीय पत्रकार पुष्पराज थपलियाले बताए । फोहोर उठाउने ठेकेदारले समयमै नउठाउँदा अहिले दर्गन्ध फैलिएको उनले बताए । महानगरपालिकाले पनि ठेकेदारलाई जिम्मेवार बनाउन भूमिका नखेलेको उनको आरोप छ ।
१९ वडा रहेको विराटनगर महानगरपालिकामा तीन क्षेत्र विभाजन गरी फोहर संकलन र व्यवस्थापन गर्ने गरिएको छ । महानगरले सोही अनुसार ठेक्का सम्झौता गरी नाला सफाइ गर्ने जिम्मेवारी पनि ठेक्का लिने कम्पनीलाई नै दिएको छ ।उत्तरी क्षेत्र विराटनगर १ देखि ५ र १९ नम्बर वडा भित्रको फोहोर उठाउने ठेक्का नेपाल फुलबारी संस्थाले लिएको छ । यसैगरी ६ देखि ११ नम्बर वडासम्मको ठेक्का शान्तिको लागि वातवरण नामका संस्थाले लिएको छ भने दक्षिण क्षेत्र ११ देखि १८ नम्बर वडासम्मको ठेक्का सगरमाथा मल्टिपल सभिर्स प्रालिले लिएको छ ।
फोहोर उठाएबापतको उनीहरुले महानगरपालिकाबाट मासिक रकम र ग्राहक बनाएर पनि शुल्क उठाउने गरेको छ । फुलबारीले मासिक ९० हजार, स्वास्थ्य र शान्तिको लागि वातवरणले एक रुपैयाँ र सगरमाथा मल्टिपल सभिर्सले मासिक तीन लाख रुपैयाँ विराटनगरमहानगरपालिकाबाट लिने गरेका छन् ।
यस बाहेक उनीहरुले महानगरलाई फोहोर दिने ग्राहकहरुबाट नियमित शुल्क संकलन गर्दछन् । तर, ती ठेकेदार कम्पनीहरु महानगरसँग गरेको सर्तबमोजिम नचलेको र महानगरले पनि उनीहरुलाई जिम्मेवार नबनाउँदा नगरका विभिन्न भागमा फोहरको समस्या बढ्न थालेको स्थानीयले बताए । विराटनगर ९ भानुटोल क्षेत्रमा एक सातादेखि फोहोर व्यवस्थापनमा अवरोध सिर्जना भएको स्थानीयले बताएका छन् ।
यता विराटनगर महानगरपालिकाको अनुगमनकर्ता किरण न्यौपानेले ठेकेदार कम्पनीलाई तत्काल फोहर उठाउन लगाउने बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ११ गते, २०८२ - २०:२०
काठमाडौं । सरकारले ‘नेपाल नागरिकता चौथो संशोधन नियमावली २०८२’ स्वीकृत गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर...
पौष ११ गते, २०८२ - २०:०५
काठमाडौं । भारतले बंगलादेशमा हिन्दू, ईसाई र बौद्धलगायत धार्मिक अल्पसंख्यक समुदायविरुद्ध शत्रुता र हिंसा बढ्दै गएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ।...
पौष ११ गते, २०८२ - २०:०४
धनगढी । श्रीमान्–श्रीमतीको सम्बन्ध मात्र होइन, पार्टी नेतृत्वसमेत फरक–फरक धारमा पुगेपछि छुट्टिएका रेशम चौधरी र रञ्जिता श्रेष्ठ पुनः एउटै राजनीतिक यात्...
पौष ११ गते, २०८२ - १९:५७
विराटनगर । विराटनगर महानगरपालिकाले आजदेखि पिपीआर तथा स्वाइन फिभरविरुद्धको निःशुल्क खोप अभियान सुरु गरेको छ। महानगरपालिकाको कृषि तथा पशुपन्छी विकास ...
पौष ११ गते, २०८२ - १९:५४
वीरगञ्ज । चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा वीरगञ्ज नाका हुँदै आठ अर्ब ७७ करोड रुपैयाँ बराबरका विभिन्न १७ प्रकारका खाद्यवस्तु आयात भएका छन्। वी...
पौष ११ गते, २०८२ - १९:५३
काठमाडौँ । युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड सदस्यमा पाँच जनालाई नियुक्त गरेका छन्। मन्त्री गुप्ताले ...
पौष ११ गते, २०८२ - १९:४९
काठमाडौं । सशस्त्र प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ११ किलो गाँजासहित चार जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। सशस्त्र प्रहरी ना...
पौष १० गते, २०८२ - २०:२५
काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीबीच आगामी प्रतिनिधिसभा निर्वाचनमा सहकार्यको सम्भ...
पौष १० गते, २०८२ - २०:१३
नेपालगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेले सवारीसाधनमा लेखिएका अमर्यादित, असभ्य तथा सामाजिक मर्यादा विपरीतका भनाइहरू हटाउने अभियान सुरु गरेको...
पौष १० गते, २०८२ - २०:०३
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको परिवर्तनका कारण तराई–मधेसमा शीतलहर र उच्च पहाडी तथा हिमाली क्षेत्र...




प्रतिकृया लेख्नुहोस्: