Khabar Dabali ३ जेष्ठ २०८३ आईतवार | 17th May, 2026 Sun
Investment bank

पूर्व राष्ट्रपतिको मूल्यांकनमा भारतीय प्रधानमन्त्री मोदी

खबरडबली संवाददाता

काठमाडौं ।  कुनैबेला भारतकी पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीका निकटस्थ विश्वासपात्र रहेका स्वर्गीय पूर्व राष्ट्रपति तथा कांग्रेस नेता प्रणव मुखर्जीले आफ्नी छोरी शर्मिष्ठासँग भनेका थिए, इन्दिरा पछि जनताको नाडी छामेर उनीहरुको भावना महसुस गर्ने क्षमता कसैसँग छ भने त्यो प्रधानमन्त्री नरेन्द्र मोदीसँग मात्र छ ।

शर्मिष्ठा मुखर्जीले आफ्ना पितासँगको कुराकानीलाई संस्मरणका रुपमा प्रकाशन गर्न लागेको पुस्तक ‘प्रणब, माई फादरः ए डेटर रिमेम्बर्स’ मा वर्णन यी प्रसंग उल्लेख गरेकी छन् । उनको डायरीबाट धेरै रोचक प्रसंगहरु पुस्तकमा समावेश गरिएको छ ।

कुनैबेला भारतको प्रधानमन्त्री बन्ने चाहना  राखेका तर परिस्थितिले देशको राष्ट्रपति बन्न वाध्य पारिएका प्रणवले छोरी शर्मिष्ठासँग गरेका कुराकानी पुस्तकमा समावेश गरिएको छ । भारतीय कांग्रेस आईका नेता राहुल गान्धीप्रति प्रणवको दृष्टिकोण पनि अरुको भन्दा फरक थियो भन्दै शर्मिष्ठाले पितालाई भारत रत्न प्रदान गरिएको समारोहमा उनले कैयौं रोचक प्रसंगहरु चर्चा गरेको उल्लेख गरेकी छन् ।

शर्मिष्ठाका अनुसार उनका पिता प्रधानमन्त्री बन्न इच्छुक भए तापनि कांग्रेस नेता सोनिया गान्धीले उनको कार्यक्षेत्रमा दख्खलमा दिने र सन् २००४ मा अर्का नेता मनमोहन सिंहलाई पद सम्हाल्ने मार्ग प्रशस्त गरेर आफ्नै परिवारको हितलाई सुरक्षित गर्ने सोचेका थिए ।

सन् २०१२ देखि २०१७ सम्म भारतको १३ औं राष्ट्रपतिको रूपमा सेवा गरेका प्रणव मुखर्जीले आफ्नी छोरीलाई पनि भने २००४ मा यूपीएले बहुमत हासिल गरेपछि सोनियाको प्रधानमन्त्री पद त्याग्ने निर्णयबाट सम्पूर्ण कांग्रेस नेतृत्व र पार्टीका सहयोगीहरू स्तब्ध भएका थिए ।

‘द पीएम इन्डिया नेभर ह्याड’ शीर्षकको अध्यायमा शर्मिष्ठाले लेखेकी छिन्, ‘सोनियाले प्रधानमन्त्रीको दौडबाट बाहिरिने निर्णय गरेपछि मिडिया र राजनीतिक क्षेत्रमा चर्को अड्कलबाजी भएको थियो ।

‘डाक्टर मनमोहन सिंह र प्रणवको नाम पदका लागि शीर्ष दावेदारको रूपमा छलफल भइरहेको थियो। बाबा असाध्यै व्यस्त भएकाले केही दिन भेट्ने मौका पाइनँ, तर फोनमा कुरा गरेँ । मैले उहाँलाई प्रधानमन्त्री बन्ने हो कि भनेर उत्साहित हुँदै सोधेँ । उहाँको जवाफ स्पष्ट थिएन, ‘होइन, उनले मलाई प्रधानमन्त्री बनाउँदिनन् । मनमोहन सिंह हुनेछन्।तर उनले छिटो घोषणा गर्नुपर्छ । यो अनिश्चितता देशको लागि राम्रो होइन,’ शर्मिष्ठाले लेखेकी छन् ।

पूर्व राष्ट्रपतिलाई राहुल गान्धीको नेतृत्व क्षमतामा पनि शंका रहेको प्रसंग पनि सो पुस्तकमा हुने छ। प्रणवले ‘धेरै विनम्र’ र ‘प्रश्नहरूले भरिएको’ भनेर राहुलको व्यक्तित्वको चित्रण गरेको सन्दर्भ पनि रहेको छ । पूर्व राष्ट्रपति प्रणवले राहुल ‘अझै राजनीतिक रूपमा परिपक्व हुन’ समय लाग्ने बताएका थिए ।

चारदिन पछि डिसेम्बर ११मा सार्वजनिक हुने पुस्तकले कतिपय विवादास्पद विषयहरूलाई पनि उजागर गरेको शर्मिष्ठाले चर्चा गरेको दि टाईम्स अफ इन्डियाले लेखेको छ ।

भारतीय राजनीतिको शीर्ष स्थानमा बसेर सक्रिय जीवन बिताएका पूर्व राष्ट्रपति प्रणवले सबैजसो प्रधानमन्त्री र कैयौं नेताहरूसँगको सम्बन्धको बारेमा गरेका चर्चाहरु पनि पुस्तकमा समावेश रहेको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

क्रिकेट विश्वकप लिग–२ मा नेपाल र अमेरिका भिड्दै

काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र अमेरिकाबीच खेल हुँदैछ । र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदा...

चोकचोकका विशाल बोर्ड रित्तिए, डिजिटल विज्ञापनले खायो बजार

काठमाडौं । एक समय यस्तो थियो, सहरका चोक–चोकमा ठडिएका होर्डिङ बोर्डमा विज्ञापन राख्न कम्पनीहरूबीच प्रतिस्पर्धा चल्थ्यो । कसको बोर्ड कहाँ देखिने भन्ने ह...

कहिले गृह, कहिले बालुवाटार- गुप्तचर विभाग किन बन्छ सत्ता संघर्षको मोहरा ?

काठमाडौं । नेपालका शक्तिशाली तर सधैँ छायाँमा रहने निकायमध्ये एक हो राष्ट्रिय अनुसन्धान विभाग । सरकार बदलिँदा यसको ‘बास’ पनि बदलिने पुरानो प्रवृत्ति फे...

सुकुमबासी’ भन्दै वन अतिक्रमण, ३५ मध्ये २ घर मात्रै सुकुमबासी

बाराको ३ नं पुलबाट चार दशक पुरानो अतिक्रमण हटाइयो, ‘सुकुमबासी’ दाबी कमजोर बारा । पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत बाराको ३ नं पुल क्षेत्रमा च...

श्रम संस्कृति पार्टीको कोशी प्रदेश अध्यक्षमा प्रताप राई निर्वाचित

सुुनसरी । श्रम संस्कृति पार्टी कोशी प्रदेश अध्यक्षमा प्रताप राई निर्वाचित भएका छन् ।सुनसरीकाे धरानमा भएको प्रदेश भेलाले खोटाङका राईलाई अध्यक्षमा निर्व...

६० वर्षमा एसईई पास : भक्तपुरका आमा–हजुरआमाले तोडे उमेरको बाधा

भक्तपुर । “पढ्ने रहरलाई उमेरले छेक्दैन” भन्ने भनाइ भक्तपुरकी ६० वर्षीया रमिनकुमारी राईले व्यवहारमै प्रमाणित गरेकी छन् । जीवनभर घरपरिवार, विवाह र छोराछ...

दुई दिनको वर्षाले काभ्रेका किसानलाई ४६ करोडको चोट

काभ्रेपलाञ्चोक । वैशाख १२ र १३ गते परेको अविरल वर्षाले काभ्रेपलाञ्चोकका किसानलाई ठूलो आर्थिक मार परेको छ । प्रारम्भिक विवरणअनुसार पनौती नगरपालिका र बे...

आजको मौसम : केही ठाउँमा वर्षा, तराईमा हावाहुरीको सम्भावना

काठमाडौँ । नेपालमा अहिले पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको प्रभावले गण्डकी, कर्णाली र सुदूरप...

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

काठमाडौं । बाँकेको राप्तीसोनारी गाउँपालिका–३ स्थित जङ्गलमा बाख्रा चराउन गएका पाँच महिलालाई अज्ञात समूहले निर्घात कुटपिट गरी सुनका गरगहना लुटपाट गरेको ...

मनसुनको चेतावनी : २ लाखभन्दा बढी जनता प्रभावित हुनसक्ने

काठमाडौँ । यस वर्षको मनसुनले देशभर ठूलो जनधनको क्षति पुर्‍याउन सक्ने अनुमान गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending