त्रिवेणी । जाजरकोट भूकम्पबाट प्रभावित रुकुम पश्चिमको आठबीसकोट नगपालिकामा अस्थायी आवास निर्माणका लागि करिब १० हजार लाभग्राही पहिचान गरिएको छ । भूकम्प गएको एक महिनापछि सार्वजनिक विवरणअनुसार नगरपालिकाका १४ वटै वडामा नौ हजार नौ सय ६२ घरपरिवार पहिचान भएको सो नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मणिराज शाहले जानकारी दिए ।
शाहका अनुसार अब सोही आधारमा भूकम्पप्रभावितले अस्थायी आवास निर्माणका लागि रकम प्राप्त गर्नेछन् । यसअघि नगरपालिकाका भूकम्प प्रभावित चार हजार पाँच सयले अस्थायी आवास निर्माणका लागि रु २५ हजारका दरले रु ११ करोड २५ लाख प्राप्त गरिसकेका थिए । शाहका अनुसार अब बाँकी पाँच हजार चार सय ६२ ले पहिलो किस्ता वापतको रकम प्राप्त गर्नेछन् ।
नगरपालिकामा हालसम्म निर्माण भएका अस्थायी आवासको तथ्याङ्क सङ्कलन भइनसकेको उनले बताए । “विभिन्न राजनीतिक दलले स्वयंसेवाका रूपमा अस्थायी आवास निर्माण गरिरहनुभएको छ । केही निर्माण सम्पन्न भएर पनि अस्थायी आवासमा बसिसक्नुभएको छ । यसको यकिन वितरण नगरपालिकामा आएको छैन । विवरण सङ्कलन गरेर एक दुई दिनभित्र सबै वडा कार्यालयलाई पठाउन भनेका छौँ”, उनले भने ।
केही भूकम्पपीडित अस्थायी आवासमा बसे पनि अधिकांश अझै पनि त्रिपालकै भरमा बस्न बाध्य छन् । नगरप्रमुख रवि केसीले मङ्सिरभित्र भूकम्प प्रभावित सबैलाई अस्थायी छानामुनि ल्याउने गरी काम भइरहेको बताए ।
जिल्लाका छवटै पालिकामा आठबीसकोट, चौरजहारी र मुसीकोट नगरपालिका तथा त्रिवेणी, बाँफीकोट र सानीभेरी गाउँपालिकाका भूकम्प प्रभावित १५ हजार छ सय ८९ का लागि पहिलो किस्ताबापत रु ३९ करोड २२ लाख २५ हजार सम्बन्धित स्थानीय तह विपद् व्यवस्थापन समितिको खातामा पठाइएको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ७ गते, २०८२ - ०९:३४
काठमाडौं । स्थानहद फुकुवापछि पहिलोपटक सोमबार झापा आउँदै गर्दा एमाले अध्यक्ष केपी शर्मा ओलीको पहिलो टिप्पणी सुरक्षा विषयमै केन्द्रित थियो । यति एयरल...
माघ ७ गते, २०८२ - ०९:२१
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनका लागि धमाधम टिकट बाँडिरहेका छन्। निर्वाचनका लागि मंगलबार...
माघ ७ गते, २०८२ - ०९:१४
काठमाडौं । नेकपा एमालेले रूपन्देही र पाल्पाका केही उम्मेदवार फेरबदल गरेको छ। यसअघि निर्णय भएका उम्मेदवारहरूको नाम परिवर्तन गरेर नयाँ उम्मेदवारहरूला...
माघ ७ गते, २०८२ - ०९:०७
रुपन्देही । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सभापति गगन थापाको प्रशंसा गर्दै सबै नेता एउटै चुनाव चिन्हमा जानु कांग्रेसको ठूलो उपलब्धि भएको बताए...
माघ ७ गते, २०८२ - ०८:२९
काठमाडौं । नेपाली कांग्रेसले डडेल्धुरामा नैनसिंह महरलाई उम्मेदवार बनाएको छ। पूर्वसभापति शेरबहादुर देउवाको निर्वाचन क्षेत्रमा महर टिकट दिएको हो। म...
माघ ७ गते, २०८२ - ०८:२३
काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले १ उम्मेदवारको टुंगो लगाएको छ। राप्रपाले १६० निर्वाचन क्षेत्रका लागि उम्मेदवार चयन गरेको हो। उम्...
माघ ७ गते, २०८२ - ०८:१३
काठमाडौं । गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा समूहले सर्वोच्चमा दायर गरेक...
माघ ७ गते, २०८२ - ०८:०७
काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले जलेका सपनाहरूलाई फेरि जागृत गर्दै नयाँ पुस्ताको सुन्दर भविष्य साकार बनाउँने बताएका छन्। प्रतिनिधि सभाको उम्मेद...
माघ ७ गते, २०८२ - ०७:५०
काठमाडौं । सञ्चारकर्मी ऋषि धमला प्रभु साह नेतृत्वको आम जनता पार्टीबाट चुनाव लड्ने भएका छन्। रौतहट–४ बाट चुनाव लड्न लागेको उनकी पत्नी एजिला गौतमले ...
माघ ७ गते, २०८२ - ०७:४२
मध्यविन्दु । यस वर्षको जलपक्षी गणनाका क्रममा नारायणी नदी क्षेत्रमा ४२ प्रजातिका चरा भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टरका पक्षी गणना स...




प्रतिकृया लेख्नुहोस्: