धनगढी । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको विशेष रुपान्तरण अभियानले जनतामा नयाँ, आशा जगाउन सफल भएको बताएका छन् । कैलालीको धनगढी उपमहानगरपालिका –१६ स्थित घसिटा गाउँमा आज आयोजित पार्टीको विशेष रुपान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
माओवादी पार्टीले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको गुनासो बढेपछि आफूले नै केन्द्रीय समितिमा प्रस्ताव राखेर रुपान्तरण अभियान सञ्चालनका लागि सर्वसम्मत निर्णय गराएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।
उहाँले यो अभियानमा पूर्वका नेतालाई पश्चिम, पश्चिमकालाई पूर्व, हिमालकालाई तराई–मधेस र तरार्ई–मधेसका नेतालाई हिमाल पहाडका वडामा खटाएर अभियान जारी राखेको बताए । अभियानले जनयुद्धका घाइते, सहिद परिवार, बेपत्ताका परिवारसँग माओवादीलाई जोड्नुका साथै जनतामा पनि नयाँ उत्साह थपेको प्रधानमन्त्री प्रचण्डले बताए । अभियान सकिएपछि अन्तिम सम्मेलन गर्ने र देशभरिको प्रतिवेदन लिएर फेरि अर्को अभियान अगाडि बढाउने प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।
यसैगरी, नेपालको प्रतिष्ठा बढाउन र अन्तर्राष्ट्रिय सहयोग जुटाउनका लागि आफूले छिमेकी राष्ट्र भारत र चीनको भ्रमणपछि अमेरिकाको भ्रमण गरेको बताए । रुपान्तरण अभियान अन्तर्गत माओवादी केन्द्रको अध्यक्ष एवम् मुलुकको प्रधानमन्त्रीको हैसियतले आफूले सातै प्रदेशको एक–एक वडामा पुगेर जनताको कुरा सुन्ने निर्णयअनुसार सुदूरपश्चिम प्रदेशमा धनगढी उपमहानगरपालिकाको वडा १६ मा पुगेको बताए। उनले यो आफ्नो छैटौं वडा रहेको उल्लेख गर्दै बाँकी रहेको कोशी प्रदेशको कुनै एक वडामा पनि आफू पुग्ने बताए ।
यस्तै, फाप्ला क्रिकेट मैदानलाई राष्ट्रिय गौरवको आयोजना बनाउनु पर्ने, बेहडाबाबा मन्दिरलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्ने, जाखोर तालमा पिकनिक स्थल बनाउनुपर्ने मागप्रति आफू सकारात्मक रहेको उनले बताए ।
यसैगरी, धनगढी उपमहानगरपालिका –१५ देखि बनकटीसम्म १५ किलोमिटर कालोपत्रे कृषि सडक निर्माण, धुरजन्ना–डुमलिया जोड्ने शिवगंगा नदीमा मोटरेबल पुल निर्माण, कैलारी –९ सिमराना, कोइलही, गदरिया जोड्ने घुरहा नदीमा पुल निर्माणको मागप्रति पनि आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १२ गते, २०८३ - ०९:२४
सर्लाही । सर्लाहीको बरहथवा नगरपालिकामा भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बागमती नगरपालिका वडा नं. २, सुकुमवासी टोल बस...
जेष्ठ १२ गते, २०८३ - ०९:२१
काठमाडौं । राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) कागजमा ‘तीव्र गति’को परियोजना हो, तर मैदानमा यसको गति भने अझै कछुवाभन...
जेष्ठ १२ गते, २०८३ - ०९:१५
हेटौँडा । बागमती प्रदेशसभामा आज प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३–८४ को नीति तथा कार्यक्रम प्रस्तुत प्रस्तुत हुँदैछ । प्रदेशसभाको आज साँझ ५ बजे...
जेष्ठ १२ गते, २०८३ - ०९:१४
काभ्रे । जापानको सहयोगमा बिपी राजमार्गको काभ्रेपलाञ्चोकको पिप्लेदेखि बर्खेखोला सडकखण्ड पुनःनिर्माण सुरु गरिएको छ । नेपालका लागि जापानी राजदूत माएदा तो...
जेष्ठ १२ गते, २०८३ - ०९:१०
काठमाडौं । अनलाइन पत्रकार संघ नेपालले वरिष्ठ पत्रकार किशोर श्रेष्ठविरुद्ध सामाजिक सञ्जालमार्फत फैलाइएको सामग्रीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ...
जेष्ठ १२ गते, २०८३ - ०९:०६
काठमाडौं । प्रेस सेन्टर नेपालले वरिष्ठ पत्रकार किशोर श्रेष्ठ र उहाँ सम्पादक रहेको जनआस्था साप्ताहिकलाई लक्षित गरी दुष्प्रचार, धम्की र षड्यन्त्रपूर्ण ग...
जेष्ठ १२ गते, २०८३ - ०९:०३
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि कृषि क्षेत्रमा ५१ अर्ब १४ करोड रुपैयाँको बजेट सिलिङ प्रस्ताव गरेको छ। तर यो ठूलो अंकको बजेटभित्र...
जेष्ठ १२ गते, २०८३ - ०८:५२
काठमाडौं । काठमाडौंको खिचापोखरीबाट करिब ६ करोड रुपैयाँ बराबरको अवैध इलेक्ट्रिक चुरोट (भेप) बरामद भएको छ । विशेष सूचनाका आधारमा खटिएको काठमाडौं उपत्...
जेष्ठ १२ गते, २०८३ - ०८:४९
काठमाडौं । काठमाडौं महानगरपालिकाले ग्यालेक्सी फोरके टिभीको मातृसंस्था गोरखा मिडिया नेटवर्कलाई १५ दिनभित्र कार्यालय खाली गरेर सामान लैजान अन्तिम सूचना ...
जेष्ठ १२ गते, २०८३ - ०८:४५
गोलभेँडा ८० रुपैयाँ, प्याज ३८ र हरियो खुर्सानी ७० रुपैयाँमा कारोबार



प्रतिकृया लेख्नुहोस्: