Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

रुपान्तरण अभियानले जनतामा नयाँ आशा जगाएको छः प्रधानमन्त्री प्रचण्ड

खबरडबली संवाददाता

धनगढी । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको विशेष रुपान्तरण अभियानले जनतामा नयाँ, आशा जगाउन सफल भएको बताएका छन् ।  कैलालीको धनगढी उपमहानगरपालिका –१६ स्थित घसिटा गाउँमा आज आयोजित पार्टीको विशेष रुपान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

माओवादी पार्टीले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको गुनासो बढेपछि आफूले नै केन्द्रीय समितिमा प्रस्ताव राखेर रुपान्तरण अभियान सञ्चालनका लागि सर्वसम्मत निर्णय गराएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ । 

उहाँले यो अभियानमा पूर्वका नेतालाई पश्चिम, पश्चिमकालाई पूर्व, हिमालकालाई तराई–मधेस र तरार्ई–मधेसका नेतालाई हिमाल पहाडका वडामा खटाएर अभियान जारी राखेको बताए ।  अभियानले जनयुद्धका घाइते, सहिद परिवार, बेपत्ताका परिवारसँग माओवादीलाई जोड्नुका साथै जनतामा पनि नयाँ उत्साह थपेको प्रधानमन्त्री प्रचण्डले बताए ।  अभियान सकिएपछि अन्तिम सम्मेलन गर्ने र देशभरिको प्रतिवेदन लिएर फेरि अर्को अभियान अगाडि बढाउने प्रधानमन्त्री प्रचण्डको भनाइ छ  ।

यसैगरी, नेपालको प्रतिष्ठा बढाउन र अन्तर्राष्ट्रिय सहयोग जुटाउनका लागि आफूले छिमेकी राष्ट्र भारत र चीनको भ्रमणपछि अमेरिकाको भ्रमण गरेको बताए । रुपान्तरण अभियान अन्तर्गत  माओवादी केन्द्रको अध्यक्ष एवम् मुलुकको प्रधानमन्त्रीको हैसियतले आफूले सातै प्रदेशको एक–एक वडामा पुगेर जनताको कुरा सुन्ने निर्णयअनुसार सुदूरपश्चिम प्रदेशमा धनगढी उपमहानगरपालिकाको वडा १६ मा पुगेको बताए।  उनले यो आफ्नो छैटौं वडा रहेको उल्लेख गर्दै बाँकी रहेको कोशी प्रदेशको कुनै एक वडामा पनि आफू पुग्ने बताए । 

यस्तै, फाप्ला क्रिकेट मैदानलाई राष्ट्रिय गौरवको आयोजना बनाउनु पर्ने, बेहडाबाबा मन्दिरलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्ने, जाखोर तालमा पिकनिक स्थल बनाउनुपर्ने मागप्रति आफू सकारात्मक रहेको उनले बताए  । 

यसैगरी, धनगढी उपमहानगरपालिका –१५ देखि बनकटीसम्म १५ किलोमिटर कालोपत्रे कृषि सडक निर्माण, धुरजन्ना–डुमलिया जोड्ने शिवगंगा नदीमा मोटरेबल पुल निर्माण, कैलारी –९ सिमराना, कोइलही, गदरिया जोड्ने घुरहा नदीमा पुल निर्माणको मागप्रति पनि आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताए । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अमेरिकामा प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच भेटवार्ता हुने

काठमााडौं । अमेरिका भ्रमणमा रहेको प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्ने भएका छन् । संयुक्त राष्ट्र सङ्घको कार...

अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनको तयारी पूरा

काठमाडौं ।  नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलनको तयारी पूरा गरेको ...

खाली भयो नुवाकोट जिल्ला कारागार

नुवाकोट। नुवाकोटको विदुर नगरपालिका–६ खम्पाक्याम्पमा केन्द्रीय कारागार भवन निर्माण गरेर भदौ १५ देखि कैदीबन्दी स्थान्तरण गरेपश्चात खाली भएको विदुर–१ ढुं...

ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धमा सहभागी सबै माओवादी घटकहरु एक ठाउँमा आउनुको विकल्प नभएको उल्लेख गर्दै ढ...

गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य

काठमाडौँ । भारतले बंगलादेशलाई जारी पहिलो टेस्ट खेलमा ५१५ रनको लक्ष्य दिएको छ ।  जारी टेस्टको दोस्रो इनिंगमा भारतले ४ विकेट गुमाउदै २८७ रन बनाएर आफ्...

हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली

रौतहट । हैजा प्रभावित क्षेत्र रौतहटको राजपुरमा  प्रादेशिक अस्पताल गौरको  मेडिकल सुपरिेन्डेन्ट डाक्टर मुरारी ठाकुरको नेतृत्वमा एक आवश्यक औषधि सहित पुगे...

चट्याङ लागेर एकजनाको मृत्यु

  ढोरपाटन । निसीखोला गाउँपालिका–३ किटनीकी २४ वर्षीया रजना बुढाको गत राति चट्याङ लागेर मृत्यु भएको छ । आफ्नै घरभित्र बसिरहेको अवस्थामा चट्याङ पर्दा ...

नौ लाख बराबरका भन्सार छलीका सामान बरामद

काठमाडौं ।  जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले भन्सार छली गरी ल्याइएका रु नौ लाख बराबरको सामान बरामद गरेको छ । प्रहरीले आज जिल्लाका विभि...

कुचोसँग चामल साटेर दैनिकी चलाउँदै सम्झना चौधरी

 दाङ  । लमही नगरपालिका–९ रिहार निवासी ५७ वर्षीया सम्झना चौधरीले कुचोबाट आफ्नो जीविकोपार्जन गर्दै आएकी छन्। उनले कुचो बनाउने र बजारमा चामलसँग साटेर घर ...

चितवन–२ का मतदाता भन्छन्ः रविलाई भोट दिएकोमा पछुतो छ

काठमाडौं । सहकारी छानविन प्रकरणमा सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले गोरखा मिडियाका सञ्चालकहरुले सहकारीको रकम अपचलन ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy