काठमाडाैं । महिलामाथि सबै प्रकारका प्रतिबन्ध लगाउने तालिबानले आफ्नो गल्ती महसुस गरेको छ । अफगानिस्तानमा तालिबानद्वारा नियुक्त उप विदेशमन्त्री शेर मोहम्मद अब्बास स्टानिकजाइले तालिबानबाट मानिसहरू टाढा हुदैँ जानुको मुख्य कारण महिला शिक्षामा निरन्तर प्रतिबन्ध रहेको बताएका छन्।
एक कार्यक्रममा बोल्दै उप परराष्ट्रमन्त्रीले कक्षा ६ देखि छात्राका लागि विद्यालय पुनः खोल्ने महत्वमा जोड दिँदै ज्ञानविना समाजमा उज्यालो हुन नसक्ने बताए ।
समाचार अनुसार तालिवानको सीमा तथा जनजातीय मामिला मन्त्रालयले शैक्षिक संस्थाहरूमा अध्ययनरत विद्यार्थीहरूको स्नातकको उपलक्ष्यमा समारोह आयोजना गरेको थियो। सो कार्यक्रममा स्टानिकजाईले शिक्षा सबैको अधिकार भएको बताए । ‘अल्लाह र पैगम्बरले दिएको यो प्राकृतिक अधिकार हो, यो अधिकार उनीहरूबाट कसैले कसरी खोस्न सक्छ ? यदि कसैले यो अधिकार हनन गर्छ भने त्यो अफगान र यहाँका जनतामाथिको अत्याचार हो,’ उनले भने ।
उनले अगाडी भने, ‘शिक्षा संस्थाका ढोका सबैका लागि खोल्न पहल गरिनुपर्छ। छिमेकी र विश्वसँग आज हाम्रो एउटै समस्या शिक्षा हो। शिक्षाको समस्याले गर्दा मान्छेहरू हामीबाट टाढा सर्दैछन् र हामीसँग रिसाउँदै छन् भने त्यो शिक्षाकै कारण हो ।’
तालिबानद्वारा नियुक्त सीमा तथा जनजाति मामिलाका कार्यवाहक मन्त्री नुरुल्लाह नूरीले शिक्षाको पहुँच नभएका दुर्गम क्षेत्रमा बस्ने युवाहरूलाई विद्यालयमा भर्ना गरिएको बताए। उनले धार्मिक र आधुनिक शिक्षामा कुनै दुरी नरहेको पनि जोड दिएका छन् ।
उल्लेखनीय छ कि अफगानिस्तानमा तालिबान सत्तामा आएपछि महिलाहरूलाई माध्यमिक विद्यालय जान प्रतिबन्ध लगाइएको थियो, त्यसपछि उनीहरूका लागि विश्वविद्यालयका ढोकाहरू बन्द गरिएका थिए।
तालिबानद्वारा नियुक्त कार्यवाहक शिक्षा मन्त्री हबिबुल्लाह आगाले हालै देशका धार्मिक विद्यालयहरूमा शिक्षाको खराब गुणस्तरको आलोचना गरेको पनि टोलो न्यूजले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २ गते, २०८३ - ०७:३१
काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र अमेरिकाबीच खेल हुँदैछ । र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदा...
जेष्ठ २ गते, २०८३ - ०७:२५
काठमाडौं । एक समय यस्तो थियो, सहरका चोक–चोकमा ठडिएका होर्डिङ बोर्डमा विज्ञापन राख्न कम्पनीहरूबीच प्रतिस्पर्धा चल्थ्यो । कसको बोर्ड कहाँ देखिने भन्ने ह...
जेष्ठ २ गते, २०८३ - ०७:१८
काठमाडौं । नेपालका शक्तिशाली तर सधैँ छायाँमा रहने निकायमध्ये एक हो राष्ट्रिय अनुसन्धान विभाग । सरकार बदलिँदा यसको ‘बास’ पनि बदलिने पुरानो प्रवृत्ति फे...
जेष्ठ २ गते, २०८३ - ०७:०४
बाराको ३ नं पुलबाट चार दशक पुरानो अतिक्रमण हटाइयो, ‘सुकुमबासी’ दाबी कमजोर बारा । पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत बाराको ३ नं पुल क्षेत्रमा च...
जेष्ठ २ गते, २०८३ - ०७:०१
सुुनसरी । श्रम संस्कृति पार्टी कोशी प्रदेश अध्यक्षमा प्रताप राई निर्वाचित भएका छन् ।सुनसरीकाे धरानमा भएको प्रदेश भेलाले खोटाङका राईलाई अध्यक्षमा निर्व...
जेष्ठ २ गते, २०८३ - ०६:५८
भक्तपुर । “पढ्ने रहरलाई उमेरले छेक्दैन” भन्ने भनाइ भक्तपुरकी ६० वर्षीया रमिनकुमारी राईले व्यवहारमै प्रमाणित गरेकी छन् । जीवनभर घरपरिवार, विवाह र छोराछ...
जेष्ठ २ गते, २०८३ - ०६:५३
काभ्रेपलाञ्चोक । वैशाख १२ र १३ गते परेको अविरल वर्षाले काभ्रेपलाञ्चोकका किसानलाई ठूलो आर्थिक मार परेको छ । प्रारम्भिक विवरणअनुसार पनौती नगरपालिका र बे...
जेष्ठ २ गते, २०८३ - ०६:४९
काठमाडौँ । नेपालमा अहिले पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको प्रभावले गण्डकी, कर्णाली र सुदूरप...
जेष्ठ २ गते, २०८३ - ०६:४६
काठमाडौं । बाँकेको राप्तीसोनारी गाउँपालिका–३ स्थित जङ्गलमा बाख्रा चराउन गएका पाँच महिलालाई अज्ञात समूहले निर्घात कुटपिट गरी सुनका गरगहना लुटपाट गरेको ...
जेष्ठ २ गते, २०८३ - ०६:४२
काठमाडौँ । यस वर्षको मनसुनले देशभर ठूलो जनधनको क्षति पुर्याउन सक्ने अनुमान गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार...



प्रतिकृया लेख्नुहोस्: