Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

महिलालाई शिक्षामा प्रतिबन्ध लगाउनु गलत भएको तालिबानी मन्त्रीद्धारा स्विकारोक्ति

खबरडबली संवाददाता

काठमाडाैं । महिलामाथि सबै प्रकारका प्रतिबन्ध लगाउने तालिबानले आफ्नो गल्ती महसुस गरेको छ । अफगानिस्तानमा तालिबानद्वारा नियुक्त उप विदेशमन्त्री शेर मोहम्मद अब्बास स्टानिकजाइले तालिबानबाट मानिसहरू टाढा हुदैँ जानुको मुख्य कारण महिला शिक्षामा निरन्तर प्रतिबन्ध रहेको बताएका छन्।

एक कार्यक्रममा बोल्दै उप परराष्ट्रमन्त्रीले कक्षा ६ देखि छात्राका लागि विद्यालय पुनः खोल्ने महत्वमा जोड दिँदै ज्ञानविना समाजमा उज्यालो हुन नसक्ने बताए । 

समाचार अनुसार तालिवानको सीमा तथा जनजातीय मामिला मन्त्रालयले शैक्षिक संस्थाहरूमा अध्ययनरत विद्यार्थीहरूको स्नातकको उपलक्ष्यमा समारोह आयोजना गरेको थियो। सो कार्यक्रममा स्टानिकजाईले शिक्षा सबैको अधिकार भएको बताए । ‘अल्लाह र पैगम्बरले दिएको यो प्राकृतिक अधिकार हो, यो अधिकार उनीहरूबाट कसैले कसरी खोस्न सक्छ ? यदि कसैले यो अधिकार हनन गर्छ भने त्यो अफगान र यहाँका जनतामाथिको अत्याचार हो,’ उनले  भने । 

उनले अगाडी भने, ‘शिक्षा संस्थाका ढोका सबैका लागि खोल्न पहल गरिनुपर्छ। छिमेकी र विश्वसँग आज हाम्रो एउटै समस्या शिक्षा हो। शिक्षाको समस्याले गर्दा मान्छेहरू हामीबाट टाढा सर्दैछन् र हामीसँग रिसाउँदै छन् भने त्यो शिक्षाकै कारण हो ।’

तालिबानद्वारा नियुक्त सीमा तथा जनजाति मामिलाका कार्यवाहक मन्त्री नुरुल्लाह नूरीले शिक्षाको पहुँच नभएका दुर्गम क्षेत्रमा बस्ने युवाहरूलाई विद्यालयमा भर्ना गरिएको बताए। उनले धार्मिक र आधुनिक शिक्षामा कुनै दुरी नरहेको पनि जोड दिएका छन् ।

उल्लेखनीय छ कि अफगानिस्तानमा तालिबान सत्तामा आएपछि महिलाहरूलाई माध्यमिक विद्यालय जान प्रतिबन्ध लगाइएको थियो, त्यसपछि उनीहरूका लागि विश्वविद्यालयका ढोकाहरू बन्द गरिएका थिए।

तालिबानद्वारा नियुक्त कार्यवाहक शिक्षा मन्त्री हबिबुल्लाह आगाले हालै देशका धार्मिक विद्यालयहरूमा शिक्षाको खराब गुणस्तरको आलोचना गरेको पनि टोलो न्यूजले जनाएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बालेन–रेशम संवाद चुनावी सहकार्यतर्फ : ‘नयाँ शक्तिहरू एक हुनैपर्छ’

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीबीच आगामी प्रतिनिधिसभा निर्वाचनमा सहकार्यको सम्भ...

अमर्यादित लेखाइ भएका सवारीसाधन नियन्त्रणमा लिन बाँके ट्राफिकको अभियान

नेपालगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेले सवारीसाधनमा लेखिएका अमर्यादित, असभ्य तथा सामाजिक मर्यादा विपरीतका भनाइहरू हटाउने अभियान सुरु गरेको...

शीतलहर र हिमपातले जनजीवन कष्टकर बन्दा तत्काल सहयोग गर्न प्रचण्डको अपिल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको परिवर्तनका कारण तराई–मधेसमा शीतलहर र उच्च पहाडी तथा हिमाली क्षेत्र...

कांग्रेस महामन्त्री विश्वप्रकाशले गरे युवालाई अवसर दिँदै चुनाव नलड्ने घोषणा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । २०७९ को निर्वाचनमा झापा–१...

जेनजी आन्दोलनपछिको राजनीति उथलपुथल: चुनाव नजिकिँदै दलहरू एकता र ध्रुवीकरणको होडमा

काठमाडौँ । जेनजी आन्दोलनपछि बदलिएको मुलुकको राजनीतिक परिस्थिती र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै नयाँ तथा पुराना दलह...

प्रतिनिधिसभा निर्वाचन फागुन २१ मै हुन्छ : अर्थमन्त्री खनाल

लहान । अर्थमन्त्री डा. रामेश्वर खनालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने स्पष्ट पारेका छन् । लहानस्थित रामक...

नेपाली कांग्रेस कार्य सम्पादन समितिको बैठक पुस ११ मा पुनः बस्ने

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बसेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा ललितपुरस्थित पार्टीको के...

नेपाली कांग्रेसको ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यता नवीकरण

काठमाडौँ । नेपाली कांग्रेसले हालसम्म ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यताको नवीकरण सम्पन्न भएको जनाएको छ । सदस्यता व्यवस्थापन समितिका सदस्य प्र...

मोरङमा टिपरको ठक्करबाट छोराको मृत्यु, बुबा घाइते

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका ५ मा टिपरको ठक्करबाट स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने बुबा घाइते भएका छन् । बिहीबार साँझ विराटच...

वैकल्पिक शक्ति ध्रुवीकरणमा गोपाल हमालको स्पष्ट ‘ब्रेक’– “कार्यकालभरि कुनै दल वा अभियानमा लाग्दिनँ”

काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending