सिन्धुली । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको सुनकोशी मरिन डाइभर्सन आयोजनाको सुरुङ खन्ने काम सुनकोशी नदी तर्फबाट धमाधम भइरहेको छ ।
सिन्धुली जिल्लामा बनिरहेको सुनकोशी–मरिन डाइभर्सन आयोजनाको कुल १३ दशमलव ३ किलोमिटर सुरुङमध्ये टनेल बोरिङ मेसिन टिविएम सञ्चालन भएको कुल १४ महिनाको अवधिमा करिब ९ दशमलव ७ किलोमिटर सुरुङ निर्माण सम्पन्न भएको हो ।
आयोजना अन्तर्गत सुरुङ निर्माण गर्ने चिनियाँ ठेकेदार कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ कम्पनीले लक्ष्यभन्दा बढी निर्माणको कार्य गरिरहेको छ भने बाँध निर्माणको कार्य पनि पटेल रमण जेभीले अघि बढाएको छ । सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाका लागि सरकारले कुल रकम ४६ अरब रुपैयाँ विनियोजन गरेको मध्य चालु आर्थिक वर्षसम्म करिब ११ अरब खर्च भइसकेको जनाएको छ ।
सुरुङ निर्माण सँगसँगै आयोजनाको सुनकोशी नदीमा बाँध निर्माणको कार्य पटेल रमण जेभी ठेकेदार कम्पनीबाट अघि बढाइएको छ भने र ३१ मेगावाट विद्युत् उत्पादनका निम्ति आवश्यक पूर्वाधार निर्माणका कार्यहरू सञ्चालन हुन थालेका छन् ।
राष्ट्रकै बहुचर्चित राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निर्माण र सञ्चालनले मधेस प्रदेशका आधा दर्जन जिल्लाका कृषि क्षेत्रमा संवृद्ध हुने अपेक्षा गरिएको छ । सुनकोशी नदीको ६७ हजार लिटर प्रतिसेकेन्ड पानीलाई उक्त नदीमा बाँध बाँधी १३.३ किलोमिटर लामो सुरुङमार्फत मरिन नदीको किनारमा पुर्याइ उपलब्ध ६४ मिटर हेडको सदुपयोग गर्दै विद्युत् उत्पादन गरी निस्केको पानी मरिन खोलामा खसाली बागमती नदी हुँदै बागमती सिँचाइ योजनाको पूर्वी तथा पश्चिम नहरबाट क्रमशः ७६,६०० हेक्टर र ४५,४०० हेक्टर गरी जम्मा १,२२,००० हेक्टर जमिनमा वर्षैभरि सिँचाइ सुविधा पुर्याउने लक्ष्य लिइएको छ ।
उक्त आयोजना अन्तर्गत सिन्धुलीको खुर्कोटदेखि लगभग २ किलोमिटरमाथि सुनकोशी नदीमा १५८ मिटर लामो ब्यारेज, १५० मिटर लामो डिसेण्डिङ्ग बेसिन,टनेल इन्ट्री पोर्टल, ५.५ मिटर व्यास भएको १३.३ किमी लामो सुरुङ, सर्ज पण्ड स्विच यार्ड,३१ मेगावाट क्षमताको विद्युत् गृह, ४४ किलोमिटर लामो विद्युत् प्रसारण लाइन निर्माण गरिने छ ।
सुनकोशी मरिन डाइभर्सन आयोजना सुनकोशी नदीको पानी बाग्मती नदीको सहायक नदी मरिन खोलामा स्थानान्तरण गरी रौतहट, धनुषा, महोत्तरी, सर्लाही र बारामा थप १ लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा उपलब्ध हुनेछ ।
_okdprfLuCt.jpg)
_Oc71mzUVfI.jpg)
_a2e9FYk2Xe.jpg)
_FelOYxAQwi.jpg)
_4WoR7N9fKD.jpg)
_8cduUwKVdf.jpg)
_mbNo7o17TS.jpg)
_EWqtyvGMBE.jpg)
_6fZx4XUuAU.jpg)
_d1vJVQhyGV.jpg)
_obOm5tI6W5.jpg)
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १२ गते, २०८३ - ०९:२४
सर्लाही । सर्लाहीको बरहथवा नगरपालिकामा भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बागमती नगरपालिका वडा नं. २, सुकुमवासी टोल बस...
जेष्ठ १२ गते, २०८३ - ०९:२१
काठमाडौं । राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) कागजमा ‘तीव्र गति’को परियोजना हो, तर मैदानमा यसको गति भने अझै कछुवाभन...
जेष्ठ १२ गते, २०८३ - ०९:१५
हेटौँडा । बागमती प्रदेशसभामा आज प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३–८४ को नीति तथा कार्यक्रम प्रस्तुत प्रस्तुत हुँदैछ । प्रदेशसभाको आज साँझ ५ बजे...
जेष्ठ १२ गते, २०८३ - ०९:१४
काभ्रे । जापानको सहयोगमा बिपी राजमार्गको काभ्रेपलाञ्चोकको पिप्लेदेखि बर्खेखोला सडकखण्ड पुनःनिर्माण सुरु गरिएको छ । नेपालका लागि जापानी राजदूत माएदा तो...
जेष्ठ १२ गते, २०८३ - ०९:१०
काठमाडौं । अनलाइन पत्रकार संघ नेपालले वरिष्ठ पत्रकार किशोर श्रेष्ठविरुद्ध सामाजिक सञ्जालमार्फत फैलाइएको सामग्रीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ...
जेष्ठ १२ गते, २०८३ - ०९:०६
काठमाडौं । प्रेस सेन्टर नेपालले वरिष्ठ पत्रकार किशोर श्रेष्ठ र उहाँ सम्पादक रहेको जनआस्था साप्ताहिकलाई लक्षित गरी दुष्प्रचार, धम्की र षड्यन्त्रपूर्ण ग...
जेष्ठ १२ गते, २०८३ - ०९:०३
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि कृषि क्षेत्रमा ५१ अर्ब १४ करोड रुपैयाँको बजेट सिलिङ प्रस्ताव गरेको छ। तर यो ठूलो अंकको बजेटभित्र...
जेष्ठ १२ गते, २०८३ - ०८:५२
काठमाडौं । काठमाडौंको खिचापोखरीबाट करिब ६ करोड रुपैयाँ बराबरको अवैध इलेक्ट्रिक चुरोट (भेप) बरामद भएको छ । विशेष सूचनाका आधारमा खटिएको काठमाडौं उपत्...
जेष्ठ १२ गते, २०८३ - ०८:४९
काठमाडौं । काठमाडौं महानगरपालिकाले ग्यालेक्सी फोरके टिभीको मातृसंस्था गोरखा मिडिया नेटवर्कलाई १५ दिनभित्र कार्यालय खाली गरेर सामान लैजान अन्तिम सूचना ...
जेष्ठ १२ गते, २०८३ - ०८:४५
गोलभेँडा ८० रुपैयाँ, प्याज ३८ र हरियो खुर्सानी ७० रुपैयाँमा कारोबार



प्रतिकृया लेख्नुहोस्: