काठमाडाैं । भारतले प्याजको आन्तरिक उपलब्धता बढाउन र यसको मूल्य नियन्त्रण गर्न आगामी मार्चसम्म प्याजको निर्यातमा प्रतिबन्ध लगाएको छ ।
विदेश व्यापार महानिर्देशनालयले एक अधिसूचनामा भनिएको छ कि प्याजको निर्यात नीतिलाई मार्च ३१ मार्च २०२४ सम्म प्रतिबन्धित श्रेणीमा परिवर्तन गरिएको छ। जसको असर नेपालको बजारमा अब देखिनेछ र नेपालमा पनि प्याँजको भाउ अकासिने ब्यापारीहरुले जनाएका छन् ।
राजधानी दिल्लीमा स्थानीय तरकारी विक्रेताले प्याज ७० देखि ८० रुपैयाँ प्रतिकिलोमा बिक्री गरिरहेका छन् । जसका कारण आम उपभोक्ताको बजेट बिग्रन थालेको छ । अक्टोबरको सुरुमा केन्द्र सरकारले उपभोक्ताहरूलाई राहत दिन खुद्रा बजारहरूमा प्रति किलो २५ रुपैयाँको सहुलियत दरमा प्याजको बफर स्टक बेच्ने निर्णय गरेको थियो।
सरकारले गत अक्टोबर २८ देखि डिसेम्बर ३१ सम्म प्याज निर्यातमा प्रतिटन ८ सय डलर न्यूनतम निर्यात मूल्य (एमईपी) तोकेको थियो । यसअघि अगस्टमा ३१ डिसेम्बरसम्म प्याजमा ४० प्रतिशत निर्यात शुल्क लगाइएको थियो। यद्यपि डीजीएफटीले भने कि अन्य देशहरूले सरकारबाट स्वीकृति लिएर उनीहरूको अनुरोधका आधारमा प्याज निर्यात गर्न अनुमति दिइने छ।
यसबाहेक यो अधिसूचना अघि पहिले नै लोड भइसकेका प्याज खेप पनि निर्यात गर्न अनुमति दिइएको छ। यसबाहेक प्याजको ढुवानी यो सूचना जारी हुनुअघि नै भन्सारलाई हस्तान्तरण भई विद्युतीय प्रणालीमा प्रवेश गरिसकेको अवस्थामा सो प्याज निकासी गर्न पनि अनुमति दिइएको छ । यस्तो खेप ५ जनवरी सम्म निकासी गर्न सकिनेछ ।
चालु आर्थिक वर्ष अप्रिल १ देखि ४ अगस्त सम्म देशबाट ९ लाख ७५ हजार टन प्याज निर्यात भएको थियो । निर्यात मूल्यको आधारमा सबैभन्दा बढी आयात गर्ने तीन देशमा बंगलादेश, मलेसिया र संयुक्त अरब इमिरेट्स (युएई) छन्। प्याजको खेतीयोग्य क्षेत्रफल घटेको खबर आएसँगै यसको मूल्य बढ्न थालेको छ ।
अक्टोबर महिनाको थोक मुद्रास्फीति तथ्याङ्कअनुसार तरकारी र आलुको मुद्रास्फीति क्रमशः २१.०४ प्रतिशत र २९.२७ प्रतिशतले घटेको छ भने प्याजको वार्षिक मूल्यवृद्धि ६२.६० प्रतिशत रहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ३० गते, २०८२ - १०:०१
काठमाडौँ । अमेरिकाले इरानका नवनियुक्त सर्बोच्च नेता मोजतबा खामेनीसहित १० शीर्ष इरानी अधिकारीहरुको टाउकोमा मोल तोकेर सूचना जारी गरेको छ । अमेरिकाको ...
फाल्गुन ३० गते, २०८२ - ०९:५९
बागलुङ । बागलुङको ढोरपाटन नगरपालिकामा फैलिएको दादुरा नियन्त्रणका खोप लगाइएको छ । नगरका नौवटै वडामा एकसाथ शुक्रबार चार हजार ६१७ बालबालिका र किशोरकिशोरी...
फाल्गुन ३० गते, २०८२ - ०९:५७
भोजपुर । भोजपुरका किसान यतिबेला अकबरे खुर्सानी रोपाइँमा व्यस्त भएका छन् । यो समयमा रोपिएको खुर्सानीले तुलनात्मक रूपमा छिट्टै उत्पादन दिने भएकाले किसान...
फाल्गुन ३० गते, २०८२ - ०९:५५
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रत...
फाल्गुन ३० गते, २०८२ - ०९:५४
धनकुटा । नेकपा एमाले धनकुटाले साँगुरीगढी गाउँपालिका उपाध्यक्ष मुना राईलाई साधारण सदस्य नरहने गरि कारबाही गरेको छ । प्रतिनिधि सभा सदस्य निर्वाचनमा अन्त...
फाल्गुन ३० गते, २०८२ - ०८:१६
बाँके । क्यान्सर रोग उपचारका नवीन प्रविधिबारे नेपालगञ्जमा नेपाल र भारतका चिकित्सकबीच अनुभव आदान–प्रदान गरिएको छ । भारतको लखनउस्थित म्याक्स सुपर स्प...
फाल्गुन ३० गते, २०८२ - ०८:१४
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा आज विद्युत् कटौती गर्ने भएको छ । प्राधिकरणले एक सूचना प्रकाशित गरी, गोठाटार र ...
फाल्गुन ३० गते, २०८२ - ०८:१३
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवार सिफारिस गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ ।...
फाल्गुन ३० गते, २०८२ - ०८:०५
भवन बन्यो, सेवा आएन: लोमान्थाङ अस्पताल अलपत्र
फाल्गुन ३० गते, २०८२ - ०८:०३
कञ्चनपुर । कृषिमा यान्त्रीकरणको प्रयोगलाई बढावा दिने उद्देश्यले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० का किसानलाई आज अनुदानमा मिनी पावर टिलर वितरण गरिएक...


प्रतिकृया लेख्नुहोस्: