Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

भ्रष्टाचार अन्त्यका लागि नैतिकता र इमान्दारिताको खाँचो छ : मुख्यमन्त्री शाह

खबरडबली संवाददाता

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्न सबैमा नैतिकता र इमान्दारिता हुनुपर्ने खाँचो औँल्याएको छन् । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस, २०८० को अवसरमा धनगढीमा आज आयोजित कार्यक्रममा उहाँले सुशासन कायम गर्न अब फरक ढङ्गले लाग्नुपर्नेमा जोड दिए ।

ऐन नियमलाई आफू अनुकूल व्याख्या विश्लेषण गर्ने प्रवृत्तिका कारण विभिन्न समस्या सिर्जना हुने गरेको उल्लेख गर्दै मुख्यमन्त्री शाहले भने, “प्रदेशमा भ्रष्टाचार नियन्त्रणका लागि हामी सबैका पाइला गलत दिशामा जानु हुँदैन ।” कसैको दबाबमा नपरी सुशासन कायम गर्न निर्धक्क भएर काम गर्न अख्तियार दुरुपायोग अनुशन्धान आयोगलाई आग्रह गर्दै उहाँले ऐन, नियम, कानुनलाई अख्तियारको छाताभित्र ल्याउँदैमा भ्रस्टाचारको अन्त्य हुन नसक्ने बताए। 

प्रदेश सरकारका निमित्त प्रमुख सचिव गङ्गाबहादुर खरेलले सबैले आफ्नो आचरणमा सुधार गरे भ्रष्टाचारका सवालमा कसैले औँला ठड्याउन नपाउने बताए।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरस्थित कार्यालयका प्रमुख आस्मान तामाङले भ्रष्टाचार नियन्त्रणका लागि नेपालमा भएका कानुनी तथा संस्थागत व्यवस्था, अन्तर्राष्ट्रिय प्रतिबद्धता र नियन्त्रणका लागि भइरहेका प्रयासबारे स्पष्ट पारे ।

कार्यक्रममा कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कटेल, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीलगायतले आ–आफ्नो धारणा राखेको थिए ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरका प्रमुख तामाङका अनुसार सुदूरपश्चिम प्रदेशमा अनियमितता एवं भ्रष्टाचार भएको भनी कार्यालयमा उजुरी पर्ने क्रम बढ्दै गएको छ । कार्यालयमा गत वर्ष एक हजार दुई सय ७३ उजुरी परेकामा चालु वर्षको हालसम्ममा पाँच सय ८२ उजुरी परेका छन् । प्रदेशमा नौ सय ५३ मुद्दा छानविनका क्रममा रहेकामा सबैभन्दा बढी स्थानीय तहका छ सय पाँच मुद्दा छन् । यीमध्ये प्रदेश सरकार र सङ्घीय सरकारका तीन सय ४८ उजुरी रहेकामा ७१ उजुरी प्रदेश सरकारसँग सम्बन्धित रहेका प्रमुख तामाङले जानकारी दिए।

“प्रदेश सरकारका मुद्दा छानविनका क्रममा छन्,  सबैभन्दा बढी उजुरी निर्माणसँग सम्बन्धित छन्”, उनले भने, “सार्वजनिक सेवा प्रवाह, क्षमता विकास, प्राकृतिक स्रोतसाधनको उत्खनन, समाजिक सुरक्षा भत्ता, सरकारले दिने गरेको अनुदान सम्बन्धी उजुरी पनि अत्यधिक छन् ।”

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आयोगले बिहीबार निर्वाचन परिणाम राष्ट्रपतिसमक्ष पेस गर्ने

काठमाडौँ। निर्वाचन आयोगले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गर्ने तयार...

समानुपातिक सांसदलाई भोलि प्रमाणपत्र दिने निर्वाचन आयोगको तयारी

काठमाडौँ । निर्वाचन आयोग ले भोलि प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीबाट निर्वाचित सांसदहरूलाई प्रमाणपत्र प्रदान गर्ने भएको छ। आयोगका अ...

ताप्लेजुङबाट तीन जनाले पाए समानुपातिक सांसदको अवसर

ताप्लेजुङ। प्रतिनिधिसभामा ताप्लेजुङबाट यसपटक तीन जनाले समानुपातिक सांसद बन्ने अवसर पाएका छन्।यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमार...

बसको ठक्करबाट नवलपुरमा स्कुटर चालकको मृत्यु

नवलपुर। पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको गैँडाकोटमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।  दिल्लीबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र. ०...

वेल्जियमको लिग खेल्दै सन्दीप लामिछाने

काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बेल्जियमको इयू टी–२० लिग खेल्ने भएको छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका चर्चित लेग स्पिनर लामिछानेलाई लियेज...

कांग्रेस कार्यसमिति बैठक शुक्रबार बस्ने

काठमाडौँ। नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनपछि कांग्रेसले बैठक बोलाएको हो ।  चुनाव...

सरकारी अस्पतालमा उपचार गर्न सांसदलाई सभापति लामिछानेको निर्देशन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्ना सांसदलाई सार्वजनिक अभिव्यक्ति दिँदा सचेत रहन निर्देशन दिएको छन्। सां...

प्रधानमन्त्री कार्की र राष्ट्रियसभाका अध्यक्ष दाहालबीच शिष्टाचार भेट

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले शिष्टाचार भेटवार्ता गरेको छन् । प्रधानमन्त्रीको सरकारी निवास ब...

अहिलेसम्म मन्त्रीपरिषद्को टुंगो लागेको छैन: रवी लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले आजको दिनसम्म नयाँ मन्त्रिपरिषद्को कुनै टुंगो नलागेको जानकारी गराएका छन्। ...

राई–लिम्बू समुदायको प्रतिनिधित्व नभएकोमा रवी लामिछानेले मागे माफी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले प्रतिनिधिसभामा आफ्नो पार्टीबाट राई र लिम्बू समुदायको प्रतिनिधित्व नभएकोमा मा...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: