Ntc summer Offer
Khabar Dabali १२ श्रावण २०८१ शनिबार | 27th July, 2024 Sat
NIMB

भ्रष्टाचार अन्त्यका लागि नैतिकता र इमान्दारिताको खाँचो छ : मुख्यमन्त्री शाह

खबरडबली संवाददाता

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्न सबैमा नैतिकता र इमान्दारिता हुनुपर्ने खाँचो औँल्याएको छन् । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस, २०८० को अवसरमा धनगढीमा आज आयोजित कार्यक्रममा उहाँले सुशासन कायम गर्न अब फरक ढङ्गले लाग्नुपर्नेमा जोड दिए ।

ऐन नियमलाई आफू अनुकूल व्याख्या विश्लेषण गर्ने प्रवृत्तिका कारण विभिन्न समस्या सिर्जना हुने गरेको उल्लेख गर्दै मुख्यमन्त्री शाहले भने, “प्रदेशमा भ्रष्टाचार नियन्त्रणका लागि हामी सबैका पाइला गलत दिशामा जानु हुँदैन ।” कसैको दबाबमा नपरी सुशासन कायम गर्न निर्धक्क भएर काम गर्न अख्तियार दुरुपायोग अनुशन्धान आयोगलाई आग्रह गर्दै उहाँले ऐन, नियम, कानुनलाई अख्तियारको छाताभित्र ल्याउँदैमा भ्रस्टाचारको अन्त्य हुन नसक्ने बताए। 

प्रदेश सरकारका निमित्त प्रमुख सचिव गङ्गाबहादुर खरेलले सबैले आफ्नो आचरणमा सुधार गरे भ्रष्टाचारका सवालमा कसैले औँला ठड्याउन नपाउने बताए।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरस्थित कार्यालयका प्रमुख आस्मान तामाङले भ्रष्टाचार नियन्त्रणका लागि नेपालमा भएका कानुनी तथा संस्थागत व्यवस्था, अन्तर्राष्ट्रिय प्रतिबद्धता र नियन्त्रणका लागि भइरहेका प्रयासबारे स्पष्ट पारे ।

कार्यक्रममा कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कटेल, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीलगायतले आ–आफ्नो धारणा राखेको थिए ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरका प्रमुख तामाङका अनुसार सुदूरपश्चिम प्रदेशमा अनियमितता एवं भ्रष्टाचार भएको भनी कार्यालयमा उजुरी पर्ने क्रम बढ्दै गएको छ । कार्यालयमा गत वर्ष एक हजार दुई सय ७३ उजुरी परेकामा चालु वर्षको हालसम्ममा पाँच सय ८२ उजुरी परेका छन् । प्रदेशमा नौ सय ५३ मुद्दा छानविनका क्रममा रहेकामा सबैभन्दा बढी स्थानीय तहका छ सय पाँच मुद्दा छन् । यीमध्ये प्रदेश सरकार र सङ्घीय सरकारका तीन सय ४८ उजुरी रहेकामा ७१ उजुरी प्रदेश सरकारसँग सम्बन्धित रहेका प्रमुख तामाङले जानकारी दिए।

“प्रदेश सरकारका मुद्दा छानविनका क्रममा छन्,  सबैभन्दा बढी उजुरी निर्माणसँग सम्बन्धित छन्”, उनले भने, “सार्वजनिक सेवा प्रवाह, क्षमता विकास, प्राकृतिक स्रोतसाधनको उत्खनन, समाजिक सुरक्षा भत्ता, सरकारले दिने गरेको अनुदान सम्बन्धी उजुरी पनि अत्यधिक छन् ।”

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सौर्य एयर दुर्घटना : पहिचान भएपछि मात्र शव हस्तान्तरण गरिने

काठमाडौँ । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएकाहरूको शव पहिचान भएपछि मात्र हस्तान्तरण गरिने भएको छ । कतिपय शवहरू जलेर पहिचान गर्न कठिन भएकाले...

भारतबाट एक अर्बको आलु आयात

बाँके। बाँकेको जमुनाह सीमा नाका हुँदै भारतबाट गत आर्थिक वर्ष २०८०/८१ मा एक अर्ब ११ करोड, ६१ लाखको आलु आयात गरिएको छ । सो अवधिमा चार करोड ४९ लाख ८४ हजा...

कटौती भएको प्राविधिक सचिवको पद थप गर्न मन्त्रीसमक्ष माग

काठमाडौँ । विभिन्न मन्त्रालयमा कार्यरत प्राविधिक सहसचिवहरुले कटौती भएको प्राविधिक सचिवको पद थप गर्न माग गरेका छन् । प्राविधिक समूहका सहसचिवहरुले आज ऊर...

उपसभामुखको पत्र प्रकरणमा थप बचाउमा उत्रियो रास्वपा

उपसभामुखले लेखेको भनिएको पत्र अमेरिकी दुताबासमा दर्ता नै नभएको दाबी

उपराष्ट्रपति यादवसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेट

काठमाडौँ। उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत डा।डेनियल म्यूली मोन्टेलियोनले लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालय...

एनसिबी र राहदानी विभागबिच समझदारी

काठमाडौँ। अपराध नियन्त्रण गर्न राष्ट्रिय केन्द्रीय ब्युरो काठमाडौँ (एनसिबी) र राहदानी विभागबिच आज समझदारी-पत्रमा हस्ताक्षर भएको छ । प्रहरी महानिरीक्षक...

बेचन झा थुनामै रहने, सर्वोच्चद्वारा थुनामुक्त गर्न अस्वीकार

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा एक महिनादेखि थुनामा रहेका बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चले अस्वीकार गरेको छ । विहिबार न्यायाधीश टेकप...

नेप्से ३२ अंकले बढ्यो, १४ अर्ब माथीको सेयर कारोबार

काठमाडौं । नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। विहिबार नेप्से ३२ अंकले बढेर दुई हजार ५६८.११ विन्दुमा पुगेको छ। आज ‘क’ वर्गका कम्पनीको कारोबार मापक से...

आजको मन्त्रिपरिषद्को बैठकले भारत र चीनका लागि राजदूत नियुक्ति गर्ने तयारी

काठमाडौँ । आज बस्ने मन्त्रिपरिषद् बैठकले भारत र चीनका लागि राजदूत नियुक्तिका लागि सिफारिस गर्ने भएको छ ।  सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमाले...

संसदीय समितिले पर्यटन मन्त्रीलाई भन्योः आईकाओको रिपोर्ट एक हप्ताभित्र पेस गर्नु

काठमाडौँ । संसद्को पर्यटन तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिको विहिबार बसेको बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेलाई आईक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy