Khabar Dabali १३ जेष्ठ २०८३ बुधबार | 27th May, 2026 Wed
Investment bank

तीन पटकसम्म संसद भवन छिरेर निस्कँदासमेत समातिएनन् कोइरी

श्रीमानको हत्यारा कोइरी खोज्दै थमनबहादुरकी श्रीमती छोरासहित काठमाडौंमा

खबरडबली संवाददाता

काठमाडाैं ।  बाँके नेपालगञ्ज–२५ शान्तिनगरका सशस्त्र प्रहरी सहायक निरीक्षक थमनबहादुर विकलाई महोत्तरीमा मधेश आन्दोलनको समयमा लखेटीलखेटी निर्ममतापूर्वक हत्या गरेको ८ वर्ष बितिसकेको छ । यो अवधिमा विकको हत्या हुँदा ३ वर्षका छोरा सुवोध विक ११ वर्ष पुगेका छन् । यसैमध्ये नियोजित ढंगले लाठी र जुत्ता बजारेर निर्मतापूर्वक हत्या गरेको  आरोप लागेका मुख्य आरोपी लक्ष्मी महतो कोइरी महोत्तरी क्षेत्र नम्बर १ बाट संघीय संसदमा निर्वाचित भए पनि निलम्बनमा परेका छन् ।  

निलम्बनसँगै पक्राउ पर्ने डरले फरार रहेका कोइरीलाई खोज्दै नेपालगञ्जवाट थमनका छोरा र श्रीमती शोभा विक यतिबेला संघीय राजधानी काठमाडौं आएर न्यायको याचना गरिरहेका छन् । प्रमाणसहित ८  वर्ष अगाडि मृतक थमनका दाजु प्रेम विकले किटानी जाहेरी दिएका उनै कोइरीलाई  खोज्दै श्रीमती शोभा र उनका छोरा सुबोध न्याय नपाएपछि काठमाडौं आइपुगेका हुन् ।

‘संघीय राजधानी आएपछि श्रीमानको हत्या फेला पार्न सकिन्छ र न्याय पनि पाइन्छ कि भनेर छोरालाई लिएर  काठमाडौं आइपुगेको छु,’ थमनकी श्रीमती शोभाले न्युज कारखानासँग भनिन् ।  अहिले थमनका छोरा सुबोध घरी–घरी आमालाई बुबाकाबारेमा सोध्ने गर्छन् ।  बुबाको फोटो हेर्दै टोलाउँदै गर्ने सुबोध पछिल्लो समय समाचारमा आएका बिषयवस्तुले  बालमष्तिकमा गहिरो चोट पुगेको आमा शोभा बताउँछिन् ।

२०७२ साल भदौ २५ गते  आन्दोलनकारीलाई नियन्त्रण गर्ने क्रममा घाइते भएका थमनलाई उपचारको लागि जनकपुर लैजाँदै गर्दा एम्बुलेन्सबाट निकालेर धानबारीमा लखेटेर हत्या भएको थियो ।  समाचारबाट यी विषयहरु थाहा पाएका सुबोधको नै आग्रहमा आमा शोभा काठमाडौं आएको बताउँछिन् । 

‘छोराले निकै कर गरेपछि न्यायको खोजीमा काठमाडौँ आइपुगेका छौँ,’ उनले भनिन्, ‘संघीय राजधानी आएपछि न्याय पाइन्छ भन्ने उद्देश्यले हारगुहार गर्न यहाँ आएका हौँ ।’  एम्बुलेन्सबाट निकालेर धानबारीमा लखेटेर मुक्कका र लात्तीले हान्दै निर्ममतापूर्वक थमनको हत्या गरेको दृश्यले श्रीमती शोभा निक्कै दुखित हुन्छिन् ।

यही घटनाका कारणले शोभाले डिप्रेसनको औषधि खानु परेको छ  । ‘मन दरो बनाउन नै सक्दिनँ । छोरालाई हेरेर मन दरो बनाउँ भन्छु  । तर, सकेको छैन,’ उनी भन्छिन् ।  अझ श्रीमानलाई हत्या गर्ने मुख्य योजनाकार भनिएका कोइरी पक्राउ नपर्दा शोभा मात्र होइन उनका छोरा सुबोध पनि निक्कै दुखित छन् ।

‘हुन त राज्यले छोरालाई निःशुल्क पठनपाठन गराइदिएको छ । वहाँको मासिक पैसा पनि मलाई आउँछ । तर, न्यायविनाको यो सबै फिक्का बनेको छ,’ शोभाले भनिन् । मृतक थमनका दाइ प्रेमले दिएको किटानी जाहेरीपछि २०७५ साउन २८ मा महोत्तरी जिल्ला अदालतले २८ जनाविरुद्ध मुद्दा दर्ता गरेको थियो । 

तीमध्ये लक्ष्मी महतो कोइरीलाई तारेखमा रिहा गर्ने निर्णय गरेको थियो । तर, साउन २८ मा महोत्तरी जिल्ला अदालतले गरेको आदेशमा त्रुटि भएको भन्दै सरकारी वकिल कार्यालय महोत्तरीले असोज ११ मा उच्च अदालत जनकपुरमा रिट दायर गरेको थियो। 

साधारण तारेखमा छुटेका अभियुक्तहरूलाई थुनामा राखेर अनुसन्धान गनुपर्ने मागसहित सरकारी वकिलले उच्च अदालतमा हालेको रिटमाथि सुनुवाई गर्दै  फौजदारी अभियोगमा पुर्पक्षका लागि जेल चलान गर्नुपर्ने सजाय सुनाएदेखि फरार कोइरीले  गत वर्षको मंसिरमा सम्पन्न आमचुनाव महोत्तरी १ बाट निर्वाचित भए । उनी एमालेबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचि भएका हुन् । 

७ पुस २०७९ मा प्रतिनिधिसभा सदस्यहरुको शपथ ग्रहण कार्यक्रममा सरिक हुन उनी नयाँबानेश्वरस्थित संघीय संसद भवन छिरेका थिए । त्यसपछि २५ पुसमा बसेको प्रतिनिधिसभाको पहिलो बैठक र २६ पुसको दोसो बैठकमा कोइरी उपस्थित भएको संसदको रेकर्डमा छ ।

तीन पटकसम्म संसद भवन छिरेर निस्कँदासमेत नसमातिएका कोइरीलाई  ६ माघ २०७९ मा गृह मन्त्रालयले  पक्राउ गर्न देशभरका जिल्ला प्रशासनलाई निर्देशन दिएको थियो । तर, अझैसम्म उनी भेटिएका छैनन् ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ, ३ जना फरार

सर्लाही । सर्लाहीको बरहथवा नगरपालिकामा भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बागमती नगरपालिका वडा नं. २, सुकुमवासी टोल बस...

राष्ट्रिय गौरवको आयोजना अलपत्र : फास्ट ट्र्याकको गति कछुवाभन्दा पनि ढिलो

काठमाडौं । राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) कागजमा ‘तीव्र गति’को परियोजना हो, तर मैदानमा यसको गति भने अझै कछुवाभन...

बागमती प्रदेशसभाको बैठक बस्दै, नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

हेटौँडा । बागमती प्रदेशसभामा आज प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३–८४ को नीति तथा कार्यक्रम प्रस्तुत प्रस्तुत हुँदैछ । प्रदेशसभाको आज साँझ ५ बजे...

जापानद्वारा बिपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण सुरु

काभ्रे । जापानको सहयोगमा बिपी राजमार्गको काभ्रेपलाञ्चोकको पिप्लेदेखि बर्खेखोला सडकखण्ड पुनःनिर्माण सुरु गरिएको छ । नेपालका लागि जापानी राजदूत माएदा तो...

किशोर श्रेष्ठ प्रकरणमा ‘नियोजित षड्यन्त्र’को आशंका : सत्यतथ्य छानबिनको माग गर्दै अनलाइन पत्रकार संघ

काठमाडौं । अनलाइन पत्रकार संघ नेपालले वरिष्ठ पत्रकार किशोर श्रेष्ठविरुद्ध सामाजिक सञ्जालमार्फत फैलाइएको सामग्रीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ...

किशोर श्रेष्ठविरुद्ध षड्यन्त्र भएको आरोप, निष्पक्ष छानबिनको माग : प्रेस सेन्टर नेपाल

काठमाडौं । प्रेस सेन्टर नेपालले वरिष्ठ पत्रकार किशोर श्रेष्ठ र उहाँ सम्पादक रहेको जनआस्था साप्ताहिकलाई लक्षित गरी दुष्प्रचार, धम्की र षड्यन्त्रपूर्ण ग...

५१ अर्बको बजेटः किसानलाई फगत आश्वासन मात्र, संरचना र समस्या उस्तै

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि कृषि क्षेत्रमा ५१ अर्ब १४ करोड रुपैयाँको बजेट सिलिङ प्रस्ताव गरेको छ। तर यो ठूलो अंकको बजेटभित्र...

खिचापोखरीमा ६ करोडको अवैध भेप बरामद : गोदामसहित पसल सञ्चालक पक्राउ

काठमाडौं । काठमाडौंको खिचापोखरीबाट करिब ६ करोड रुपैयाँ बराबरको अवैध इलेक्ट्रिक चुरोट (भेप) बरामद भएको छ । विशेष सूचनाका आधारमा खटिएको काठमाडौं उपत्...

ग्यालेक्सी फोरकेमाथि महानगरको एक्सन : १५ दिनभित्र सामान लैजान अन्तिम चेतावनी

काठमाडौं । काठमाडौं महानगरपालिकाले ग्यालेक्सी फोरके टिभीको मातृसंस्था गोरखा मिडिया नेटवर्कलाई १५ दिनभित्र कार्यालय खाली गरेर सामान लैजान अन्तिम सूचना ...

कालीमाटीले सार्वजनिक गर्‍यो आजको तरकारी र फलफूलको थोक मूल्य

गोलभेँडा ८० रुपैयाँ, प्याज ३८ र हरियो खुर्सानी ७० रुपैयाँमा कारोबार

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending