सुर्खेत । पुष्पलाल मध्यपहाडी लोकमार्गको यात्रा थालेको नेकपा ( एमाले)ले जाजरकोटमा रहेको ८२ किलोमिटर सडकमा पाइला नै नटेकी रुकुम पश्चिम हुँदै यात्रा तय गरेको छ । अधिकांश समय भेरी करिडोरको यात्रा गरेर पुष्पलाल मध्यपहाडीको नाम दिई जाजरकोटमा निर्माण हुन नसकेको यस लोकमार्गको नामै नलिई यात्रा सकाएको छ ।
१२ वर्षभन्दा लामो समय देखि छेडागाड नगरपालिका भित्र पर्ने मन्ताभिरमा पुष्पलाल मध्यपहाडी लोकमार्ग रोकिएको छ । सडक निर्माण समेत गतिलो नभएको भन्दै भारी आलोचना हुँदै आएको छ । जहाँ समस्य छ , त्यहाँ नजाने तर संमृद्धिको यात्रा नाम दिएर हुन्छ ? सर्बसाधारणको प्रश्न छ ।
भेरी करिडोरको सजिलो ठाउँमा यात्रा गरेर जाजरकोटको रिम्नामा गई भूकम्पमा सरकारले केही गर्न सकेन मात्र हेलिकोप्टर आतंक मात्र भयो भनि भाषण दिएका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुष्पलाल मध्यपहाडीको एक शव्द पनि नउठाएको सहभागीहरु बताउँछन् ।
अनेरास्ववियु जाजरकोटका अध्यक्ष प्रकाशमान सिंहले मन्ताभिरका कारण मध्यपहाडी जोडिन सकेको छैन भन्ने कुराले एमालेको ध्यानाकर्षण भएको छ ।
यसको उठान अध्यक्ष कमरेडले सरकारले सुन्नेगरी उठाउनु हुने नै छ भन्दै टिप्पणी गरेका छन् । रोचक कुरा त के थियो भने भूकम्प पीडितका घरहरु निर्माण गरिरहेका नेकपा ( माओवादी केन्द्र) का उपमहासचिव जर्नादन शर्मा , पूर्वाधार विकास कार्यालय जाजरकोटको बैठकमा आएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजिवविक्रम शाहले अध्यक्ष ओलीलाई स्वागत गरेका थिए ।
पूर्वाधार विकास कार्यालय जाजरकोटको बैठक नै छोडेर जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनार कार्यक्रम स्थलमा पुगेका थिए । पुष्पलाल मध्यपहाडी लोकमार्ग दैलेखेको बेस्तडाबाट सुरु भएर जाजरकोटको कुदुमा गएर रुकुम पश्चिम जोडिने गर्दछ । लामो समय सम्म निर्माण हुन नसकेको मन्ताभीर यही खण्डमा पर्दछ ।
अध्यक्ष ओलीले जाजरकोटमा रहेको पुष्पलाल मध्यपहाडी लोकमार्गको एक मिटर पनि यात्रा नगरी भेरी करिडोरका सबै भाग यात्रा गरेर कार्यक्रम स्थल समेत भेरी करिडोरकै रिम्नामा गर्दै सरकारका आलोचना गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १२ गते, २०८३ - ०९:२४
सर्लाही । सर्लाहीको बरहथवा नगरपालिकामा भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बागमती नगरपालिका वडा नं. २, सुकुमवासी टोल बस...
जेष्ठ १२ गते, २०८३ - ०९:२१
काठमाडौं । राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) कागजमा ‘तीव्र गति’को परियोजना हो, तर मैदानमा यसको गति भने अझै कछुवाभन...
जेष्ठ १२ गते, २०८३ - ०९:१५
हेटौँडा । बागमती प्रदेशसभामा आज प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३–८४ को नीति तथा कार्यक्रम प्रस्तुत प्रस्तुत हुँदैछ । प्रदेशसभाको आज साँझ ५ बजे...
जेष्ठ १२ गते, २०८३ - ०९:१४
काभ्रे । जापानको सहयोगमा बिपी राजमार्गको काभ्रेपलाञ्चोकको पिप्लेदेखि बर्खेखोला सडकखण्ड पुनःनिर्माण सुरु गरिएको छ । नेपालका लागि जापानी राजदूत माएदा तो...
जेष्ठ १२ गते, २०८३ - ०९:१०
काठमाडौं । अनलाइन पत्रकार संघ नेपालले वरिष्ठ पत्रकार किशोर श्रेष्ठविरुद्ध सामाजिक सञ्जालमार्फत फैलाइएको सामग्रीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ...
जेष्ठ १२ गते, २०८३ - ०९:०६
काठमाडौं । प्रेस सेन्टर नेपालले वरिष्ठ पत्रकार किशोर श्रेष्ठ र उहाँ सम्पादक रहेको जनआस्था साप्ताहिकलाई लक्षित गरी दुष्प्रचार, धम्की र षड्यन्त्रपूर्ण ग...
जेष्ठ १२ गते, २०८३ - ०९:०३
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि कृषि क्षेत्रमा ५१ अर्ब १४ करोड रुपैयाँको बजेट सिलिङ प्रस्ताव गरेको छ। तर यो ठूलो अंकको बजेटभित्र...
जेष्ठ १२ गते, २०८३ - ०८:५२
काठमाडौं । काठमाडौंको खिचापोखरीबाट करिब ६ करोड रुपैयाँ बराबरको अवैध इलेक्ट्रिक चुरोट (भेप) बरामद भएको छ । विशेष सूचनाका आधारमा खटिएको काठमाडौं उपत्...
जेष्ठ १२ गते, २०८३ - ०८:४९
काठमाडौं । काठमाडौं महानगरपालिकाले ग्यालेक्सी फोरके टिभीको मातृसंस्था गोरखा मिडिया नेटवर्कलाई १५ दिनभित्र कार्यालय खाली गरेर सामान लैजान अन्तिम सूचना ...
जेष्ठ १२ गते, २०८३ - ०८:४५
गोलभेँडा ८० रुपैयाँ, प्याज ३८ र हरियो खुर्सानी ७० रुपैयाँमा कारोबार



प्रतिकृया लेख्नुहोस्: