Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

मन्ताभीर छलेर एमाले पुष्पलाल मध्यपहाडी लोकमार्गको यात्रा

खबरडबली संवाददाता

सुर्खेत  ।  पुष्पलाल मध्यपहाडी लोकमार्गको यात्रा थालेको नेकपा ( एमाले)ले जाजरकोटमा रहेको ८२ किलोमिटर सडकमा पाइला नै नटेकी रुकुम पश्चिम हुँदै यात्रा तय गरेको छ । अधिकांश समय भेरी करिडोरको यात्रा गरेर पुष्पलाल मध्यपहाडीको नाम दिई जाजरकोटमा निर्माण हुन नसकेको यस लोकमार्गको नामै नलिई यात्रा सकाएको छ ।


 १२ वर्षभन्दा लामो समय देखि छेडागाड नगरपालिका भित्र पर्ने मन्ताभिरमा पुष्पलाल मध्यपहाडी लोकमार्ग रोकिएको छ । सडक निर्माण समेत गतिलो नभएको भन्दै भारी आलोचना हुँदै आएको छ । जहाँ समस्य छ , त्यहाँ नजाने तर संमृद्धिको यात्रा नाम दिएर हुन्छ ? सर्बसाधारणको प्रश्न छ ।

भेरी करिडोरको सजिलो ठाउँमा यात्रा गरेर जाजरकोटको रिम्नामा गई भूकम्पमा सरकारले केही गर्न सकेन मात्र हेलिकोप्टर आतंक मात्र भयो भनि भाषण दिएका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुष्पलाल मध्यपहाडीको एक शव्द पनि नउठाएको सहभागीहरु बताउँछन् ।

अनेरास्ववियु जाजरकोटका अध्यक्ष प्रकाशमान सिंहले मन्ताभिरका कारण मध्यपहाडी जोडिन सकेको छैन भन्ने कुराले एमालेको ध्यानाकर्षण भएको छ । 

यसको उठान अध्यक्ष कमरेडले सरकारले सुन्नेगरी उठाउनु हुने नै छ भन्दै टिप्पणी गरेका छन् । रोचक कुरा त के थियो भने भूकम्प पीडितका घरहरु निर्माण गरिरहेका नेकपा ( माओवादी केन्द्र) का उपमहासचिव जर्नादन शर्मा , पूर्वाधार विकास कार्यालय जाजरकोटको बैठकमा आएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजिवविक्रम शाहले अध्यक्ष ओलीलाई स्वागत गरेका थिए ।

पूर्वाधार विकास कार्यालय जाजरकोटको बैठक नै छोडेर जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनार कार्यक्रम स्थलमा पुगेका थिए ।  पुष्पलाल मध्यपहाडी लोकमार्ग दैलेखेको बेस्तडाबाट सुरु भएर जाजरकोटको कुदुमा गएर रुकुम पश्चिम जोडिने गर्दछ । लामो समय सम्म निर्माण हुन नसकेको मन्ताभीर यही खण्डमा पर्दछ ।

अध्यक्ष ओलीले जाजरकोटमा रहेको पुष्पलाल मध्यपहाडी लोकमार्गको एक मिटर पनि यात्रा नगरी भेरी करिडोरका सबै भाग यात्रा गरेर कार्यक्रम स्थल समेत भेरी करिडोरकै रिम्नामा गर्दै सरकारका आलोचना गरेका थिए । 
 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैकल्पिक शक्ति ध्रुवीकरणमा गोपाल हमालको स्पष्ट ‘ब्रेक’– “कार्यकालभरि कुनै दल वा अभियानमा लाग्दिनँ”

काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...

चिसो बढेपछि जनकपुरका विद्यालयहरूमा एक दिन बिदा

जनकपुरधाम । अत्यधिक चिसोका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई ध्यानमा राख्दै जनकपुरधाम उपमहानगरपालिकाले शुक्रबार (पुस ११ गते) एक ...

आगलागीपीडित किसानलाई राहत: जलेको उखु चिनी मिलले खरिद गर्ने सहमति

सर्लाही  । एक साताअघि सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा आगलागीबाट क्षति भएको उखु अब चिनी मिलहरूले खरिद गर्ने भएका छन् । आगलागीपछि उखु बिक्री नहुन...

कैदीको कैद मिनाहा राष्ट्रपतिको अधिकार होइन: सर्वोच्च अदालत

काठमाडौं । सर्वोच्च अदालतले कैदीहरूको कैद कट्टा (मिनाहा) सम्बन्धी निर्णय अब राष्ट्रपतिसमक्ष लैजान नपाइने स्पष्ट व्याख्या गरेको छ । अदालतले यससम्बन्धी ...

निर्मल निवासको छायाँमा फुटेको राप्रपा फेरि जोडिँदै, थापा–लिङ्देन एकताको औपचारिकता आज

काठमाडौँ । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच आज औपचारिक एकता हुने भएको छ । दुई ...

आयोगको पत्रले कांग्रेसमा ल्यायाे तरंग, बयानअघि देउवासँग गोप्य रणनीति बनाउँदै रमेश लेखक

काठमाडौं । जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले बयानका लागि बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेसका...

कठ्याङ्ग्रिदो जाडोले थिचिएका तराईकाे जीवन: गुन्द्री ओढेर भुइँमै रात काट्दै रौतहटकी ६० वर्षीया देवरतिया देवी

रौतहट । पुसको कठ्याङ्ग्रिदो जाडो, शीतलहर र कुहिरोले तराईको जनजीवन कष्टकर बन्दै गएको छ । यही जाडोको मारमा परेकी छन् रौतहटकी ६० वर्षीया देवरतिया देवी मा...

डेंगुभन्दा खतरनाक जेईको त्रास : नेपालमा हरेक तीन संक्रमितमध्ये एकको मृत्यु, मृत्युदर ३३ प्रतिशत पुगेको खुलासा

काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...

सुनको चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको  मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको  मूल्य तोलामा ५५ सय र...

गोरखामा मानव कङ्गाल फेला, अनुसन्धान जारी

गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending