विराटनगर । नेपाल–भारत सीमा क्षेत्र दशगजामा विराटनगरका एक जना युवामाथि गोली प्रहार भएको छ । आइतबार साझ ५ः४० बजे गोली लागेर विराटनगर ८ मधुमाराका २७ वर्षीय निर्दोष संग्रौला घाइते भएका हुन् ।
विराटनगर १६ दक्षिण गेटदेखि पारी भारतीय भुमिमा अज्ञात समूहले गोली प्रहार गरेको उनले बताएका छन् । उनको बाँया तिघ्रामा गोली लागेको छ । घाइते भएका संग्रौलाको उपचार विराटनगरस्थित कोशी अस्पतालको आकस्मिक कक्षमा भइरहेको छ ।
उपभोग्य खाद्यबस्तु खरिदको लागि जोगवनी गएका उनी सँझमा घर फर्किदै गरेको अवस्थामा जोगवनीदेखि उत्तर रेलको स्टेशनदेखि माथितिर दक्षिणगेटबाट विराटनगर जाँदै गर्दा उनी माथि गोली प्रहार भएको हो ।
बाटोमा ६ जना केटाहरुसँग भेट भएको र उनीहरू सँग केहीबेर भनाभन हुँदा गोली प्रहार भएको कोशी अस्पतालमा उपचार गराइरहेका घाइते संग्रौलाले बताए ।
कोशी अस्पतालको मेडिकल अपिसर डाक्टर तुलसी गोइतले एक्स–रे गर्दा तिघ्रमा बुलेट जस्तो देखिएको बताए ।
यता मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जन कुमार दाहालले दशगजा क्षेत्रमा नभएर भारतीय भूमितिर गोली चलेको हुनसक्ने बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन ५ गते, २०८१ - १६:३३
काठमााडौं । अमेरिका भ्रमणमा रहेको प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्ने भएका छन् । संयुक्त राष्ट्र सङ्घको कार...
आश्विन ५ गते, २०८१ - १६:३०
काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलनको तयारी पूरा गरेको ...
आश्विन ५ गते, २०८१ - १६:२३
नुवाकोट। नुवाकोटको विदुर नगरपालिका–६ खम्पाक्याम्पमा केन्द्रीय कारागार भवन निर्माण गरेर भदौ १५ देखि कैदीबन्दी स्थान्तरण गरेपश्चात खाली भएको विदुर–१ ढुं...
आश्विन ५ गते, २०८१ - १६:०९
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धमा सहभागी सबै माओवादी घटकहरु एक ठाउँमा आउनुको विकल्प नभएको उल्लेख गर्दै ढ...
आश्विन ५ गते, २०८१ - १६:०८
काठमाडौँ । भारतले बंगलादेशलाई जारी पहिलो टेस्ट खेलमा ५१५ रनको लक्ष्य दिएको छ । जारी टेस्टको दोस्रो इनिंगमा भारतले ४ विकेट गुमाउदै २८७ रन बनाएर आफ्...
आश्विन ५ गते, २०८१ - १४:२९
रौतहट । हैजा प्रभावित क्षेत्र रौतहटको राजपुरमा प्रादेशिक अस्पताल गौरको मेडिकल सुपरिेन्डेन्ट डाक्टर मुरारी ठाकुरको नेतृत्वमा एक आवश्यक औषधि सहित पुगे...
आश्विन ५ गते, २०८१ - १४:२५
ढोरपाटन । निसीखोला गाउँपालिका–३ किटनीकी २४ वर्षीया रजना बुढाको गत राति चट्याङ लागेर मृत्यु भएको छ । आफ्नै घरभित्र बसिरहेको अवस्थामा चट्याङ पर्दा ...
आश्विन ५ गते, २०८१ - १४:२१
काठमाडौं । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले भन्सार छली गरी ल्याइएका रु नौ लाख बराबरको सामान बरामद गरेको छ । प्रहरीले आज जिल्लाका विभि...
आश्विन ५ गते, २०८१ - १४:०९
दाङ । लमही नगरपालिका–९ रिहार निवासी ५७ वर्षीया सम्झना चौधरीले कुचोबाट आफ्नो जीविकोपार्जन गर्दै आएकी छन्। उनले कुचो बनाउने र बजारमा चामलसँग साटेर घर ...
आश्विन ५ गते, २०८१ - १४:०८
काठमाडौं । सहकारी छानविन प्रकरणमा सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले गोरखा मिडियाका सञ्चालकहरुले सहकारीको रकम अपचलन ...
प्रतिकृया लेख्नुहोस्: