काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मिति समेत घोषणा भैसकेको महासमिति बैठक पर सार्ने तयारी गरेको बुझेपछि नेता शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् ।
सभापति देउवाले ‘पुसमा निकै चिसो हुने’ कारण देखाउँदै महासमिति बैठक सार्न खोज्नुले उनको नियतमै शंका देखिएको कोइराला समूहका एक नेताले बताए । केन्द्रीय सदस्य मधु आचार्यले पूर्व निर्धारित महासमिति बैठक सार्नुपर्ने कुनै चित्तबुझ्दो कारण नरहेको बताए ।
केन्द्रीय सदस्य आचार्यले भने,‘पुसमा चिसो हुन्छ भन्ने कुरा महासमिति बैठकको मिति तोक्न बस्दा नै थाहा थियो, यो वर्षको पुसमा मात्र चिसो हुने त होइन होला’ भन्दै ‘पार्टीको विधानले नै तोकेका जिम्मेवारीहरु समयमै कार्यान्वयन गर्दै जानुको साटो पर सार्दै जाँदा संगठनमै शिथिलता आउनसक्छ’ भने।
नेता कोइरालाले भने राष्ट्रिय सभा सदस्यको निर्वाचन, महासमितिको बैठक र अरु राजनीतिक बिषयमा छलफल गर्न भोलि मंगलबार बैठक बोलाएका छन् । यता सभापति देउवाले मंसिर २९ गते शुक्रबार बस्नेगरी केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएका छन् । यही बैठकबाट महासमिति बैठकको नयाँ मिति तोक्ने देउवाको एजेन्डा रहेको थाहा भएको छ ।
नेपाली कांग्रेसका प्रवक्ता तथा केन्द्रीय सदस्य मीन विश्वकर्माले पनि महासमिति बैठक ‘केही समय पछि सर्न सक्ने सम्भावना’ रहेको बताए । नेपालगञ्जमा रहेका नेता विश्वकर्माले केहीबेरअघि नेपाल न्यूज बैंकसँग टेलिफोनमा कुरा गर्दै,‘ मधेशका साथीहरुले शितलहरको समयमा महासमिति बैठक गर्दा समस्या हुने भनेर पूर्व निर्धारित मितिमा पुनर्विचार गर्न आग्रह गर्नुभएको छ, व्यवस्थापकीय तयारीमा समेत समय अपुग हुने देखिएको छ, त्यसैले महासमिति बैठकको मितिबारे पुनर्विचार हुनसक्ने सम्भावना छ’ भने ।
सभापति देउवाले यही २९ गते बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा निर्णय गर्न भोलि मंगलबार केन्द्रीय पदाधिकारीहरुको बैठक बोलाएका नेता विश्वकर्माले जानकारी दिए । दुइ वर्ष अघि २०७८ मंसिरमा १४औं महाधिवेशन सम्पन्न भएपछि नियमित रुपमा महासमिति बैठक हुनुपर्नेमा सभापति देउवाको व्यक्तिगत चाहना अनुसार सर्दै आएको भन्दै उनको आलोचना हुँदै आएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १२ गते, २०८३ - ०९:२४
सर्लाही । सर्लाहीको बरहथवा नगरपालिकामा भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बागमती नगरपालिका वडा नं. २, सुकुमवासी टोल बस...
जेष्ठ १२ गते, २०८३ - ०९:२१
काठमाडौं । राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) कागजमा ‘तीव्र गति’को परियोजना हो, तर मैदानमा यसको गति भने अझै कछुवाभन...
जेष्ठ १२ गते, २०८३ - ०९:१५
हेटौँडा । बागमती प्रदेशसभामा आज प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३–८४ को नीति तथा कार्यक्रम प्रस्तुत प्रस्तुत हुँदैछ । प्रदेशसभाको आज साँझ ५ बजे...
जेष्ठ १२ गते, २०८३ - ०९:१४
काभ्रे । जापानको सहयोगमा बिपी राजमार्गको काभ्रेपलाञ्चोकको पिप्लेदेखि बर्खेखोला सडकखण्ड पुनःनिर्माण सुरु गरिएको छ । नेपालका लागि जापानी राजदूत माएदा तो...
जेष्ठ १२ गते, २०८३ - ०९:१०
काठमाडौं । अनलाइन पत्रकार संघ नेपालले वरिष्ठ पत्रकार किशोर श्रेष्ठविरुद्ध सामाजिक सञ्जालमार्फत फैलाइएको सामग्रीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ...
जेष्ठ १२ गते, २०८३ - ०९:०६
काठमाडौं । प्रेस सेन्टर नेपालले वरिष्ठ पत्रकार किशोर श्रेष्ठ र उहाँ सम्पादक रहेको जनआस्था साप्ताहिकलाई लक्षित गरी दुष्प्रचार, धम्की र षड्यन्त्रपूर्ण ग...
जेष्ठ १२ गते, २०८३ - ०९:०३
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि कृषि क्षेत्रमा ५१ अर्ब १४ करोड रुपैयाँको बजेट सिलिङ प्रस्ताव गरेको छ। तर यो ठूलो अंकको बजेटभित्र...
जेष्ठ १२ गते, २०८३ - ०८:५२
काठमाडौं । काठमाडौंको खिचापोखरीबाट करिब ६ करोड रुपैयाँ बराबरको अवैध इलेक्ट्रिक चुरोट (भेप) बरामद भएको छ । विशेष सूचनाका आधारमा खटिएको काठमाडौं उपत्...
जेष्ठ १२ गते, २०८३ - ०८:४९
काठमाडौं । काठमाडौं महानगरपालिकाले ग्यालेक्सी फोरके टिभीको मातृसंस्था गोरखा मिडिया नेटवर्कलाई १५ दिनभित्र कार्यालय खाली गरेर सामान लैजान अन्तिम सूचना ...
जेष्ठ १२ गते, २०८३ - ०८:४५
गोलभेँडा ८० रुपैयाँ, प्याज ३८ र हरियो खुर्सानी ७० रुपैयाँमा कारोबार



प्रतिकृया लेख्नुहोस्: