Ntc summer Offer
Khabar Dabali ६ आश्विन २०८१ आईतवार | 22nd September, 2024 Sun
NIMB

कोइराला समूहको बैठक बस्दै, नेपाली कांग्रेसको महासमिति पुसमा नहुने सम्भावना

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मिति समेत घोषणा भैसकेको महासमिति बैठक पर सार्ने तयारी गरेको बुझेपछि नेता शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् ।

सभापति देउवाले ‘पुसमा निकै चिसो हुने’ कारण देखाउँदै महासमिति बैठक सार्न खोज्नुले उनको नियतमै शंका देखिएको कोइराला समूहका एक नेताले बताए । केन्द्रीय सदस्य मधु आचार्यले पूर्व निर्धारित महासमिति बैठक सार्नुपर्ने कुनै चित्तबुझ्दो कारण नरहेको बताए ।

केन्द्रीय सदस्य आचार्यले भने,‘पुसमा चिसो हुन्छ  भन्ने कुरा महासमिति बैठकको मिति तोक्न बस्दा नै थाहा थियो, यो वर्षको पुसमा मात्र चिसो हुने त होइन होला’ भन्दै ‘पार्टीको विधानले नै तोकेका जिम्मेवारीहरु समयमै कार्यान्वयन गर्दै जानुको साटो पर सार्दै जाँदा संगठनमै शिथिलता आउनसक्छ’ भने। 

नेता कोइरालाले भने राष्ट्रिय सभा सदस्यको निर्वाचन, महासमितिको बैठक र अरु राजनीतिक बिषयमा छलफल गर्न भोलि मंगलबार बैठक बोलाएका छन् । यता सभापति देउवाले मंसिर २९ गते शुक्रबार बस्नेगरी केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएका छन् । यही बैठकबाट महासमिति बैठकको नयाँ मिति तोक्ने देउवाको एजेन्डा रहेको थाहा भएको छ ।

नेपाली कांग्रेसका प्रवक्ता तथा केन्द्रीय सदस्य मीन विश्वकर्माले पनि महासमिति बैठक ‘केही समय पछि सर्न सक्ने सम्भावना’ रहेको बताए । नेपालगञ्जमा रहेका नेता विश्वकर्माले केहीबेरअघि नेपाल न्यूज बैंकसँग टेलिफोनमा कुरा गर्दै,‘ मधेशका साथीहरुले शितलहरको समयमा महासमिति बैठक गर्दा समस्या हुने भनेर पूर्व निर्धारित मितिमा पुनर्विचार गर्न आग्रह गर्नुभएको छ, व्यवस्थापकीय तयारीमा समेत समय अपुग हुने देखिएको छ, त्यसैले महासमिति बैठकको मितिबारे पुनर्विचार हुनसक्ने सम्भावना छ’ भने ।

सभापति देउवाले यही २९ गते बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा निर्णय गर्न भोलि मंगलबार केन्द्रीय पदाधिकारीहरुको बैठक बोलाएका नेता विश्वकर्माले जानकारी दिए । दुइ वर्ष अघि २०७८ मंसिरमा १४औं महाधिवेशन सम्पन्न भएपछि नियमित रुपमा महासमिति बैठक हुनुपर्नेमा सभापति देउवाको व्यक्तिगत चाहना अनुसार सर्दै आएको भन्दै उनको आलोचना हुँदै आएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अमेरिकामा प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच भेटवार्ता हुने

काठमााडौं । अमेरिका भ्रमणमा रहेको प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्ने भएका छन् । संयुक्त राष्ट्र सङ्घको कार...

अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनको तयारी पूरा

काठमाडौं ।  नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलनको तयारी पूरा गरेको ...

खाली भयो नुवाकोट जिल्ला कारागार

नुवाकोट। नुवाकोटको विदुर नगरपालिका–६ खम्पाक्याम्पमा केन्द्रीय कारागार भवन निर्माण गरेर भदौ १५ देखि कैदीबन्दी स्थान्तरण गरेपश्चात खाली भएको विदुर–१ ढुं...

ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धमा सहभागी सबै माओवादी घटकहरु एक ठाउँमा आउनुको विकल्प नभएको उल्लेख गर्दै ढ...

गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य

काठमाडौँ । भारतले बंगलादेशलाई जारी पहिलो टेस्ट खेलमा ५१५ रनको लक्ष्य दिएको छ ।  जारी टेस्टको दोस्रो इनिंगमा भारतले ४ विकेट गुमाउदै २८७ रन बनाएर आफ्...

हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली

रौतहट । हैजा प्रभावित क्षेत्र रौतहटको राजपुरमा  प्रादेशिक अस्पताल गौरको  मेडिकल सुपरिेन्डेन्ट डाक्टर मुरारी ठाकुरको नेतृत्वमा एक आवश्यक औषधि सहित पुगे...

चट्याङ लागेर एकजनाको मृत्यु

  ढोरपाटन । निसीखोला गाउँपालिका–३ किटनीकी २४ वर्षीया रजना बुढाको गत राति चट्याङ लागेर मृत्यु भएको छ । आफ्नै घरभित्र बसिरहेको अवस्थामा चट्याङ पर्दा ...

नौ लाख बराबरका भन्सार छलीका सामान बरामद

काठमाडौं ।  जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले भन्सार छली गरी ल्याइएका रु नौ लाख बराबरको सामान बरामद गरेको छ । प्रहरीले आज जिल्लाका विभि...

कुचोसँग चामल साटेर दैनिकी चलाउँदै सम्झना चौधरी

 दाङ  । लमही नगरपालिका–९ रिहार निवासी ५७ वर्षीया सम्झना चौधरीले कुचोबाट आफ्नो जीविकोपार्जन गर्दै आएकी छन्। उनले कुचो बनाउने र बजारमा चामलसँग साटेर घर ...

चितवन–२ का मतदाता भन्छन्ः रविलाई भोट दिएकोमा पछुतो छ

काठमाडौं । सहकारी छानविन प्रकरणमा सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले गोरखा मिडियाका सञ्चालकहरुले सहकारीको रकम अपचलन ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy