काभ्रेपलाञ्चाेक । एमाले अध्यक्ष केपी शर्माओलीले इन्द्रावती र भोटेकोशी नदीको सङ्गमस्थल दोलालघाट माछाको लागि प्रख्यात रहेकेा बताएका छन् ।
झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको १२ औं दिन आज बिहान एमालेको टोलीले काभ्रेको दोलालघाट पुगेपछि उनले सामाजिक सञ्जाल फेसबुकमा माछा तारेकाे तस्वीर पाेष्ट गर्दै उनले यस्ताे बताएका हुन् ।
उनले सामाजिक सञ्जालमा दोलालघाटबारे लेखेका छन्ः ‘इन्द्रावती र भोटेकोशी नदीको सङ्गमस्थल दोलालघाट माछाको लागि प्रख्यात छ । यहाँको व्यापार व्यवसायबारे थोरै कुराकानी भयो ।
उनले दाेलालघा६ माछाका पारखीहरूकाे गन्तव्य रहेकाे भन्दै लेखेका छन्ः माछा खान आउनेहरू यहाँ धेरै भेटिन्छन् । यात्राको क्रममा हामी दोलालघाट ओर्लियौं, मैले माछा तारेर साथीहरूलाई खुवाएँ ।’
त्यहाँ स्थानीयसँगको अन्तरक्रियापश्चात अध्यक्ष केपी शर्मा ओलीले माछा तारेका थिए ।
सिन्धुपाल्चोकसँग सिमानामा रहेको दोलालघाट बजार माछाका लागि चिनिएको ठाउँ हो । यहाँ स्थानीय र कार्यकर्ताले एमाले शीर्ष नेतालाई माछाको सगुनबाट स्वागत गरेका थिए ।
केहीबेर स्थानीयका समस्या र सुझाव सुनेर छोटो सम्बोधन गरेपछि ओलीले माछा तारेका थिए । दोलालघाटको पर्यटनलाई अझ उजागर गरिदिएको भन्दै स्थानीयले ओली प्रति आभार व्यक्त गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन ५ गते, २०८१ - १६:३३
काठमााडौं । अमेरिका भ्रमणमा रहेको प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्ने भएका छन् । संयुक्त राष्ट्र सङ्घको कार...
आश्विन ५ गते, २०८१ - १६:३०
काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलनको तयारी पूरा गरेको ...
आश्विन ५ गते, २०८१ - १६:२३
नुवाकोट। नुवाकोटको विदुर नगरपालिका–६ खम्पाक्याम्पमा केन्द्रीय कारागार भवन निर्माण गरेर भदौ १५ देखि कैदीबन्दी स्थान्तरण गरेपश्चात खाली भएको विदुर–१ ढुं...
आश्विन ५ गते, २०८१ - १६:०९
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धमा सहभागी सबै माओवादी घटकहरु एक ठाउँमा आउनुको विकल्प नभएको उल्लेख गर्दै ढ...
आश्विन ५ गते, २०८१ - १६:०८
काठमाडौँ । भारतले बंगलादेशलाई जारी पहिलो टेस्ट खेलमा ५१५ रनको लक्ष्य दिएको छ । जारी टेस्टको दोस्रो इनिंगमा भारतले ४ विकेट गुमाउदै २८७ रन बनाएर आफ्...
आश्विन ५ गते, २०८१ - १४:२९
रौतहट । हैजा प्रभावित क्षेत्र रौतहटको राजपुरमा प्रादेशिक अस्पताल गौरको मेडिकल सुपरिेन्डेन्ट डाक्टर मुरारी ठाकुरको नेतृत्वमा एक आवश्यक औषधि सहित पुगे...
आश्विन ५ गते, २०८१ - १४:२५
ढोरपाटन । निसीखोला गाउँपालिका–३ किटनीकी २४ वर्षीया रजना बुढाको गत राति चट्याङ लागेर मृत्यु भएको छ । आफ्नै घरभित्र बसिरहेको अवस्थामा चट्याङ पर्दा ...
आश्विन ५ गते, २०८१ - १४:२१
काठमाडौं । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले भन्सार छली गरी ल्याइएका रु नौ लाख बराबरको सामान बरामद गरेको छ । प्रहरीले आज जिल्लाका विभि...
आश्विन ५ गते, २०८१ - १४:०९
दाङ । लमही नगरपालिका–९ रिहार निवासी ५७ वर्षीया सम्झना चौधरीले कुचोबाट आफ्नो जीविकोपार्जन गर्दै आएकी छन्। उनले कुचो बनाउने र बजारमा चामलसँग साटेर घर ...
आश्विन ५ गते, २०८१ - १४:०८
काठमाडौं । सहकारी छानविन प्रकरणमा सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले गोरखा मिडियाका सञ्चालकहरुले सहकारीको रकम अपचलन ...
प्रतिकृया लेख्नुहोस्: