Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

क्यानडामा रहेका विद्यार्थीहरूले अब फुल टाइम काम गर्न पाउने, चुनौती भने थपियो

खबरडबली संवाददाता

काठमाडौँ,। क्यानडा गएका विद्यार्थीहरूले अब फुल टाइम काम गर्न पाउने भएका छन् । यसअघि जम्मा २० घण्टा मात्रै काम गर्न पाउने सुबिधालाई बढाएर क्यानडा सरकारले फुल टाइम अर्थात बढीमा ४० घण्टाको अवसर दिएसँगै क्यानडा जाने विद्यार्थीहरुको आर्कषण झनै बढेको छ । यो सुविधा क्यानडामा  ७ डिसेम्बर २०२३ भन्दा अगाडि आवदेन दिएका विद्यार्थीहरुका लागि हो। विदेशबाट अध्ययन गर्न क्यानाडा गएका विद्यार्थीहरूले थप चार महिना अर्थात अप्रिल २०२४ सम्म २० घण्टा भन्दा धेरै समय काम गर्न सक्ने सरकारले घोषणा गरेसँगै विद्यार्थीहरुमा उत्साह थपिएको छ । क्यानाडाका अध्यागमन, शरणार्थी र नागरिकतासम्बन्धि मन्त्री मार्क मिलरले जारी गरेको प्रेस विज्ञप्तिअनुसार अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई उनीहरूको शैक्षिक सत्र चलिरहेको अवस्थामा पनि प्रति हप्ता २० घण्टा भन्दा बढी काम गर्न अनुमति दिने जनाइएको छ । 

क्यानाडाको अध्यागमन मन्त्रीमा मार्क मिलरले क्युबेकबाट संसदमा प्रतिनिधित्व गर्छन्। उनी मन्त्री बनेसँगै क्यानाडामा आप्रवासी भित्र्याउने कार्यक्रमहरु प्रभावकारी रुपमा लागू गरिँदै आएको मानिन्छ। गत वर्षको नोभेम्बर १५ देखि दिइएको यस्तो अनुमति यही डिसेम्बर ३१ देखि समाप्त हुने भएकाले विद्यार्थीहरूले अत्यन्त चासोका साथ सरकारको यो नीतिको प्रतीक्षा गरिरहेका थिए। पहिले नै क्यानाडामा रहेका अन्तर्राष्ट्रिय विद्यार्थीहरू वा डिसेम्बर ७, २०२३ सम्ममा अध्ययन अनुमतिका लागि आवेदन दिएका अन्तर्राष्ट्रिय विद्यार्थीहरूले २० घण्टा भन्दा धेरै समय काम गरेर खर्च जुटाउन सक्ने यो अवसरका कारण विद्यार्थीहरुमा एक खालको उत्साह भरिएको काठमाडौँको नयाँ बानेश्वरमा अवस्थित गोरेटो कन्सलटेन्सीका सीईओ धिरज कँडेल बताउँछन् । 

अन्तराष्ट्रिय विद्यार्थीहरु क्यानडामा रहुन्जेल आर्थिक हिसाबले कुनै समस्या नहोस् भन्ने उद्धेश्यले क्यानडाले विद्यार्थीहरुलाई त्यहाँको बसाई अर्थपूर्ण बनाउनका लागि यस्तो नयाँ नियम ल्याइएको कँडेलको भनाई छ । जसका कारण उनीहरुको आर्थिक स्तरदेखि सबै कुरामा सहज हुनेछ । जीवन यापनको लागत चुलिएका बेला यो घोषणाले विद्यार्थीलाई अस्थायी राहत दिने गोरेटोका अर्का सिनियर काउन्सलर प्रकाश रेग्मी बताउँछन् ।

अध्यागमन मन्त्री मार्क मिलरले ज्यानुअरि २०२४ बाट लागु हुनेगरी अध्ययन अनुमतिका लागि आवेदन दिने अन्तरास्ट्रिय विद्यार्थीहरूले बार्षिक २० हजार ६३५ क्यानाडियन डलर बराबरको पैसा बस्न तथा खानको लागि विनियोजन गर्न सिफारिस गरेका छन्। रेग्मीका अनुसार बढ्दो जीवनयापन लागतलाई मध्यनजर गर्दै उक्त रकमको बन्दोबस्त गरी जाँदा क्यानाडाको बसाइ सफल, सुखद र झन्झटरहित हुने बताए । 

यो घोषणासँगै विद्यार्थीका सामु थप आम्दानीको स्रोत देखाउनुपर्ने चुनौती पनि थपिएको अर्का सिनियर काउन्सलर शतिष भट्ट बताउँछन् । भट्टका अनुसार अन्तर्राष्ट्रिय विद्यार्थीहरूले क्यानडाको जीवनयापनको वास्तविक लागत बुझ्नको लागि र जीवनयापन गर्न लाग्ने वास्तविक खर्चको सीमालाई परिमार्जन गर्ने सरकारको निर्णयले बिद्यार्थीकै हित हुन्छ । गोरेटोका सिइओ तथा सिनियर काउन्सलर धिरज कँडेल भन्छन् यी दीर्घकालीन परिवर्तनहरूले अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई आर्थिक रूपमा कमजोर अवस्था र शोषणबाट जोगाएर समृद्ध र आत्मनिर्भर बनाउने बाटोमा नै डोर्‍याउनेछन् ।
 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपालमा पनि टी–२० विश्वकप ट्रफी टुर हुने

काठमाडौँ। भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म आयोजना हुने आइसिसी टी–२० विश्वकपको ट्रफी नेपालमा पनिा ल्याइने भएको छ । अन्तर्...

राष्ट्र संघको सहयोगको कदर गर्छौं : प्रधानमन्त्री कार्की

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले संयुक्त राष्ट्र संघको सहयोगको नेपालले कदर गर्ने बताएको छिन्।  संयुक्त राष्ट्र संघसँग नेपालको साझेदारीको ७० ...

जेनजी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थपिँदै, यहि साता ओली र लेखकको बयान लिइने

काठमाडौं । जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते भएका घटनाबारे जाँचबुझ गर्न गठित आयोगले आफ्नो कार्य सम्पन्न गर्न एक महिना म्याद थप गर्न सरकारसँग आ...

झापा राजस्व कार्यालयमा पाँच महिनामा एक अर्ब १४ करोड राजस्व सङ्कलन

झापा। आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा रु। एक अर्ब १४ करोड ९९ लाख ६३ हजार राजस्व सङ्कलन गरेको छ ।  ...

जेन–जी आन्दोलन जाँचबुझ आयोगले अर्काे सातादेखि राजनीतिक नेताको बयान लिने

काठमाडौं । जेन–जेड आन्दोलनसम्बन्धी घटनाबारे छानबिन गरिरहेको जाँचबुझ आयोगले आगामी सातादेखि राजनीतिक तहका नेताहरूलाई बयानका लागि बोलाउने तयारी गरेको छ। ...

सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्: प्रधानमन्त्री कार्की

ललितपुर। प्रधानमन्त्री सुशीला कार्कीले सरकार अहिले सुशासन र निर्वाचन दुई मुख्य एजेन्डामा केन्द्रित रहेर काम गरिरहेको बताएको छिन् । आज ललितपुर महानग...

मधेशका मुख्यमन्त्री यादवले पुस ४ गते विश्वासको मत लिदै

जनकपुरधाम। मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी शुक्रबार प्रदेश सभाबाट विश्वासको मत लिने भएको छन् । नेपालको संविधानको धारा १६८ को...

उद्योगको डिमान्ड शुल्क घटाउने मागसहित मन्त्री घिसिङलाई ज्ञापनपत्र

कञ्चनपुर। कञ्चनपुरका उद्योगी व्यवसायीहरूले उद्योगहरूको डिमान्ड शुल्क घटाउनुपर्ने लगायतका माग राख्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यात...

एमाले महाधिवेशन निर्वाचनमा साढे दुईसम्म ५५५ मत खस्यो

काठमाडौँ । नेकपा(एमाले) को ११ औँ महाधिवेशन अन्तर्गत भइरहेको निर्वाचनमा ५५५ मत खसेको छ। राजधानीको भृकुटीमण्डपमा जारी निर्वाचन प्रक्रियामा दिउँसो २स्३० ...

एसियाली विकास बैंकले नेपाललाई १० करोड डलर ऋण दिने

काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले नेपालको सार्वजनिक वित्त व्यवस्थापन सुदृढ गर्न १० करोड अमेरिकी डलर ९करिब १४ अर्ब ५९ करोड ५० लाख रुपैयाँ० बराबर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending