Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

निजी मेडिकल कलेजको मनोमानी, पढाएनन् छात्रवृत्ति कोटामा विद्यार्थी

खबरडबली संवाददाता

काठमाडौं । निजी मेडिकल कलेजबाट छात्रवृत्ति कोटामा विद्यार्थीले भने हालसम्म पढ्न नपाएको पाइएको छ । ऐनले तोकेको मापदण्डअनुसार निजी मेडिकल कलेजले छात्रवृत्ति कोटामा विद्यार्थी नपढाएका हुन् । 

निजी कलेजलाई सरकारी छात्रवृत्ति अनिवार्य नगराउँदा हरेक शैक्षिक सत्रमा देशभरबाट ९८ जना विद्यार्थीले निःशुल्क पढ्न पाउने अवसरबाट वन्चित हुन पुगेका छन् । चिकित्सा शिक्षा ऐनको दफा १७ को उपदफा ४ अनुसार भने  नेपालीको मात्र लगानीमा सञ्चालित कलेजहरुले कुल सिट संख्याको कम्तिमा १० प्रतिशत र नेपाली र विदेशी नागरिकको संयुक्त लगानी वा विदेशीको मात्रै लगानीमा सञ्चालित शिक्षण संस्थाले कुल सिटको कम्तिमा २० प्रतिशत सिट निःशुल्क छात्रवृत्तिका रुपमा छुट्याउनुपर्ने व्यवस्था रहेको छ।  

तर निजी मेडीकल कलेजहरुको मनोमानीले हरेक वर्ष छात्रवृत्तिका यी सिट कलेजहरुले नछुट्याउँदा विद्यार्थीहरुले शुल्क तिरेरमात्र पढ्नु पर्ने बाध्यता रहेको  छ। निजी कलेहरुमा अहिलेसम्म कुनै पनि विद्यार्थीले छात्रवृत्तिमा पढ्न पाएका छैनन्।

हालसम्म कुनै पनि निजी मेडिकल कलेजले स्नातकोत्तरमा छात्रवृत्तिमा विद्यार्थी अध्यापन नगराएका चिकित्सा शिक्षा आयोगका एकजना पूर्वअधिकारीले बताए । ‘ऐनमा पीजी तहमा पनि निजी कलेजहरुले छात्रवृत्ति कोटा छुट्याउने व्यवस्था रहेको भएपनि  हालसम्म एमबीबीएस तहमा लागू भए पनि पीजी तहमा भने हालसम्म लागू नभएको उनले बताए ।

यता निजी मेडिकल कलेजहरुले भने सरकारले छात्रवृत्तिका कोटा छुट्याउन मिल्नेगरी सिट निर्धारण नगर्दा समस्या हुने गरेको भन्दै यसको दोष आयोगमाथि नै थोपरेका छन्।

निजी मेडिकल कलेजहरुको संगठन एसोसिएशन अफ प्राइभेट मेडिकल एण्ड डेण्टल कलेज अफ नेपालका पूर्वअध्यक्ष तथा नेपाल मेडिकल कलेजका सञ्चालक बसरुद्दिन अन्सारीका अनुसार १० प्रतिशत सिट छात्रवृत्तिका रुपमा छुट्याउन कम्तिमा १० सिट आयोगले प्रत्येक मेडिकल कलेजलाई छुट्याउन पर्ने भए पनि त्यस्तो नगर्दा समस्या भएको बताए ।

उनले भने‚ ‘छात्रवृत्तिका लागि १० प्रतिशत सिट छुट्याउन कम्तिमा हामीले १० वटा सिट पाउनु पर्छ यस्तो अवस्थामा हामीले एक जनालाई छात्रवृत्ति कोटा छुट्याउन सक्छौँ तर हालसम्म आयोगले यसरी सिट छुट्याएर पठाएको छैन र समस्या भएको हो।’

आयोगले भने यो विषयमा अदालतमा मुद्दा परेको र त्यसको फैसला आएपछि सोहीअनुसार हुने भनेर पन्छिँदै आएको छ।

चिकित्सा शिक्षा आयोगले हालै मात्र नयाँ शैक्षिक सत्रका लागि विभिन्न निजीरसरकारी मेडिकल कलेज तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई चिकित्सा शिक्षातर्फ स्नातकोत्तर तहको सिट निर्धारण गरेको थियो ।

यसरी आयोगले बाँडफाँड गरेको सिटका आधारमा अब कलेज तथा स्वास्थ्य शैक्षिक प्रतिष्ठानहरुले सन् २०२४ को शैक्षिक कार्यक्रम सञ्चालन गर्नु पर्ने छ । तर, निजी कलेजहरुले यस्तो गरी रहेका छैनन् ।

चिकित्सा शिक्षा आयोगको स्थापना भएपछिको यो पाँचौँ शैक्षिक सत्र हो । यस पटक आयोगले स्नातकोत्तरतर्फ मेडिकल कलेजहरुलाई ८८८ सिट उपलब्ध गराएको छ । आयोगले नेपाली लगानीकर्ताहरुको स्वामित्वमा रहेका मेडिकल कलेजहरुलाई ७९७ सिट र विदेशीको समेत लगानी रहेका मेडिकल कलेजलाई ९१ सिट बाँडफाँड गरेको छ।

अब मेडिकल कलेज तथा प्रष्तिष्ठानहरुले आयोगले दिएको यही सिटअनुसार नै अध्यापन गराउनु पर्ने  छ ।

केही दिनअघि आयोगले आगामी शैक्षिक सत्रको लागि गरेको सिट बाँडफाँडः

 

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैकल्पिक शक्ति ध्रुवीकरणमा गोपाल हमालको स्पष्ट ‘ब्रेक’– “कार्यकालभरि कुनै दल वा अभियानमा लाग्दिनँ”

काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...

चिसो बढेपछि जनकपुरका विद्यालयहरूमा एक दिन बिदा

जनकपुरधाम । अत्यधिक चिसोका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई ध्यानमा राख्दै जनकपुरधाम उपमहानगरपालिकाले शुक्रबार (पुस ११ गते) एक ...

आगलागीपीडित किसानलाई राहत: जलेको उखु चिनी मिलले खरिद गर्ने सहमति

सर्लाही  । एक साताअघि सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा आगलागीबाट क्षति भएको उखु अब चिनी मिलहरूले खरिद गर्ने भएका छन् । आगलागीपछि उखु बिक्री नहुन...

कैदीको कैद मिनाहा राष्ट्रपतिको अधिकार होइन: सर्वोच्च अदालत

काठमाडौं । सर्वोच्च अदालतले कैदीहरूको कैद कट्टा (मिनाहा) सम्बन्धी निर्णय अब राष्ट्रपतिसमक्ष लैजान नपाइने स्पष्ट व्याख्या गरेको छ । अदालतले यससम्बन्धी ...

निर्मल निवासको छायाँमा फुटेको राप्रपा फेरि जोडिँदै, थापा–लिङ्देन एकताको औपचारिकता आज

काठमाडौँ । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच आज औपचारिक एकता हुने भएको छ । दुई ...

आयोगको पत्रले कांग्रेसमा ल्यायाे तरंग, बयानअघि देउवासँग गोप्य रणनीति बनाउँदै रमेश लेखक

काठमाडौं । जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले बयानका लागि बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेसका...

कठ्याङ्ग्रिदो जाडोले थिचिएका तराईकाे जीवन: गुन्द्री ओढेर भुइँमै रात काट्दै रौतहटकी ६० वर्षीया देवरतिया देवी

रौतहट । पुसको कठ्याङ्ग्रिदो जाडो, शीतलहर र कुहिरोले तराईको जनजीवन कष्टकर बन्दै गएको छ । यही जाडोको मारमा परेकी छन् रौतहटकी ६० वर्षीया देवरतिया देवी मा...

डेंगुभन्दा खतरनाक जेईको त्रास : नेपालमा हरेक तीन संक्रमितमध्ये एकको मृत्यु, मृत्युदर ३३ प्रतिशत पुगेको खुलासा

काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...

सुनको चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको  मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको  मूल्य तोलामा ५५ सय र...

गोरखामा मानव कङ्गाल फेला, अनुसन्धान जारी

गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending