काठमाडौं । रुसी सेनामा भर्ना भएका थप दुई नेपाली नागरिक युक्रेनी सेनाको कब्जामा रहेको खुलेको छ । रुसी सेनामा भर्ना भई युक्रेनी सेनाको कब्जामा रहेका काभ्रेका सिद्धार्थ ढकाल र मोरङको लेटाङका विकास राईको भिडियो सार्वजानीक भए सँगै उनीहरु हालसम्म सुरक्षित भएको खुलेको हो ।
छुट्टाछुट्टै भिडियो सन्देशमा उनीहरुले आफू हालसम्म सुरक्षित भएको बताएका छन् । ‘अहिले म युक्रेनको कष्टडीमा छु, आजको दिनसम्म राम्रै छ, सुरक्षित नै छु’, काभ्रेका सिद्धार्थ ढकालले भनेका छन्, ‘म रिहा हुन्छु कि हुदिनँ थाहा छैन । पछि के हुन्छ भनेर भन्न सकिदैन । सकुशल नै हुन्छु होला ।’
३ मिनेट ३२ सेकेण्ड लामो भिडियो सन्देशमा उनले आफू पैसाका लागि रुसी सेनामा भर्ना भएर धेरै दुःख पाएको बताउँदै भनेका छन् ‘पैसाका लागि रुसी सेनामा भर्ना हुँदा मैले धेरै नै दुःख पाएँ ।’
विकासले रुसमा धेरै जोखिम भएकाले पैसाका लागि रुसी सेनामा नआउन समेत आग्रह गरेका छन् । ‘यहाँ धेरै गाह्रो छ, जिन्दगीको सवाल छ’, उनले भनेका छन्, ‘जो–जो यहाँ आउने सोचमा हुनुहुन्छ, कृपया नआउनु होला । उनीहरु हामीलाई जंगली जनावर जस्तै व्यवहार गर्छन् । यहाँ बाँच्न धेरै गाह्रो छ ।’ उनले रुसी सेनामा भर्ना भएका आफ्ना केही साथीहरु मारिएको समेत खुलाएका छन् ।
तीन महिनाअघि अध्ययनका लागि मस्को गएका २२ वर्षीय ढकाल रुसी सेनामा भर्ना भएका थिए । मंसिर १८ गते युक्रेनी सेनाले भिडियो सार्वजनिक गरेसँगै उनी युक्रेनी सेनाको नियन्त्रणमा रहेको खुलेको थियो ।
यस्तै युक्रेनमा बन्दी बनाइएका मोरङ लेटाङ नगरपालिका– ३ का विकास राईले नोभेम्बर ५ तारिखदेखि युद्धमा सहभागी भएको र १० दिनअघि युक्रेनमा पक्राउ परेको बताएका छन् । ‘म भाग्यमानी रहेछु, यहाँ (युक्रेन) आएर पक्राउ परेँ र सकुशल हुन पाएँ,’ उनले भने, ‘तर सबैको त्यस्तो हुन सक्दैन ।’
२ मिनेट ४८ सेकेण्डको भिडियो सन्देशमा रुस–युक्रेन युद्ध एकदमै भयानक भएको भन्दै यहाँ नआउन आग्रह गरेका छन् । ‘यो २१ औं शताब्दीको युद्ध हो । यहाँ मेशिनरी हतियार प्रयोग हुन्छ । यो युद्ध हामीले सोचेको भन्दा एकदमै भयानक छ’ उनले भनेका छन्, ‘मैले आँखै अगाडि साथीहरु ज्यान गुमाएको देखेको छु ।’ उनले नेपालमै भविष्य बनाउन सकिने बताउँदै पैसाको पछाडि परेर ज्यान फाल्नका लागि रुसी सेनामा नआउन आग्रह गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...
पौष ७ गते, २०८२ - १०:०८
रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...
पौष ७ गते, २०८२ - १०:०२
काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...
पौष ६ गते, २०८२ - ११:५७
ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...
पौष ६ गते, २०८२ - ११:४७
धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...
पौष ६ गते, २०८२ - ११:४२
ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पा...
पौष ६ गते, २०८२ - ११:३९
छोराको पीडामा बाँधिएकी आमाको कथा
पौष ६ गते, २०८२ - ११:३४
चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...




प्रतिकृया लेख्नुहोस्: