काठमाडौं । एउटा फोन गलत नम्बरमा लाग्छ । केही मिनेट भनाभन हुन्छ । भेट्न बोलाइन्छ । अनि चक्कु चल्छ । दुई दाजुभाइको ज्यान जान्छ ।
कहीं गाँजाको खिल्लीमा विवाद हुन्छ । साथीहरूबीच हात हालाहाल सुरु हुन्छ । केहीबेरमै धारिलो हतियार निस्किन्छ र एउटा युवक सडकमा ढल्छ ।
कहीं दिदी–भिनाजुको सम्बन्धको कुरा उठ्छ । परिवारभित्रको सामान्य तनाव चर्किन्छ । रिसले नियन्त्रण गुमाउँदा भिनाजुकै हातबाट सालोको हत्या हुन्छ । यी फरक–फरक घटना हुन् । तर सबैको अन्त्य एउटै छ । क्षणिक आवेगमा एउटा ज्यान समाप्त ।
पछिल्लो समय नेपालमा भइरहेका हत्या घटनाहरू हेर्दा धेरै अपराध कुनै ठूलो योजनाबाट होइन, सामान्य विवाद र तत्कालको रिसबाट भएको देखिन्छ । प्रहरी फाइलमा दर्ज भएका घटनाहरूमा करोडौँको लेनदेन, संगठित आपराधिक योजना वा पुरानो दुश्मनीभन्दा बढी देखिन्छ । आवेग, असहिष्णुता र नियन्त्रण गुमेको मानसिकता ।
काठमाडौं, ललितपुर, नुवाकोट, पोखरा ठाउँ फरक छन्, तर घटनाको मनोविज्ञान उस्तै देखिन्छ । सामान्य विवाद किन यति छिट्टै हिंसामा बदलिन्छ ?
प्रहरी अधिकारीहरू यसको एउटा कारण समाजमा बढ्दो आक्रामकता भएको बताउँछन् । उनीहरूका अनुसार लागुऔषधको प्रयोग, अस्थिर सामाजिक वातावरण, बेरोजगारी, डिजिटल दुनियाँको प्रभाव र ‘तुरुन्त प्रतिक्रिया’ दिने बानीले मानिसको धैर्यता कमजोर बनाइरहेको छ ।
मनोचिकित्सकहरू भन्छन्, मानिस रिसाउँदा केही मिनेटका लागि विवेकभन्दा आवेग हाबी हुन्छ । त्यही समयमा नियन्त्रण गुमे हिंसा हुन सक्छ ।
पहिले गाउँघरमा झगडा छुट्याउन छिमेकी आउँथे, परिवारले सम्झाउँथ्यो, मान्छे पछि हट्थे । अहिले सानो विवादमा पनि “देखाइदिन्छु” भन्ने मानसिकता बलियो बन्दै गएको समाजशास्त्रीहरू बताउँछन् ।
सामाजिक सञ्जालले पनि आक्रामक व्यवहारलाई सामान्यजस्तै बनाइदिएको उनीहरूको बुझाइ छ । भिडन्त, धम्की र ‘दादागिरी’ शैलीका सामग्रीले विशेषगरी युवाहरूमा तत्काल प्रतिक्रिया दिने प्रवृत्ति बढाएको विश्लेषण छ ।
हत्या हुने अधिकांश घटनामा अपराधी र पीडित अपरिचित हुँदैनन् । साथी, आफन्त, छिमेकी वा चिनजानकै व्यक्ति संलग्न हुने गरेका छन् । यसले अर्को डरलाग्दो संकेत पनि गर्छ । मानिसहरू बाहिरको अपराधीभन्दा आफ्नै रिसबाट बढी असुरक्षित बन्दै गएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ४ गते, २०८३ - ०७:१५
काठमाडौं । अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने उद्देश्यसहित भएको अन्तरिम शान्ति सम्झौताका मुख्य बुँदाहरू सार्वजनिक भएका छन्। सम्झौतासँगै अमेरिकी रा...
आषाढ़ ४ गते, २०८३ - ०७:१०
काठमाडौं । सार्वजनिक पदाधिकारीहरूको सम्पत्ति छानबिन गर्न गठन गरिएको आयोगले लक्ष्यअनुसार विवरण संकलन गर्न नसक्दा समय थपिँदासमेत काम सम्पन्न गर्न सकस हु...
आषाढ़ ४ गते, २०८३ - ०७:०७
काठमाडौं । वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण र श्रमिकका गुनासो सम्बोधनमा वैदेशिक रोजगार विभाग सक्रिय देखिएको छ। विभागले एकै दिन ९ जनालाई पक्र...
आषाढ़ ४ गते, २०८३ - ०७:०४
काभ्रे । अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डको स्तरोन्नति कार्य ‘बिटुमिन’ अभावका कारण दुई महिनादेखि प्रभावित बनेको छ। कालोपत्रे गर्ने मुख्य स...
आषाढ़ ४ गते, २०८३ - ०६:५८
काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकको मुख्य एजेन्डा आगामी आर्थिक वर्षको बजेटसँग सम्बन्धित ‘विनियोजन विधे...
आषाढ़ ४ गते, २०८३ - ०६:५३
काठमाडौँ । संघीय संसदअन्तर्गत आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ। बैठकमा स्थलगत अनुगमन, आगामी आर्थिक वर्षको बजेट तथा स्थानीय निर्वाचनको तयारीलगायत व...
आषाढ़ ४ गते, २०८३ - ०६:५१
म्याग्दी । उच्च पहाडी भूगोलमा अवस्थित म्याग्दीको धवलागिरी गाउँपालिकाका बासिन्दाको जीविकोपार्जनको परम्परागत आधार बनेको घुम्ती पशुगोठ संकटमा परेको छ । ...
आषाढ़ ४ गते, २०८३ - ०६:४२
चितवन । नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–५ स्थित तुइनखोलामा खसेको पहिरो हटाइएपछि सडकमा दुईतर्फी यातायात सञ्चालनमा आएको छ। सड...
आषाढ़ ४ गते, २०८३ - ०६:३८
झापा । जिल्लामा गत जेठ महिनामा भएका विभिन्न प्राकृतिक तथा गैर–प्राकृतिक विपद्का घटनाबाट रु १० करोडभन्दा बढीको आर्थिक क्षति भएको छ । जिल्ला प्रहरी क...
आषाढ़ ४ गते, २०८३ - ०६:३६
धनकुटा । गर्मी छल्न भेडेटार पुग्ने पर्यटकका लागि अहिले चिसो मौसम मात्र आकर्षणको केन्द्र छैन । पहाडी भूभागमा उत्पादन भएका ताजा अर्ग्यानिक तरकारी र फलफू...



प्रतिकृया लेख्नुहोस्: