Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

शीतलहरबाट जोगाउन विपद् व्यवस्थापन समितिको तयारी

खबरडबली संवाददाता

बाँके । बाँकेमा जाडोसँगै शीतलहर चल्न सक्ने भएकाले नागरिकलाई चिसोबाट विपद् व्यवस्थापन समितिले तयारी सुरु गरेको छ । शीतलहरबाट कुनैपनि मानवीय तथा धनजनको क्षति नहोस् भन्नका लागि समितिले तयारी थालेको हो ।

जिल्ला विपद् व्यवस्थापन समितिको बुधबार बसेको बैठकले बाँकेका नागरिकलाई शीतलहरबाट जोगाउन विभिन्न २१ वटा निर्णय गर्दै पूर्वतयारी थालेको हो । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलको अध्यक्षतामा बसेको बैठकले ‘शीतलहर आकस्मिक योजना–२०८०’ स्वीकृत गर्दै विभिन्न २१ बुँदे निर्णय गरेको समितिले जनाएको छ ।

नेपालगञ्जमा समितिद्वारा आयोजित कार्यक्रममा प्रजिअ पोखरेलले बाँकेमा जाडो बढेसँगै शीतलहरको सम्भावना पनि बढेकाले पूर्वतयारीका लागि सरोकारवालासँग छलफल गरी अनुकूल वातावरण तयार गर्ने निर्णय भएको जानकारी दिए । उनका अनुसार चिसो तथा शीतलहरका कारण हुनसक्ने क्षति न्यूनिकरणका लागि तयार गरिएको शीतलहर आकस्मिक योजनाको मस्यौदामाथि सरोकारवालासँग छलफल भएको थियो ।

छलफल पछि प्राप्त सुझावका आधारमा परिमार्जित शीतलहर आकस्मिक योजना–२०८० स्वीकृत गरिएको प्रजिअ पोखरेलले जानकारी दिनुभयो । कार्यक्रममा आठ वटै स्थानीय तहका प्रमुख तथा उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतलगायत जिल्लाका सरोकारवाला निकायका प्रतिनिधिको उपस्थिति थियो ।

बैठकले योजना अनुरुप सबैको आ–आफ्नो जिम्मेवारी निर्धारण गरी पूर्वतयारीको व्यवस्था तथा कार्यविभाजन गरेको छ । साथै सबै नगरपालिका र गाउँपालिकाका विपद् व्यवस्थापन समिति तथा विषयगत क्षेत्रले शीतलहर पूर्वतयारी बैठक बसेर आकस्मिक योजना तयार गरी लागू गर्ने निर्णय भएको उनले बताए ।

स्थानीय तहसँगको समन्वयमा सबै सङ्घसंस्था, निजी क्षेत्र, रेडक्रस सोसाइटीलगायतले चिसो तथा शीतलहरबाट हुने क्षति न्यूनीकरणका लागि गतिविधि सञ्चालन गर्ने, जोखिमयुक्त र उच्च जोखिमयुक्त क्षेत्र पहिचान गरी सूची तयार गर्ने, प्राथमिकताका आधारमा राहत वितरणको योजना बनाउने, जेष्ठ नागरिक, बालबालिका, गर्भवती तथा सुत्केरी महिलाको विवरण सङ्कलन गर्नेलगायत जिम्मेवारी तोकिएको आपतकालीन कार्यसञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जानकारी दिए ।

चिसोबाट बच्नका लागि बढी चहलपहल हुने स्थानमा आगो बाल्न स्थानीय तहले डिभिजन वन कार्यालय वा नजिकको सब–डिविजन वन कार्यालय र उपभोक्ता समितिसँग समन्वय गरी आवश्यक दाउरा उपलव्ध गराउनेसमेत निर्णय भएको उनले बताए।

शीतलहरको प्रभावबाट बच्नरबचाउनका लागि केन्द्रले स्थानीय भाषासमेतमा जनचेतनामूलक सामग्री तयारी गर्न सहजीकरण गर्ने, जिल्लास्थित पत्रकार महासङ्घसँग समन्वय गरी जिल्लाका सबै स्थानीय एफएम रेडियो, पत्रपत्रिकामा सन्देश प्रसारणरप्रकाशन गर्ने निर्णय भएको प्रजिअ पोखरेलको भनाइ थियो ।

साथै स्थानीय क्लब तथा विद्यालयमा चिसो र शीतलहरबाट बच्ने/बचाउने उपायका सम्बन्धमा चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, जिल्ला प्रहरी कार्यालयले समुदाय प्रहरी साझेदारी कार्यक्रममार्फत सचेतना अभियान सञ्चालन गर्ने, कुहिरो/हुस्सु लागेको समयमा सम्भावित सवारी दुर्घटनाको जोखिम न्यूनीकरण गर्न ट्राफिक कार्यालयले सचेतना अभियान सञ्चालन गर्नेलगायत निर्णय भएका उहाँले जानकारी दिए।

बैठकमा समितिका अध्यक्ष एवम् प्रजिअ पोखरेलले जिल्लामा विपद् व्यवस्थापनको अवस्थाका बारेमा प्रस्तुतिकरण दिएको थिए । जाजरकोट भूकम्पपछि भेरी अस्पताललाई ‘डेडिकेटेड अस्पताल’ तोकिएपछि फोकल पर्सनका रुपमा कार्यरत स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठले उपचार व्यवस्थापन तथा राहत सङ्कलन र व्यवस्थापनका लागि भएका कामका बारेमा जानकारी गराएको थिए ।

कार्यक्रममा समितिले जाजरकोट भूकम्प पश्चात् प्रतिकार्यमा सहयोगी भूमिका निभाउने सरकारी निकाय, कार्यालय, सङ्घसंस्था र व्यक्तिलाई सम्मान गरेको छ । भूकम्पका घाइतेको उपचार व्यवस्थापन, राहत सामग्री हस्तान्तरणलगायत क्रियाकलापमा सहयोग पुर्‍याउनेलाई सम्मान गरिएको हो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सांसद् बन्ने भएपछि निफ्राबाट लीमा अधिकारीको राजीनामा

काठमाडौँ । लीमा अधिकारीले नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा) को सञ्चालक समिति सदस्य पदबाट राजीनामा दिएकी छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ...

तिर्न बाँकी सरकारी ऋण २८ खर्ब ७८ अर्ब

काठमाडौँ। चालु आर्थिक वर्ष २०८२ र ८३ को सुरुमा कुल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब चार करोड रहेकोमा फागुन मसान्तसम्ममा २८ खर्ब ७८ अर्ब २९ करोड पुगेको छ ।...

बसपार्कबाट गाडी सञ्चालन नगरे २५ सय सम्म जरिवाना

सल्यान। सल्यानको प्रमुख व्यापारिक केन्द्र श्रीनगर क्षेत्रमा अब जथाभावी र अव्यवस्थित पार्किङ गर्ने सवारीसाधनलाई दुई हजार ५०० रुपियाँसम्म जरिवाना गरिने ...

नेप्से परिसूचक १३ अङ्कले बढ्यो

काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ ।आज नेप्से परिसूचक १३ दशमलव ५१ अङ्कले बढेर दुई हजार ८१२ दशमलव ३४ विन्द...

ताप्लेजुङमा हावाहुरीले डेढ दर्जन घरमा क्षति, साढे ७५ लाख बराबरको नोक्सानी

ताप्लेजुङ। ताप्लेजुङमा हावाहुरीले डेढ दर्जन बढी निजी घर तथा सार्वजनिक संरचनामा क्षति गर्दा लाखौं मूल्य बराबरको नोक्सानी भएको छ । प्रहरीका अनुसार आइ...

दादुराका ६७ बिरामी उपचारपछि घर फर्के, २० जनाको ‘आइसोलेसन’ उपचार जारी

बागलुङ। प्रभावित ढोरपाटनका बिरामीमध्ये ६७ जना घर फर्केका छन् भने २० जनाको ‘आइसोलेसन’मा उपचार भइरहेको छ । फागुनको पहिलो सातादेखि ढोरपाटनमा फैलिएको द...

सी जिनपिङको पुस्तक जलाएकोमा चीनको चासो, घटनामा छानबिन गर्न निर्देशन

काठमाडौँ । मोरङको मनमोहन टेक्निकल इन्स्टिच्युटमा चिनियाँ राष्ट्रपति सी जिनपिङद्वारा लिखित ‘द गभर्नेन्स अफ चाइना’ पुस्तक जलाइएको घटनाप्रति चीनले चासो द...

चौरजहारी नगरपालिकाका नगर प्रमुख र इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा : सेवा करार म्याद थप्न घुस मागेको आरोप

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुकुम (पश्चिम) स्थित चौरजहारी नगरपालिकाका नगर प्रमुख पुष्प वादी र सोही नगरपालिकाका असिस्टेन्ट सब–इन्जिनिय...

नवनिर्वाचित सांसदहरूको शपथ र बैठक बहुउद्देश्यीय हलमा हुने

काठमाडौँ । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूको पद तथा गोपनीयताको शपथ ग्रहण र प्रारम्भिक बैठकहरू सिंहदरबारभित्र पुतली बगैँचामा बन्न लागेको नयाँ संसद...

घरदैलोमै पुगेर जन्म र मृत्युदर्ताको प्रमाणपत्र

घोराही । दाङको लमही नगरपालिकाले घरदैलोमै नागरिकलाई जन्म र मृत्यु दर्ताको प्रमाणपत्र वितरण गर्न सुरु गरेको छ । ‘लमही नगर निर्माण महाअभियान’ अन्तर्गत...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: