Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

शीतलहरबाट जोगाउन विपद् व्यवस्थापन समितिको तयारी

खबरडबली संवाददाता

बाँके । बाँकेमा जाडोसँगै शीतलहर चल्न सक्ने भएकाले नागरिकलाई चिसोबाट विपद् व्यवस्थापन समितिले तयारी सुरु गरेको छ । शीतलहरबाट कुनैपनि मानवीय तथा धनजनको क्षति नहोस् भन्नका लागि समितिले तयारी थालेको हो ।

जिल्ला विपद् व्यवस्थापन समितिको बुधबार बसेको बैठकले बाँकेका नागरिकलाई शीतलहरबाट जोगाउन विभिन्न २१ वटा निर्णय गर्दै पूर्वतयारी थालेको हो । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलको अध्यक्षतामा बसेको बैठकले ‘शीतलहर आकस्मिक योजना–२०८०’ स्वीकृत गर्दै विभिन्न २१ बुँदे निर्णय गरेको समितिले जनाएको छ ।

नेपालगञ्जमा समितिद्वारा आयोजित कार्यक्रममा प्रजिअ पोखरेलले बाँकेमा जाडो बढेसँगै शीतलहरको सम्भावना पनि बढेकाले पूर्वतयारीका लागि सरोकारवालासँग छलफल गरी अनुकूल वातावरण तयार गर्ने निर्णय भएको जानकारी दिए । उनका अनुसार चिसो तथा शीतलहरका कारण हुनसक्ने क्षति न्यूनिकरणका लागि तयार गरिएको शीतलहर आकस्मिक योजनाको मस्यौदामाथि सरोकारवालासँग छलफल भएको थियो ।

छलफल पछि प्राप्त सुझावका आधारमा परिमार्जित शीतलहर आकस्मिक योजना–२०८० स्वीकृत गरिएको प्रजिअ पोखरेलले जानकारी दिनुभयो । कार्यक्रममा आठ वटै स्थानीय तहका प्रमुख तथा उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतलगायत जिल्लाका सरोकारवाला निकायका प्रतिनिधिको उपस्थिति थियो ।

बैठकले योजना अनुरुप सबैको आ–आफ्नो जिम्मेवारी निर्धारण गरी पूर्वतयारीको व्यवस्था तथा कार्यविभाजन गरेको छ । साथै सबै नगरपालिका र गाउँपालिकाका विपद् व्यवस्थापन समिति तथा विषयगत क्षेत्रले शीतलहर पूर्वतयारी बैठक बसेर आकस्मिक योजना तयार गरी लागू गर्ने निर्णय भएको उनले बताए ।

स्थानीय तहसँगको समन्वयमा सबै सङ्घसंस्था, निजी क्षेत्र, रेडक्रस सोसाइटीलगायतले चिसो तथा शीतलहरबाट हुने क्षति न्यूनीकरणका लागि गतिविधि सञ्चालन गर्ने, जोखिमयुक्त र उच्च जोखिमयुक्त क्षेत्र पहिचान गरी सूची तयार गर्ने, प्राथमिकताका आधारमा राहत वितरणको योजना बनाउने, जेष्ठ नागरिक, बालबालिका, गर्भवती तथा सुत्केरी महिलाको विवरण सङ्कलन गर्नेलगायत जिम्मेवारी तोकिएको आपतकालीन कार्यसञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जानकारी दिए ।

चिसोबाट बच्नका लागि बढी चहलपहल हुने स्थानमा आगो बाल्न स्थानीय तहले डिभिजन वन कार्यालय वा नजिकको सब–डिविजन वन कार्यालय र उपभोक्ता समितिसँग समन्वय गरी आवश्यक दाउरा उपलव्ध गराउनेसमेत निर्णय भएको उनले बताए।

शीतलहरको प्रभावबाट बच्नरबचाउनका लागि केन्द्रले स्थानीय भाषासमेतमा जनचेतनामूलक सामग्री तयारी गर्न सहजीकरण गर्ने, जिल्लास्थित पत्रकार महासङ्घसँग समन्वय गरी जिल्लाका सबै स्थानीय एफएम रेडियो, पत्रपत्रिकामा सन्देश प्रसारणरप्रकाशन गर्ने निर्णय भएको प्रजिअ पोखरेलको भनाइ थियो ।

साथै स्थानीय क्लब तथा विद्यालयमा चिसो र शीतलहरबाट बच्ने/बचाउने उपायका सम्बन्धमा चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, जिल्ला प्रहरी कार्यालयले समुदाय प्रहरी साझेदारी कार्यक्रममार्फत सचेतना अभियान सञ्चालन गर्ने, कुहिरो/हुस्सु लागेको समयमा सम्भावित सवारी दुर्घटनाको जोखिम न्यूनीकरण गर्न ट्राफिक कार्यालयले सचेतना अभियान सञ्चालन गर्नेलगायत निर्णय भएका उहाँले जानकारी दिए।

बैठकमा समितिका अध्यक्ष एवम् प्रजिअ पोखरेलले जिल्लामा विपद् व्यवस्थापनको अवस्थाका बारेमा प्रस्तुतिकरण दिएको थिए । जाजरकोट भूकम्पपछि भेरी अस्पताललाई ‘डेडिकेटेड अस्पताल’ तोकिएपछि फोकल पर्सनका रुपमा कार्यरत स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठले उपचार व्यवस्थापन तथा राहत सङ्कलन र व्यवस्थापनका लागि भएका कामका बारेमा जानकारी गराएको थिए ।

कार्यक्रममा समितिले जाजरकोट भूकम्प पश्चात् प्रतिकार्यमा सहयोगी भूमिका निभाउने सरकारी निकाय, कार्यालय, सङ्घसंस्था र व्यक्तिलाई सम्मान गरेको छ । भूकम्पका घाइतेको उपचार व्यवस्थापन, राहत सामग्री हस्तान्तरणलगायत क्रियाकलापमा सहयोग पुर्‍याउनेलाई सम्मान गरिएको हो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जिल्ला कारागार कञ्चनपुरमा कैदीबन्दीबीच झडप, अवस्था तनावग्रस्त

काठमाडौं । जिल्ला कारागार कार्यालय कञ्चनपुरमा तनाव उत्पन्न भएको छ। कारागारभित्र रहेका कैदीबन्दीबीच विवाद भएपछि अवस्था तनावग्रस्त बनेको हो। तनाव भएक...

देउवाले उपसभापति र महामन्त्रीलाई छलफलमा बोलाए

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष तहका चार नेतालाई छलफलका लागि बोलाएका छन्। शनिबार बिहान ९ बजे बैठक बस्ने गरी उनले ...

जेनजी आन्दोलनका घाइते पत्रकारको उपचार सरकारले गर्छ : सञ्चारमन्त्री खरेल

काठमाडौँ । जेनजी युवा पुस्ताको आन्दोलनको रिपोर्टिङका क्रममा घाइते भएका पत्रकारको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ ।  शुक्रबार घाइते पत्रकारलाई न...

केन्द्रीय कमिटीमा ओलीले भने : पार्टी भित्रका असन्तुष्टि मिडियामा गएर नपोख्नु

काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेको काँधमा अहिले असाधारण जिम्मेवारी रहेको बताएको छन्।  ११ औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन...

अमेरिकाले एकै दिन गर्याे ७५ नेपाली डिपोर्ट

काठमाडौँ । अमेरिकाले अवैध रूपमा बसोबास गर्दै आएका तथा कानुनको पालना नगरेका ७५ जना नेपालीलाई एकै दिन डिपोर्ट गरेको छ। उनीहरूलाई बिहीबार दिउँसो चार्टर्ड...

बैठकको नेताको मोबाइल फोन बज्दा ओलीले आपत्ति

एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली आवरणको पार्टी होइन

जेनजी आन्दोलनका घाइते पत्रकारलाई सम्मान

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारलाई सम्मान गरेको छने । शुक्रबार मन्त्रालयमा विशेष क...

रवि लामिछालाई भरतपुरबाट गाडिमा रुपन्देही लगिँदै

चितवन । चितवनको भरतपुरबाट रास्वपा सभापति रवि लामिछानेलाई अहिले रुपन्देहीतर्फ लगिँदैछ। भैरहवा विमानस्थलमा घना हुस्सु ९कुहिरो०का कारण उडान नखुलेपछि उनी ...

बाँसलाई निर्माण सामाग्रीको रुपमा प्रयोग गरौँ : मन्त्री घिसिङ

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र  शहरी विकासमन्त्री कुलमान घिसिङले बाँसवाट निर्माण हुने संरचनाको डिजाइन सम्बन्धी मार...

अमेरिकाले स्थगित गर्याे ‘ग्रीन कार्ड लटरी’

काठमाडौँ । अमेरिकाले ‘ग्रीन कार्ड लटरी’ योजना अस्थायी रूपमा स्थगित गरेको छ। यो निर्णय ब्राउन युनिभर्सिटीमा दुई जनाको ज्यान जाने गोलीकाण्डपछि अमेरिकी र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending