Ntc summer Offer
Khabar Dabali ६ आश्विन २०८१ आईतवार | 22nd September, 2024 Sun
NIMB

जनताका समस्या पहिचान गर्न एमालेको सङ्कल्प यात्रा

खबरडबली संवाददाता

भोजपुर ।  नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जनताका समस्या पहिचान गर्न आफ्नो पार्टीले ‘समृद्धिका लागि सङ्कल्प यात्रा’ सञ्चालन गरेको बताएका छन् । झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्राका क्रममा आज पौवादुङमा गाउँपालिका पुगेका उनले यस्तो बताएका हुन् ।

मध्यपहाडी क्षेत्रका जनताबाट आएका माग तथा सुझावलाई सङ्कलन गरिएको बताउँदै अध्यक्ष ओलीले नागरिकका आवश्यकताका आधारमा भावी योजना तयार गरिने बताए । मध्यपहाडी क्षेत्रमा धेरै उत्पादनशील तथा सम्भावना बोकेका क्षेत्र रहेकाले आएका मागका आधारमा जनताको जनजीवनसँग जोडिएका विषयमा एमालेले ध्यान दिने प्रतिबद्धता  व्यक्त गरे । 

“जनताका समस्या पहिचानका लागि एमालेले यो यात्रा तय गरेको हो”, अध्यक्ष ओलीले भने, “हामीले जनताका तर्फबाट आएका धेरै मागपत्र लिएका छौँ । जनतालाई केन्द्रमा राखेर उनीहरूको समृद्धिका निम्ति भावी योजना तयार गछौँ ।”

पूर्वप्रधानमन्त्री ओलीसमक्ष पौवादुङमा गाउँपालिकाले आफ्ना समस्यासँगै गाउँपालिकाको गौरवको योजनाको रूपमा रहेको  तिवारीभञ्याङ–अँधेरीघाट सडक निर्माणसँगै  अरुण नदीको अँधेरीघाटमा पक्की पुल निर्माणको पहलका लागि मागपत्र हस्तान्तरण गरेको छ । 

यसैबीच, आजै तेह्रथुमको  वसन्तपुर अध्यक्ष ओलीले जनसभालाई सम्बोधन गर्दै नेपालीको एउटै समस्या गरिबी र अभाव हटाउन आफ्नो दल चिन्तनशील रहेको बताए । उनले गरिबी, अशिक्षा, अभाव, बेरोजगारी, विपन्नता नै नेपालका साझा शत्रु भएकाले तिनलाई हटाउन पार्टीले सक्दो सहयोग गर्ने बताउनुभयो । माटोअनुसारको उत्पादन गर्न र कृषिलाई आर्थिक समृद्धिको आधार बनाउनुपर्नेमा जोड दिए । 

फरक प्रसङ्गमा नेता ओलीले सङ्घीय लोकतान्त्रिक व्यवस्थालाई सुदृढ गर्नु अपरिहार्य भएको बताए । उनले देशको स्वाधीनता तथा भौगोलिक अखण्डतालाई अक्षुण्ण राख्न आफ्नो दल पूर्ण प्रतिबद्ध रहेको बताए । 

मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटनलगायत विकासका सम्भावनाबारे जानकारी लिन अध्यक्ष ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू महासचिव शङ्कर पोखरेल, उपमहासचिवहरू, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्य, प्रदेश कमिटीलगायत नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित टोली सङ्कल्प यात्रामा छन् । बैतडीको झुलाघाटबाट मङ्सिर १४ गतेदेखि सुरु भएको यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुग्ने कार्यक्रम रहेको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डोटीमा चार युवाको सामूहिक बेसारखेती

डोटी । डोटीको दिपायलका चार युवाले व्यावसायिक बेसारखेती सुरु गरेका छन् । युवा तेज द्वारिया, कैलाश खड्का, दीपक साहु र शैलेन्द्र खड्काले दिपायल सिलगढी नग...

सातै प्रदेशमा राजनीतिक प्रशिक्षण सञ्चालन गर्दै समाजवादी मोर्चा

काठमाडौं । समाजवादी मोर्चा नेपालले सातै प्रदेशमा राजनीतिक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । मुलुकको समसामयिक राजनीतिक अवस्था र अन्तर्राष्ट...

बारा जङ्गल छेउमा वयस्क हात्ती मृत फेला

रौतहट । बारा स्थित राष्ट्रिय जङ्गल नजिक वयस्क हात्ती मृत फेला पारेको छ। स्थानीय कोल्हबी नगरपालिका–२ भलुवाही खोर जङ्गल छेउमा जङ्गली हात्ती मृत फेला परे...

नेपालीहरुका लागि क्यानडा उत्कृष्ट शैक्षिक गन्तब्य बन्नसक्छः महानायक हमाल

काठमाडौं । महानायक राजेश हमालले सुचना प्रविधि र विश्वव्यापीकरणको युगमा नेपालीहरुका लागि  क्यानडा शैक्षिक गन्तब्य बन्नसक्ने बताएका छन् । शनिबार हिमाल म...

काठमाडौंमा देखिएको मुगुको दृश्य

काठमाडौं । आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख रोजाइमध्ये एक हो, डोल्पा जिल्ला । मुख्यगरी डोल्पामा रारा तालको अवलोकनका लागि पर्यटक पुग्ने गर्छन् । रा...

काभ्रे प्रहरीले गर्यो २६ बाक्सा पटाका पटाका बरामद

बनेपा ।  बीपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–९ काभ्रेभञ्ज्याङबाट प्रहरीले २६ बाक्सा पटाका बरामद गरेको छ । नियमित सवारीसाधन जा...

चीनकी ‘ब्युटिफुल गभर्नर' लाई १३ बर्षको जेल सजाय

काठमाडौँ । चीनमा ‘ब्युटिफुल गभर्नर’ भनेर चिनिने गुइझाउ प्रान्तकी गभर्नर झोङ याङलाई १३ वर्षको जेल सजाय सुनाइएको छ । उनलाई १ करोड १६ लाख रुपैयाँ जरिवाना...

बाँकेमा लागुऔषध दुर्व्यसन चुनौतीपूर्ण बन्दै

बाँके ।  भारतीय सीमासँग जोडिएको बाँकेमा लागुऔषध दुर्व्यसन चुनौतीपूर्ण बन्दै गएको छ। लागुऔषध प्रयोगकर्ता र कारोबार गर्नेको सङ्ख्या बढ्दै जाँदा न्यूनीकर...

परराष्ट्रमन्त्री राणाको अमेरिकामा स्वागत

न्यूयोर्क । परराष्ट्रमन्त्री डा. आरजु राणाको अमेरिकामा स्वागत गरिएको छ। संयुक्त राष्ट्र संघको महासभामा भाग लिन शनिबार दिउँसो क्यानडा हुँदै अमेरिकाक...

श्रीलङ्कामा कम्युनिष्ट पार्टीको ऐतिहासिक विजय, अनुरा कुमारा राष्ट्रपति बन्ने

काठमाडौं । श्रीलङ्कामा हिजो भएको राष्ट्रपतीय चुनावबाट वामपन्थी उम्मेदवार अनुरा कुमारा दिसानायके निर्वाचित भएका छन् । सन २०१९ को चुनावमा तीन प्रतिशत...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy