काठमाडौं । अमेरिका र इजरायलबीच हमासविरुद्धको कारवाहीका विषयमा ‘गहन’ वार्ता भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।
विश्वव्यापी दबाबसामु नझुक्ने बताएको इजरायलले गाजामा हमाससँगको अर्को चरणको युद्धबारे विचार गरिरहेको छ।यस सम्बन्धमा ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकारले अब गाजामा युद्धका क्रममा हमासका नेताहरूलाई निशाना बनाउन सक्ने बताएका छन्।
रिपोर्टहरूका अनुसार, अमेरिकाले व्यापक बम विष्फोट र भूमिगत कारबाहीको सट्टा हमासका आतंककारी नाइकेहरुलाई ९नेताहरु० प्रत्यक्ष ध्वस्त पार्न दबाब दिइरहेको छ। यसै विषयमा इजरायल र अमेरिकाबीचमा लगातार छलफल भएको हो।
अक्टोबर ७ मा दक्षिणी इजरायलमा हमासले गरेको आतंकवादी हमलामा करिब १ हजार दुई सय जनाको मृत्यु भएको थियो। इजरायली सेनाले गरेको जवाफी कारबाहीमा हालसम्म १९ हजारभन्दा बढीको मृत्यु भइसकेको छ।
अमेरिकी सल्लाहकार जेक सुलिवानले आफ्नो इजरायल भ्रमणका क्रममा यस युद्धको अर्को चरणमा परिवर्तन हुने बताएका छन्। अब हमास नेताहरू र तिनीहरूको गुप्तचर कार्यहरूलाई लक्षित गर्दै थप आक्रमणहरू गरिनेछ।
इजरायलको प्रमुख निशानाहरूमा मोहम्मद डेफको नाम पनि समावेश छ। डेफ हमासको सैन्य शाखाको प्रमुख रहेको बताइएको छ।उनलाई अक्टोबर ७ को हमलाको मास्टरमाइन्ड मानिन्छ। हमासका नम्बर दुई कमाण्डर मारवान इसा पनि इजरायली सेनाको निशानामा छन्। गाजामा हमास नेता याह्या सिनवारलाई पनि मार्ने प्रयास भइरहेको छ।
सुलिभानले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र उनको युद्ध मन्त्रिपरिषद्सँग बिहीबार भेट गरेको बताए। त्यसमा सेनाका वरिष्ठ अधिकारीहरुको पनि उपस्थिति रहेको थियो।
अमेरिकी राष्ट्रपति जो बाइडेनले गाजामा ठूलो संख्यामा सर्वसाधारण मारिएपछि अन्तर्राष्ट्रिय समूदाय इजरायलविरुद्ध बन्दै गएको चेतावनी दिएका थिए। इजरायली अधिकारीहरूसँगको बैठकपछि सुलिवानलाई अमेरिकाले सैन्य सहायता रोक्न सक्छ कि भनेर सोधिएको थियो। उनले जवाफ दिन अस्वीकार गरेका थिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...
पौष ७ गते, २०८२ - १०:०८
रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...
पौष ७ गते, २०८२ - १०:०२
काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...
पौष ६ गते, २०८२ - ११:५७
ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...
पौष ६ गते, २०८२ - ११:४७
धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...
पौष ६ गते, २०८२ - ११:४२
ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पा...
पौष ६ गते, २०८२ - ११:३९
छोराको पीडामा बाँधिएकी आमाको कथा
पौष ६ गते, २०८२ - ११:३४
चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...




प्रतिकृया लेख्नुहोस्: