काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि हरियो तरकारीको मूल्य सार्वजनिक गरेको छ ।शनिबार प्रतिकेजी ४०० रुपैयाँले मूल्य बढेर कुरीलो एकैदिन १२०० रुपैयाँपुगेको छ ।सोहि कुरीलोको मूल्य समितिले हिजो प्रतिकेजी ८०० रुपैयाँ तोकेको थियो ।
समितिले तय गरेको तरकारीको मूल्यसूचीअनुसार शनिबार सुकेको प्याज प्रति केजी न्यूनतम मूल्य १ सय ३५ रुपैयाँ निर्धारण भएको छ । शुक्रबारको तुलनामा आज प्याजको मूल्य प्रतिकेजी ५ रुपैयाँ घटेको छ । आज हरियो तरकारीको निर्धारित बजार मूल्यमा हिजोको तुलनामा भिण्डी, पाकेको फर्सी, हरियो प्याज, डल्लेच्याउ, भिण्डी, कुरिलोलगायतमा मूल्य ३० रुपैयाँदेखि ४०० रुपैयाँसम्म बढेर आएको छ । शनिबार नेपाली ठूला गोलभेडा प्रतिकेजी न्यूनतम मूल्य ५० रुपैयाँ पुगेको छ ।
यस्तै, समितिले सानो गोलभेडा लोकल १५ रुपैयाँ, रातो आलु नेपाली ३४,सेतो आलु ३०, गाजर प्रतिकेजी ४०, बन्दा लोकल ३०, स्थानिय काउली २५, मूला रातो १५, सेतो मूला ८, भन्टा लाम्चो ४०, मकै बोडी ६०, मटरकोशा १२०, घिउ सिमी लोकल ७०, राजमा सिमी १२०, लौका ५०, परवल लोकल ७०, भिण्डी१२०, फर्सी पाकेको ३३, हरियो फर्सी लाम्चो ४० रुपैयाँ न्यूनतम मूल्य निर्धारण गरेको छ ।
आज रायोको साग हिजोको तुलनामा प्रतिकेजी पाँच रुपैयाँले बढेर ३०, पालुंगो ११०, चमसुर ११०, तोरी ३०, हरियो प्याज ९०, च्याउ कन्य १६०, डल्ले च्याउ २८०, कुरीलो १२००, ब्रोकाउली ६० रुपैयाँ तोकिएको छ ।
शनिबार फलफूलमा फूजी स्याउको मूल्य हिजोको तुलनामा प्रतिकेजी २० रुपैयाँले घटेर ३०० रुपैयाँ न्यूनतम मूल्यमा बजारमा पाइने छ । यस्तै केरा १४०, कागती १२०, अनार ३५०, कालो अंगुर २५०, सुन्तला नेपाली १००, मौसम १४०, जुनार २००, आभोकाडो २०० र किवि २०० रुपैयाँ तोकिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १३ गते, २०८३ - ०८:२२
एजेन्सी । युद्धविराम कायम रहेको दाबी भइरहेका बेला इजरायलले लेबनानमा गरेको भीषण हवाई आक्रमणमा कम्तीमा ३१ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमध्ये बालबालिक...
जेष्ठ १३ गते, २०८३ - ०८:२०
रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका–९ डुमरियामा कृषि तथा जलवायु मौसम मापन केन्द्र स्थापना गरिएको छ । केन्द्रको चन्द्रपुर नगरपालिकाका प्रमुख सञ्जयकुमार...
जेष्ठ १३ गते, २०८३ - ०८:१८
खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेकी २७ वर्षीया रेश्मिका परियारको हत्या प्रकरणमा संलग्न रहेको अभियोगमा थप तीनजना मंगलबार पक्राउ परेका छन् । ...
जेष्ठ १३ गते, २०८३ - ०८:१६
काठमाडौँ । नेपाल प्रेस युनियनले आज देशभर विभिन्न कार्यक्रम गरी ३५औँ स्थापना दिवस मनाउँदै छ। दिवसका अवसरमा देशभरका सबै शाखाले विविध कार्यक्रम आयोजना गर...
जेष्ठ १३ गते, २०८३ - ०८:११
काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज छुट्टाछुट्टै बस्दैछन् । सङ्घीय संसद् सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको...
जेष्ठ १३ गते, २०८३ - ०८:०५
काठमाडौं । राष्ट्रिय गौरवको सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना निर्माणमा चरम ढिलासुस्ती गर्ने ठेकेदार कम्पनी अन्ततः सरकारको कारबाहीमा परेको छ।...
जेष्ठ १३ गते, २०८३ - ०८:००
तनहुँ । कृषि विकास कार्यालय तनहुँले जिल्लाका विभिन्न पालिकामा देखिएका कृषि समस्याको स्थलगत अध्ययन तथा समाधानका उपाय खोज्न संयुक्त प्राविधिक अनुगमन कार...
जेष्ठ १३ गते, २०८३ - ०७:५५
म्याग्दी । मुस्ताङ हुँदै चीनको सिमाना कोरला नाका जोड्ने बेनी–जोमसोम–कोरला सडकअन्तर्गतको म्याग्दी खण्ड आज बिहानैदेखि अवरुद्ध भएको छ । म्याग्दीको रघुगङ्...
जेष्ठ १३ गते, २०८३ - ०७:५३
वासिङ्टन डिसी । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमामा स्थायी मानव बस्ती बसाल्ने आफ्नो वृहत् गुरुयोजना अन्तर्गत अत्याधुनिक रोबोटिक ल्यान्डर,...
जेष्ठ १३ गते, २०८३ - ०७:४८
काठमाडौँ । मकवानपुरको राक्सिराङ–६ स्थित राष्ट्रिय माध्यमिक विद्यालय सिलिङ्गेमा जुत्ता राख्ने फलामको र्याकले चेपिएर चार वर्षीय बालकको मृत्यु भएको छ । ...



प्रतिकृया लेख्नुहोस्: