झापा । डेढ महिनाअघि भारतबाट जिल्लाको बाहुनडाँगी सीमा नाका हुँदै नेपाल प्रवेश गरेका ३६ जङ्गली हात्तीका कारण कोशी प्रदेशका तीन जिल्लाका बासिन्दा त्रसित छन् ।
झापा, मोरङ र सुनसरी क्षेत्रका जङ्गलमा विचरण गर्दै आएका ती हात्तीबाट जीउधनको सुरक्षा कसरी गर्ने भन्ने चिन्ता बढेको छ । एक महिनामा हात्तीको आक्रमणमा परेर झापामा दुई, मोरङमा एक र सुनसरीमा एक गरी चारजनाको मृत्यु भइसकेको छ । मेचीनगर नपा–४ का हात्ती संरक्षण अभियानकर्मी शङ्कर लुइँटेलका अनुसार गत कात्तिक ३ गते बाहुनडाँगीको सीमा क्षेत्रबाट ती हात्ती नेपाल पसेका थिए । हात्तीको बथानमा छावा पनि छन् । ती हात्ती हालसम्म नफर्किएको उनले बताए। हिउँद याममा बर्सेनि यसरी नै भारतबाट हात्तीको ठूलो बथान नेपाल आउने गरेका छन् । लुइँटेलका अनुसार त्यस्ता हात्ती नेपालबाट १० देखि १५ दिनभित्रमा भारततिरै फर्कने गरेका थिए ।
डिभिजन वन कार्यालय मोरङका प्रमुख विष्णुलाल घिमिरेले हाल ती हात्ती मोरङको कानेपोखरी जङ्गलमा आश्रय लिएर बसेको बताए । उनका अनुसार चार छावासहित आएका हात्तीलाई सो क्षेत्र आसपासमा दिनहुँ देखिने गरेका छन् । मोरङको कानेपोखरी जङ्गल आसपासका बस्ती र खेतमा मकैलगायत हात्तीलाई मन पर्ने खाद्यान्न प्रशस्त पाइने गरेका कारण तिनीहरु भारततिर नफर्किएको अनुमान गरिएको छ । सडक छेउछाउ र बजारमा पोलेर बिक्रीका लागि सो क्षेत्रमा बेमौसमी मकैको खेती हुने गरेको छ ।
बेलबारी नगरपालिका–८ र १० का स्थानीय किसानले ठूलो क्षेत्रफलमा मकै खेती लगाएका छन् । “मकै हात्तीले असाध्यै मन पराउँछ”, डिभिजन वन कार्यालय मोरङका प्रमुख घिमिरेले भने, “मोरङको अन्य पालिकाभन्दा यहाँ मकै खेती प्रशस्त हुने गरेको छ, हात्तीले प्रशस्त आहार पाएका कारण यतै बसेका हुन् कि भन्ने अनुमान छ ।” उनले बिहान–बेलुका हिँड्डुल गर्दा र जङ्गल प्रवेशमा सतर्कता अपनाउन तीन जिल्लाकै बासिन्दालाई आग्रह गरेको छन् । वन कार्यालय, प्रहरी र स्थानीय बासिन्दाले हात्ती धपाउन प्रयास गरे पनि सम्भव भएको छैन ।
गत वर्ष बाहुनडाँगी हुँदै नेपाल प्रवेश गरेका ३२ हात्तीमध्ये १२ वटा मात्रै भारत फर्किएको हात्तीको गणना र अध्ययनसमेत गर्दै आएका अभियानकर्मी लुइँटेलले बताए । भारत नफर्किएका २० हात्ती झापा र मोरङकै जङ्गलमा छारिएर रहेको उनको भनाइ छ । उनले हाल तीन जिल्लामा ६० देखि ६५ हात्ती जङ्गलभित्र रहेको दाबी गरे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ३ गते, २०८२ - १७:१२
काठमाडौँ । लीमा अधिकारीले नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा) को सञ्चालक समिति सदस्य पदबाट राजीनामा दिएकी छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ...
चैत्र ३ गते, २०८२ - १६:५७
काठमाडौँ। चालु आर्थिक वर्ष २०८२ र ८३ को सुरुमा कुल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब चार करोड रहेकोमा फागुन मसान्तसम्ममा २८ खर्ब ७८ अर्ब २९ करोड पुगेको छ ।...
चैत्र ३ गते, २०८२ - १६:४७
सल्यान। सल्यानको प्रमुख व्यापारिक केन्द्र श्रीनगर क्षेत्रमा अब जथाभावी र अव्यवस्थित पार्किङ गर्ने सवारीसाधनलाई दुई हजार ५०० रुपियाँसम्म जरिवाना गरिने ...
चैत्र ३ गते, २०८२ - १६:४०
काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ ।आज नेप्से परिसूचक १३ दशमलव ५१ अङ्कले बढेर दुई हजार ८१२ दशमलव ३४ विन्द...
चैत्र ३ गते, २०८२ - १६:३३
ताप्लेजुङ। ताप्लेजुङमा हावाहुरीले डेढ दर्जन बढी निजी घर तथा सार्वजनिक संरचनामा क्षति गर्दा लाखौं मूल्य बराबरको नोक्सानी भएको छ । प्रहरीका अनुसार आइ...
चैत्र ३ गते, २०८२ - १६:२४
बागलुङ। प्रभावित ढोरपाटनका बिरामीमध्ये ६७ जना घर फर्केका छन् भने २० जनाको ‘आइसोलेसन’मा उपचार भइरहेको छ । फागुनको पहिलो सातादेखि ढोरपाटनमा फैलिएको द...
चैत्र ३ गते, २०८२ - १६:०१
काठमाडौँ । मोरङको मनमोहन टेक्निकल इन्स्टिच्युटमा चिनियाँ राष्ट्रपति सी जिनपिङद्वारा लिखित ‘द गभर्नेन्स अफ चाइना’ पुस्तक जलाइएको घटनाप्रति चीनले चासो द...
चैत्र ३ गते, २०८२ - १५:३४
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुकुम (पश्चिम) स्थित चौरजहारी नगरपालिकाका नगर प्रमुख पुष्प वादी र सोही नगरपालिकाका असिस्टेन्ट सब–इन्जिनिय...
चैत्र ३ गते, २०८२ - १५:०४
काठमाडौँ । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूको पद तथा गोपनीयताको शपथ ग्रहण र प्रारम्भिक बैठकहरू सिंहदरबारभित्र पुतली बगैँचामा बन्न लागेको नयाँ संसद...
चैत्र ३ गते, २०८२ - १४:२९
घोराही । दाङको लमही नगरपालिकाले घरदैलोमै नागरिकलाई जन्म र मृत्यु दर्ताको प्रमाणपत्र वितरण गर्न सुरु गरेको छ । ‘लमही नगर निर्माण महाअभियान’ अन्तर्गत...


प्रतिकृया लेख्नुहोस्: