धनुषा । विवाहपञ्चमीको अवसरमा रङ्गभूमि मैदानमा ११ हजार स्क्यावर फिटभन्दा ठुलो सीतारामको आकृति तयार गरिएको छ ।
जनकपुरधामस्थित रङ्गभूमि मैदानमा सीताराम आकृति तयार भएपछि यसको दर्शनका लागि पनि निमन्त्रणा आयोजक टोलीले दिएको छ । जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोजकुमार साहले सीतारामको आकृतिमा प्रयोग गरिएको अन्नलाई सदुपयोग गरिने बताए।
नगरप्रमुख साहले एक सय दुई क्विन्टल अन्नको प्रयोग गरिएको चिन्ता व्याप्तरुपमा उठिरहेको भन्दै यस अन्नको सदुपयोग गर्नका लागि लागिपरेको बताए । उनले भने, “धार्मिकस्थलका रुपमा रहेको जनकपुरधाम सीता माताको गृहनगर रहेकाले हामीले विभिन्न सङ्घसंस्था तथा विभिन्न व्यक्तिहरुको सहयोग र समयोजन तथा समर्थन पाएपछि सीतारामको आकृति बनाउन अभिप्रेरित भएका हौँ, अन्नलाई कसरी प्रयोग गर्ने भन्नेमा हामी लागिपरेका छौँ ।” सो विषयमा नकारात्मक टीकाटिप्पणीभन्दा पनि अहिले सकारात्मक कामका लागि सबैसँग सहयोग माग्दै सफल पार्नका लागि उनले आग्रह गरे।
जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष जितेन्द्र महासेठले भने, “यो प्रतिमा विश्व सम्पदाको सूचीमा ल्याउनका लागि पनि हामीले पहलकदमी लिइरहेको छौँ ।” उनले सीतारामको प्रतिमा करिब एक सातासम्म रहने भएकाले यसको सुरक्षा घेरामा नगर प्रहरी र नेपाल प्रहरीले पनि सुरक्षा प्रबन्धको व्यवस्थामा सहयोग गर्ने बताए । उहाँले सीतारामको प्रतिमा बनाउनका लागि संयुक्त खाता खोलेर नगरवासी तथा सहयोगी दाताहरुबाट रकम सङ्कलन गरी काम गरेको पनि बताए । नगरप्रमुख साहले सीतारामको आकृति बनाउने शतिश गुज्जर र गुनगुन मिश्रालाई विशेष धन्यवाद पनि दिए।
जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष जितेन्द्र महासेठले सीतारामको आकृति तयार भइसकेकाले आजदेखि नगरवासी, श्रद्धालु भक्तजनलगायत सबैमा दर्शनका लागि अपिलसँगै निमन्त्रणा दिए। महासेठले ८० प्रतिशत अन्नको बर्बादी हुन नदिने योजना रहेको बताए। उनले बर्बाद हुनबाट बचेको अन्नलाई जोगाएर विभिन्न आश्रममा सहयोगसँगै वितरण गर्ने योजना रहेको पनि बताए । उनले सीतारामको आकृति बनाउने योजना डेढ महिनाअघिको रहेकाले यसलाई पूर्णता दिनका लागि हामीले पनि पहलकदमी लिएको बताए।
महासेठले यस सीतारामको आकृति बनाउनका लागि स्थानीय व्यापारी तथा व्यवसायीसमेतको भरपुर सहयोग रहेको बताए । निर्देशक तथा कलाकार गुज्जरले ११ हजार ११ स्क्वायर फिटमा सीतारामको आकृति बनाउनका लागि पाँच दिन लागेको बताए ।
यसअघि भारतको उत्तर प्रदेशस्थित अयोध्यामा सीतारामको आकृति १० हजार आठ सय स्क्वायर फिट बनाएर विश्व रेकर्ड बनाइएको थियो । जनकपुरधाममा निर्माण गरिएको यस आकृतिले भारतको रेकर्डलाई तोड्दै नयाँ रेकर्ड कायम गरेको गुज्जरले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ११ गते, २०८२ - १२:५१
काठमाडौं। सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेकपा (एमाले) का अध्यक्ष तथा नि:वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसँग भे...
पौष ११ गते, २०८२ - १२:३७
काठमाडौं । नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा आज मन्त्रीका रूपमा सरकारमा सहभागी हुँदैछन्। राष्ट्रपति कार्यालयका अनुसार उनलाई आज दिउँसो २ बजे शपथ गर...
पौष ११ गते, २०८२ - १२:२१
काठमाडौँ । पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढीरहेको छ । आज पनि दुवै धातुको मूल्यमा बढोत्तरी भएको छ। आज छापावाल सुनको मू...
पौष ११ गते, २०८२ - ११:१६
काठमाडौँ । वैकल्पिक राजनीतिक शक्तिहरूबीच मोर्चाबन्दीको तयारी भइरहेका बेला ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ, काठमाडौँ महानगरपालिकाका मेयर ...
पौष ११ गते, २०८२ - ११:१२
काठमाडौँ। वर्तमान सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशील छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको वातावरण बनाउने सन्दर्भमा सरकारले प्रम...
पौष ११ गते, २०८२ - ११:०६
काठमाडौँ । प्रधानमन्त्री सुशिला कार्की र प्रमुख तीन दलका शीर्ष नेताबीच शनिबार निर्वाचनबारे छलफल हुने भएको छ। यसअघि राष्ट्रपति रामचन्द्र पौडेलको अगुवाइ...
पौष १० गते, २०८२ - १७:१९
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र जेन–जी अगुवाहरूबीच भेटवार्ता भएको छ। बिहीबार अपराह्न साढे ४ बजे उनीहरूबीच छलफल सुरु भए...
पौष १० गते, २०८२ - १७:०५
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन), ऊर्जामन्त्री कुलमान घिसिङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने...
पौष १० गते, २०८२ - १६:५०
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन–जी समूहबाट निरन्तर सरकार छोड्न दबाब आइरहेको गुनासो गरेकी छन्। बिहीबार बाह्रखरी कथा प्रतियोग...
पौष १० गते, २०८२ - १६:३६
काठमाडौं । काठमाडौंका मेयर बालेन शाह र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ। आज अपराह्न, भट्टराई ललितपुरस्थित छलफल स्थलमा अपराह्न...




प्रतिकृया लेख्नुहोस्: