इलाम । इलामको किटेनीमा बन्दकर्ताद्धारा पराल बोकेको पिकअपमा आगजनी गरेका छन् । बन्दकर्ताले शनिबार साझ इलामको रोङ गाउँपालिका ४ किटेनीमा पराल बोकेको पिकअपमा आगजनी गरेका हुन् ।
झापाबाट पराल लिएर इलामको तारगाउँ आउदै गरेको मे १ ज ११४० नम्बरको पिकअपलाई बन्दमा चलाएको भन्दै बन्दकर्ताले रोकेर आगजनी गरेका प्रत्यक्षदर्शीले बताए । बन्दकर्ताले चालकलाई ओराली पिकअपमा आगो लगाएको स्थानीयले बताएका छन् । बन्दकर्ताले आगो लगाउदा पिकअप जलेर काम नदिने भएको छ ।
मेची राजमार्गमा बन्दकर्ताले दिन भर बिभिन्न ठाउँमा यातयात अवरुद्ध गरेका थिए । बन्दको समयमा मेची राजमार्गमा कुनै सुरक्षाको ब्यवस्था नभएको यातायत ब्यवसायीले जनाएका छन । आन्दोलनको क्रममा पक्राउ परेका नेता तथा कार्यकर्ताको रिहाइको माग गर्दै पहिचानवादी मोर्चाले शनिबार र आइतबार दुईदिन आह्वान गरेको कोशी प्रदेश बन्दको प्रदेशभर आंशिक प्रभाव देखिएको छ ।
प्रहरीले हाल सम्म विभिन्न ठाउँबाट यातायात बन्द गराउँदै हिँडेका नौ जना पहिचानवादी आन्दोलनकारीलाई पक्राउ गरेको छ । राष्ट्रीय जनमुक्ती पार्टी (सुनसरी सचिव) संघर्ष समिति सचिवालय सदस्य सिवहाङ राई, जसपा धरान १५ का अध्यक्ष हरि राई, जसपा युवा संघ सुनसरी अध्यक्ष करूण राई, जसपा धरान सह–सचिव सुमन चेम्जोङ लिम्बू र किरात राई यायोख्खा सुनसरी सह–सचिव शम्भु राई धरानबाट पक्राउ परेका हुन् ।
यसैगरी झापाको कमल गाउँपालिका–३ केर्खामा यातायात बन्द गर्न खोज्ने संघीय लोकतान्त्रीक मञ्च नेपालमा आबद्ध ईलाम चुलाचुलीका ध्रुव लावती, सिवसताक्षी नगरपालिका–७ का लिम्बुवान कार्यकर्ता उदयशिगु लिम्बू, नेपाल तामाङ घेदुङ संघ प्रदेश सदस्य जस कुमार तामाङ र संघीय लिम्बुवान चुलाचुली अध्यक्ष नरेन्द्र लिम्बु झापाबाट पक्राउ परेका हुन् ।
नेकपा एमालेको संकल्प यात्रा बिथोल्न खोजेको आरोपमा पक्राउ परेका कार्यकर्ता रिहाइको माग गर्दै पहिचानवादी आन्दोलनकारीले आह्वान गरेको बन्दले प्रदेशको पहाडी क्षेत्रको जनजीवन प्रभावित भएको छ । प्रहरीले भने बन्दको प्रभाव आंशिक मात्रै रहेको जनाएको छ ।
कोशी प्रदेशका प्रहरी प्रमुख डिआइजी राजेशनाथ बास्तोलाका अनुसार बन्दको प्रभाव आंशिक छ । यातायातका साधनहरु केहि कम भएपनि सबैतिर चलेको उनले बताए ।
पक्राउ परेका आफ्ना ३५ जना नेता, कार्यकर्ताहरुको रिहाईको माग गर्दै प्रदेश १ पुनः नामाकंन संयुक्त संघर्ष समितिले शनिबार र आइतबार प्रदेशभर यातायात बन्दको घोषणा गरेको छ । बन्दका कारण पहाडी जिल्लाहरुमा यातायातका साधन चल्न नसकेको बताइएको छ ।
धरानको भानुचोकस्थित बसपार्क क्षेत्रबाट पहाडी जिल्लामा जाने लामो दुरीको सवारी साधनहरु चलेनन् । बन्दकर्ताहरु भानुचोक क्षेत्रमा केन्द्रीत भएर मुख्य चोक ठप्प बनाएका थिए । साना तथा निजी सवारीहरु भने निर्वाध चलेका छन् । पूर्व पश्चिम राजमार्गमा सवारी साधन अरुबेला भन्दा केही पातलो चलेका थिए ।
मंसिर २६ मा कोशी प्रदेश प्रवेश गर्ने एमालेको यात्रा रोक्न सोही दिन पक्राउ परेका पूर्वमन्त्री गोपाल किराँती, झापाका पाण्डवलाल चौधरीसहितका ३५ जनाको विनाशर्त रिहाइको माग गरेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...
पौष ७ गते, २०८२ - १०:०८
रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...
पौष ७ गते, २०८२ - १०:०२
काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...
पौष ६ गते, २०८२ - ११:५७
ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...
पौष ६ गते, २०८२ - ११:४७
धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...
पौष ६ गते, २०८२ - ११:४२
ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पा...
पौष ६ गते, २०८२ - ११:३९
छोराको पीडामा बाँधिएकी आमाको कथा
पौष ६ गते, २०८२ - ११:३४
चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...




प्रतिकृया लेख्नुहोस्: