जनकपुरधाम । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादवले समयमै चुरे क्षेत्रको संरक्षण नभए तराई मधेसको जनजीवन सङ्कटमा पर्ने बताएका छन् ।
जनकपुरधाममा जारी राजेश्वर नेपाली टि–२० क्रिकेट प्रतियोगिताअन्तर्गत राष्ट्रपति चुरे संरक्षण अभियान सफल बनाउन दबाब दिने उद्देश्यले आज भएको जनप्रतिनिधि र पत्रकारबीचको मैत्रीपूर्ण खेलका अवसरमा उनले त्यस्तो बताएका हुन् ।
प्रथम राष्ट्रपति यादवले चुरे जल भण्डारका रूपमा रहेको चुरे विनाश तराई मधेसमा भूमिगत पानीको सतह घट्न गई धेरै ठाउँका चापाकल सुक्न थालेकोतर्फ ध्यानाकर्षण गराउँदै थप विकराल अवस्था आउन नदिन सो क्षेत्रको संरक्षणमा सरकार संवेदनशील बन्न जरुरी रहेको बताए ।
“चुरे संरक्षणका लागि मैले सुरुदेखि नै चिन्ता र चासो राखिरहेको छु । म अरुलाई पनि पानीको भण्डारका रूपमा रहेको चुरे विनाशले खानेपानी र कृषि सिँचाइका लागि ठूलो समस्या सिर्जना हुँदैछ, त्यसैले सबै सचेत बनौँ भनेर आग्रह गरिरहेको छु”, प्रथम राष्ट्रपति यादवले भने, “जल, जङ्गल र जमिन रक्षा नगरेमा मानव जीवनको पनि रक्षा गर्न सकिँदैन । त्यसैले चुरेलगायत प्राकृतिक स्रोतको संरक्षणका लागि संवेदनशील बन्न म फेरि अपिल गर्न चाहन्छु ।”
त्यसैगरी उनले राजनीतिलाई पनि खेलको नियमजस्तै अनुशासित बनाउन सकेमात्रै सुसंस्कृत राजनीति र देशमा विकास हुने भन्दै अब युवापुस्ताले त्यसका लागि प्रयत्न गर्न सक्नुपर्ने धारणा राखे ।
यसअघि राजनीतिक दल तथा पत्रकारबीच भएको ‘सुपर सिक्स’ मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा टस जितेर ब्याटिङ गरेको पत्रकारको टोलीले निर्धारित ओभरमा ८५ रन बनाएको थियो । प्रतिउत्तरमा जनप्रतिनिधिको टोली निर्धारित ओभरमा तीन विकेटको क्षतिमा २२ रन मात्र बनाएर ६३ रनले पराजित भएको थियो ।
मैत्रीपूर्ण खेलमा विजयी पत्रकार टोलीलाई प्रदेशसभा सदस्य दीपेन्द्र ठाकुर र जनकपुरधाम उपमहानगरपालिका प्रमुख मनोजकुमार साहले ११ हजार नगदसहित विजयी खेलाडीलाई उपहार प्रदान गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ७ गते, २०८२ - ०९:३४
काठमाडौं । स्थानहद फुकुवापछि पहिलोपटक सोमबार झापा आउँदै गर्दा एमाले अध्यक्ष केपी शर्मा ओलीको पहिलो टिप्पणी सुरक्षा विषयमै केन्द्रित थियो । यति एयरल...
माघ ७ गते, २०८२ - ०९:२१
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनका लागि धमाधम टिकट बाँडिरहेका छन्। निर्वाचनका लागि मंगलबार...
माघ ७ गते, २०८२ - ०९:१४
काठमाडौं । नेकपा एमालेले रूपन्देही र पाल्पाका केही उम्मेदवार फेरबदल गरेको छ। यसअघि निर्णय भएका उम्मेदवारहरूको नाम परिवर्तन गरेर नयाँ उम्मेदवारहरूला...
माघ ७ गते, २०८२ - ०९:०७
रुपन्देही । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सभापति गगन थापाको प्रशंसा गर्दै सबै नेता एउटै चुनाव चिन्हमा जानु कांग्रेसको ठूलो उपलब्धि भएको बताए...
माघ ७ गते, २०८२ - ०८:२९
काठमाडौं । नेपाली कांग्रेसले डडेल्धुरामा नैनसिंह महरलाई उम्मेदवार बनाएको छ। पूर्वसभापति शेरबहादुर देउवाको निर्वाचन क्षेत्रमा महर टिकट दिएको हो। म...
माघ ७ गते, २०८२ - ०८:२३
काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले १ उम्मेदवारको टुंगो लगाएको छ। राप्रपाले १६० निर्वाचन क्षेत्रका लागि उम्मेदवार चयन गरेको हो। उम्...
माघ ७ गते, २०८२ - ०८:१३
काठमाडौं । गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा समूहले सर्वोच्चमा दायर गरेक...
माघ ७ गते, २०८२ - ०८:०७
काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले जलेका सपनाहरूलाई फेरि जागृत गर्दै नयाँ पुस्ताको सुन्दर भविष्य साकार बनाउँने बताएका छन्। प्रतिनिधि सभाको उम्मेद...
माघ ७ गते, २०८२ - ०७:५०
काठमाडौं । सञ्चारकर्मी ऋषि धमला प्रभु साह नेतृत्वको आम जनता पार्टीबाट चुनाव लड्ने भएका छन्। रौतहट–४ बाट चुनाव लड्न लागेको उनकी पत्नी एजिला गौतमले ...
माघ ७ गते, २०८२ - ०७:४२
मध्यविन्दु । यस वर्षको जलपक्षी गणनाका क्रममा नारायणी नदी क्षेत्रमा ४२ प्रजातिका चरा भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टरका पक्षी गणना स...




प्रतिकृया लेख्नुहोस्: