काठमाडौं । बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा जिल्ला अदालत काठमाडौंले अन्तिम सुनुवाइ सुरु गरेको छ। न्यायाधीश तेजबहादुर खड्काको इजलासमा बुधबारदेखि निरन्तर सुनुवाइ भइरहेको छ।
सुनुवाइका क्रममा जाहेरवालाका कानुन व्यवसायी र सरकारी वकिलहरूले बहस गरेका छन्। जाहेरवालाका पक्षले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रामबहादुर थापा, पूर्वमन्त्री डा. आरजु राणा तथा हालका अख्तियार प्रमुख प्रेमकुमार राईलगायतमाथि पनि अनुसन्धान हुनुपर्ने माग गरेका छन्।
तीन वर्षअघि सार्वजनिक भएको उक्त प्रकरणमा नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा करोडौँ रुपैयाँ ठगी गरिएको आरोप छ। यस मुद्दामा पूर्वमन्त्री टोपबहादुर रायमाझी, बालकृष्ण खाण, पूर्वगृहसचिव टेकनारायण पाण्डेलगायत ३० भन्दा बढी व्यक्तिविरुद्ध राज्यविरुद्धको कसुर, ठगी, संगठित अपराध र किर्ते कागजातसम्बन्धी मुद्दा दायर गरिएको थियो।
हाल पूर्वगृहमन्त्री बालकृष्ण खाण धरौटीमा रिहा भए पनि अधिकांश मुख्य आरोपित थुनामै रहेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १७ गते, २०८३ - २१:२६
खोटाङ । लेनदेनको विवादमा ७३ वर्षीया वृद्धालाई भरुवा बन्दुक देखाएर धम्क्याएको आरोपमा खोटाङ प्रहरीले दुई युवालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्या...
आषाढ़ १७ गते, २०८३ - २१:२४
काठमाडौं । चार दशकअघि नेपालको सीमा जोगाउन छातीमा गोली थापेका मुन्ना खान अहिले आफ्नै देशमा नागरिकताको माग गर्दै माइतीघर मण्डलामा आन्दोलन गरिरहेका छन्। ...
आषाढ़ १७ गते, २०८३ - २१:२२
काठमाडौँ । काठमाडौँ महानगरपालिका–२६, ठमेल क्षेत्रमा सार्वजनिक स्थानमा बाटो हिँड्ने स्वदेशी तथा विदेशी पर्यटक र सर्वसाधारण पुरुषलाई मङ्गलबार अनावश्यक र...
आषाढ़ १७ गते, २०८३ - २१:१७
कैलाली । कैलालीमा विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी एक बालिका खोलामा मृत फेला परेकी छिन् । लम्कीचुहा नगरपालिका–४ अम्मरपुरकी ६ वर्षीया...
आषाढ़ १७ गते, २०८३ - २१:१३
काठमाडौं । ३० वर्षपछि महिलाको शरीरमा हार्मोन, मेटाबोलिज्म र समग्र स्वास्थ्यमा प्राकृतिक परिवर्तन हुन थाल्छ। यही कारण पर्याप्त पानी पिउनु स्वस्थ जीवनशै...
आषाढ़ १७ गते, २०८३ - २०:५५
काठमाडौं । इरान र अमेरिकाबीच युद्धविरामपछि देखिएका बाँकी विवाद समाधान गर्न कतारमा अप्रत्यक्ष वार्ता हुने भएको छ। कतारको राजधानी दोहामा हुने वार्तामा द...
आषाढ़ १७ गते, २०८३ - २०:४६
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशन सम्पन्न भएसँगै मन्त्रिमण्डल पुनर्गठनको चर्चा राजनीतिक वृत्तमा चुलिएको छ। पा...
आषाढ़ १७ गते, २०८३ - २०:४१
काठमाडौँ । सरकारी कामकाजका आधिकारिक कागजात मोबाइल एप प्रयोग गरी ‘स्क्यान’ नगर्न निर्देशन दिइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज पर...
आषाढ़ १७ गते, २०८३ - २०:३९
काठमाडौं । लक्षित वर्ग निःशुल्क उपचार पोर्टल (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०८३ को यथार्थ अवस्था अनुगमन गरी कार्यान्वयन नगर्ने निकायलाई कानुन बम...
आषाढ़ १७ गते, २०८३ - २०:२९
गोरखा। छेकम गाउँमा गहुँ, फापर, आलु भित्र्याउने चटारोदेखि घर बनाउने, काठ बोक्न वा ढुङ्गा फुटाउन गाउँलेहरूले सम्झने एउटै नाम हो, ‘बन्दिपुर’। ‘ओइ बन्दी, ...



प्रतिकृया लेख्नुहोस्: