Khabar Dabali २८ फाल्गुन २०८२ बिहीबार | 12th March, 2026 Thu
Investment bank

रुसी सेनामा नेपाली युवाकोे लर्को, पुटिनको कार्यालय भन्छ- विदेशी नागरिकले सेवा गर्न पाउँदैनन्

खबरडबली संवाददाता

काठमाडौं । नेपाल सरकारले रुसी सेनामा भर्ना भएका आफ्ना नागरिकहरूलाई तत्काल फर्काउन माग गरिरहँदा राष्ट्रपति भ्लादिमिर पुटिनको कार्यालयले नेपालीहरू त्यहाँको सेनामा कार्यरत रहेको र हताहत भएको भन्नेबारे ‘कुनै जानकारी’ आफूसँग नभएको जनाएको छ।

रुसी राष्ट्रपतिको प्रेस तथा सूचना कार्यालयले बीबीसी नेपालीले सोधेको प्रश्नमा जबाफ दिँदै त्यसो भनेको हो। केही दिनअघि मात्रै नेपालका प्रधानमन्त्रीले झन्डै २०० जना भन्दा बढी नेपाली रुसी सेनामा कार्यरत रहेको हुनसक्ने बताएका थिए।

प्रधानमन्त्री पुष्पकमल दाहालले केही नेपालीहरू युक्रेनी सेनामा कार्यरत रहेको पनि सूचना प्राप्त भएको बताएका थिए। नेपालको परराष्ट्र मन्त्रालयले रुसी सेनामा कार्यरत रहँदा ६ जना नेपालीको निधन भएको भन्दै तीनको शव यथाशीघ्र नेपाल पठाउन र पीडितका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन रुस सरकारसँग माग गरेको थियो।

प्रतिक्रिया के छ?

नेपालको परराष्ट्र मन्त्रालयले क्रेम्लिनलाई एउटा कूटनीतिक नोट पठाउँदै परम्परागत रूपमा सम्झौता भएका देशहरूबाहेक अन्य देशहरूका सेनामा नेपाली नागरिकहरूलाई भर्ना हुन अनुमति दिने नीति नेपाल सरकारको नरहेको उल्लेख गरेको थियो।

उक्त कूटनीतिक नोटमा नेपाली नागरिकहरूलाई रुसी सेनामा भर्ना नगर्न र कुनै पनि नेपाली नागरिकलाई भर्ना गरेको भए तत्काल नेपाल फर्काउन रुस सरकारसँग माग गरिएको छ।

नेपाल सरकारले आपत्ति जनाएका बुँदा र माग गरेका क्षतिपूर्तिसहितका विषयमा रुसको प्रतिक्रिया लिने प्रयास गरेको थियो। इमेलमार्फत पठाइएका प्रश्नको जवाफ दिँदै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको कार्यालयले भनेको छ, “यो विषयबारे हामीलाई कुनै पनि जानकारी छैन। विदेशीहरू रुसी सेनामा सेवा गर्न पाउँदैनन्।”

बीबीसी न्यूज नेपालीले सोही प्रकृतिका प्रश्नहरू काठमाण्डूस्थित रुसी राजदूतावासलाई पठाएको भए तापनि तीनको जवाफ भने आएको थिएन।

'रुसी सेनाले नै स्वीकार गरेको हो'

नेपाली नागरिकहरू आफ्नो सेनामा रहेको विषय रुसको सेनाले नै स्वीकार गरेको नेपाली अधिकारीहरू बताउँछन्।

डेढ साताअघि नेपालको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्ति रुस युक्रेनबीचको लडाइँका क्रममा रुसको पक्षबाट लड्दा ज्यान गुमाएका ६ जना नेपालीको नाम र ठेगाना समेत उल्लेख गरिएको थियो।

मस्कोस्थित नेपाली राजदूत मिलनराज तुलाधरले नेपालीहरू “त्यहाँ गएको र उनीहरूको मृत्यु भएको” भन्ने खबर आफूहरूले पाएको बताउँछन्।

“रुसको सेनाबाट नै त्यो जानकारी पाएका हौँ। त्यही भएर छैन भन्न मिल्दैन। बाँकी सूचना चाहिँ हामीले लिन खोजिरहेका छौँ,” उनी भन्छन्, “स्वेच्छाले हामी रुसी सेनामा भर्ना हुन्छौँ भनेर उनीहरू यहाँ आएका हुन्।”

रुसी सेनामा हाल कति नेपाली कार्यरत छन् भन्ने सङ्ख्या थाह नभएको राजदूत तुलाधरले बताए। नेपालले पठाएको भनिएको कूटनीतिक नोटको क्रेम्लिनबाट कुनै जवाफ नपाइसकेको अधिकारीहरू बताउँछन्।

ज्यान गुमाएका भनिएका ६ नेपालीहरूको शव फिर्ता ल्याउने प्रयास गरे पनि खासै प्रगति नभएको सङ्केत राजदूत तुलाधरले गरे। परराष्ट्र मन्त्रालयले रुसी सेनामा भर्ना भई हाल युक्रेनमा बन्दी रहेका नेपाली नागरिक विवेक खत्रीको रिहाइका लागि पनि पहल भइरहेको जनाएको थियो।

प्रधानमन्त्री कार्यालय के भन्छ?

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले भने, “रुसी सेनाको तर्फबाट नेपाली दूतावासलाई नै सम्बोधन गरेर केही मारिए भनेर चिठ्ठी आयो। त्यसपछि नेपालले त्यहाँ कति छन् सबैलाई फिर्ता पठाउनु भनेर कूटनीतिक नोट पठाएको हो।”

उनले अहिले अध्ययन वा भ्रमण भिसामा गएका व्यक्तिहरू पनि रुसी सेनामा भर्ना भएको सूचना आएको उल्लेख गर्दै त्यसलाई कडा गर्ने नीति सरकारले लिएको जनाए।

“केही मारिएकै व्यक्तिहरू...भ्रमण वा अन्य काममा गएका थिए। नेपाल सरकार र रुसबीच छात्रवृत्तिको कोटा भनेर जुन सम्झौता भएको छ, त्यो बाहेक सबै किसिमका भ्रमण भिसाहरू रोक्ने कुरा भएको छ,” आचार्यले थपे।

“किनभने ६ जनाको निधन भइसक्यो र अरू पनि सेनामा छन् भन्ने कुरा आयो। यो गम्भीर विषय हो। अहिले विमानस्थलबाटै रोक्ने भन्ने छ।”

यसअघि नेपाल प्रहरीले घुमाउरो बाटोबाट नेपालीहरूलाई रुस पठाउन सक्रिय रहेको गिरोहमाथि निगरानी बढाइएको जनाएको थियो।

प्रहरीले रुसी सेनामा भर्तीका लागि नेपालीहरूलाई अवैध बाटोबाट मस्को पुर्‍याउने कार्यमा संलग्न भएको आरोपमा शैक्षिक परामर्श दिने कतिपय 'कन्सल्टेन्सी' को कार्यालयका सञ्चालकसहित १२ जना पक्राउ गरिएको अघिल्लो साता जनाएको थियो। गएको जुनमा नै नेपाली युवाहरू रुसी सेनामा भर्ना भइरहेका विवरणहरू प्रकाशित भएका थिए।

त्यसबेला सरकारले रुसी सेनामा नेपालीहरू भर्ना हुन नीतिगत रूपमा नमिल्ने भन्दै त्यसबारे आफूलाई थाहा नभएको प्रतिक्रिया दिएको थियो।

एउटा त्रिपक्षीय सम्झौता अनुसार भारत र ब्रिटेनको सेनामा भर्ना हुने गरेका नेपाली गोर्खाहरू साहसिक युद्धकलाका लागि विश्वभर प्रख्यात मानिन्छन्।

भारतीय सेनाले ल्याएको अग्निवीर नामक नयाँ सैनिक अभियान अन्तर्गत नेपाली युवाहरूको भारतीय गोर्खा रेजिमेन्टहरूमा भर्ना रोकिएका भन्ने विवरणहरू माझ उनीहरू मस्कोको सेनामा भर्ती भएका विवरणहरू आएका हुन्।

रुसी राष्ट्रपति कार्यालयले राखेका धारणाले ज्यान गुमाएका नेपालीहरूको शव स्वदेश ल्याउन र रुसी सेनामा आबद्ध भएका भनिएका नेपालीलाई घर फर्काउन सरकारले व्योहोर्नुपर्ने चुनौतीको दायरालाई सङ्केत गर्ने कतिपयले ठानेका छन्। बीबीसी 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पोखरा रङ्गशालामा ‘फ्लड लाइट’ अभाव

गण्डकी । पोखरा रङ्गशालामा गत माघ २७ देखि फागुन ९ गतेसम्म सञ्चालित २५औँ संस्करणको आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता रात्रिकालीन समयमा खेलाउने ...

मस्र्याङ्दी जलविद्युत्को मर्मतसम्भारपछि विद्युत् उत्पादन पुनः सुरु

तनहुँ । आँबुखैरेनी गाउँपालिका–४ स्थित ६९ मेगावाट क्षमताको मस्र्याङ्दी जलविद्युत् केन्द्रको मर्मतसम्भार कार्य सम्पन्न गरी पुनः विद्युत् उत्पादन कार्य स...

रवि लामिछाने र बालेन शाहलाई पाकिस्तानका प्रधानमन्त्रीको बधाई

काठमाडौँ । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहलसहित उक्त पार्टीलाई हा...

लागुऔषधसहित तेह्र जना पक्राउ

काठमाडौँ । देशका विभिन्न भागमा प्रहरीले गरेको नियमित गस्तीका क्रममा लागुऔषधसहित १३ जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरीकक्षका अनुसार काठमाडौँ, झ...

कस्तो होला रास्वपा सरकारको विदेश नीति ?

काठमाडौं । चुनावमा सानदार सफलता पाएको राष्ट्रिय स्वतन्त्र पार्टीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बाल...

काठमाडौंको वायु प्रदूषण अस्वस्थकर स्तरमा, विश्वका प्रदूषित सहरमध्ये चौथो स्थानमा

काठमाडौं । काठमाडौँ उपत्यकाको वायु प्रदूषण आज पनि अस्वस्थकर स्तरमा पुगेको छ। बिहीबार बिहान ७:२० बजे गरिएको मापनअनुसार उपत्यकाको एयर क्वालिटी इन्डेक्स ...

तेल संकटका कारण पाकिस्तानमा विद्यालय बन्द, पेट्रोलको मूल्य एकैपटक ५५ रुपैयाँले बढ्यो

काठमाडौं । इरानमाथि संयुक्त राज्य अमेरिका–इजरायलले आक्रमण गरेपछि सुरु भएको द्वन्द्वबाट सम्पूर्ण मध्यपूर्व प्रभावित हँुदा तेल र ग्यास आपूर्तिमा अवरोध आ...

मध्यपूर्व संकटका कारण देखिएको इन्धनको सम्भाव्य मूल्यवृद्धिसँग जुझ्ने सरकारको योजना कस्तो छ ?

काठमाडौं । सरकारले मध्यपूर्वमा झन्डै डेढ सातादेखि जारी तनावका कारण नेपालमा मूल्यवृद्धि हुन सक्ने भन्दै खाना पकाउने ग्यासलगायतको कालोबजारी रोक्न अनुगमन...

कम्युनिस्ट सक्किएको त छैन, नसच्याए अर्को पल्ट सकिन्छ : गोकुल बास्कोटा

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले नेपाली कम्युनिष्ट आन्दोलन र तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को उदय र पतनबारे ...

आरनको भरमा लुहार दम्पतीको जीविका

कञ्चनपुर । बझाङको बुँगलबाट डेढ वर्षअघि कञ्चनपुर झरेका ५६ वर्षीय शङ्कर लुहार परम्परागत आरन पेसाको भरमा परिवारको जीविका चलाउँदै आएका छन् । शुक्लाफाँटा न...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE