चितवन । जलयात्रा पर्यटन व्यवसायीले त्रिशूली नदीमा ‘हाइड्रोपावर’ निर्माणले जलयात्रा पर्यटनमा असर पुग्न लागेकामा चिन्ता व्यक्त गरेका छन् । गोरखाको गण्डकी गाउँपालिका–१ बुट्टार र चितवनको इच्छाकामना–३ चुमखोलास्थित निर्माणाधीन एक सय मेगावाटको सुपर त्रिशूली हाइड्रोपावर आयोजनाले जलयात्रा पर्यटन सङ्कटमा पर्ने जनाउँदै चिन्ता व्यक्त गरेका हुन् ।
त्रिशूली बचाउ अभियानका संयोजक मेघ आलेले विश्वभरका साहसिक जलयात्र पर्यटकको पहिलो रोजाइमा पर्ने गरेको त्रिशूली नदी र्याफ्टिङ लागि उत्कृष्ट केन्द्र रहेको यस क्षेत्रमा हाइड्रोपावर निर्माणले र्याफ्टिङ व्यवसाय सङ्कटमा पर्ने जानकारी दिए। जलयात्रा व्यवसायी तथा श्रमिकले त्रिशूली नदीलाई साहसिक जलयात्राको मातृ नदीको रूपमा पुज्ने गरेको उनको भनाइ छ ।
संयोजक आलेले भने, “त्रिशूली नदी विश्वभरका साहसिक जलयात्रा पर्यटकको पहिलो रोजाइमा पर्ने गरेको छ, जलयात्रा व्यवसायी र श्रमिकहरूले त्रिशूली नदीलाई साहसिक जलयात्राको मातृ नदीको रूपमा पुज्ने गरेका छन् ।” तीन हजारभन्दा धेरै श्रमिकको रोजगारी गुम्ने खतरा रहेको उनको भनाइ छ ।
त्रिशूली बचाउ अभियानले शनिबार चितवनको इच्छाकामना–३ फिस्लिङबाट गोरखाको गण्डकी–१ बुट्टटारस्थित हाइड्रो पावरको ड्यामसम्म र्याफ्टिङ र राजमार्गमा र्यालीसमेत निकालेको थियो । वातावरणिय प्रभाव मूल्याङ्कनले समेत सो क्षेत्रमा हाइड्रोपावर निर्माण गर्दा वातावरण र पर्यटकीय गतिविधिमा समेत असर पर्ने देखाएको भन्दै उक्त कार्य रोक्नुपर्ने पर्यटन व्यवसायीको माग छ ।
कार्यक्रममा नेपाल एशोसिएसन अफ र्याफ्टिङ एजेन्सी (नारा)का अध्यक्ष शिव अधिकारीले हाइड्रोपवार निर्माणसँगै जलयात्रा पर्यटन व्यवसायीको सम्पूर्ण लगानी डुब्ने बताए । यस त्रिशूली नदीलाई साहसिक जलयात्राको विश्वविद्यालयका रूपमा लिएको बताए । यहाँ र्याफ्टिङको तालिम लिएर विश्वरभर जुनसकै देशमा गएर पनि नेपालीहरूले काम गर्न सक्ने उनको भनाइ छ ।
नेपालमा जलविद्युत् निर्माणका लागि सम्भाव्य अन्य नदीनाला भए पनि जलयात्राका लागि पर्यटकको पहिलो रोजाइमा रहेको त्रिशूली नदीको यस क्षेत्रमा हाइड्रोपवार निर्माण गर्दा हजारौँको रोजगारी गुम्ने र व्यवसायीको लगानी डुब्ने जलयात्रा पर्यटन व्यवसायीको भनाइ छ । त्रिशूली सरकारले र्याफ्टि¬ङका लागि खुला गरेका विभिन्न १६ नदीमध्येको प्रमुख गन्तव्य हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...
पौष ७ गते, २०८२ - १०:०८
रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...
पौष ७ गते, २०८२ - १०:०२
काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...
पौष ६ गते, २०८२ - ११:५७
ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...
पौष ६ गते, २०८२ - ११:४७
धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...
पौष ६ गते, २०८२ - ११:४२
ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पा...
पौष ६ गते, २०८२ - ११:३९
छोराको पीडामा बाँधिएकी आमाको कथा
पौष ६ गते, २०८२ - ११:३४
चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...




प्रतिकृया लेख्नुहोस्: