Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

एमसीसी परियोजनालाई किन दबाव परिरहेको छ ?

खबरडबली संवाददाता

काठमाडौं । अमेरिकी सहयोगको परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अन्तर्गत विद्युत् प्रसारण लाइन निर्माणका लागि पुन: बोलपत्र आह्वान गर्नुपर्ने परिस्थिति बनेसँगै त्यसले पाँच वर्षको समयसीमाभित्र उक्त पूर्वाधार परियोजनाको निर्माण सम्पन्न गरिसक्नुपर्ने समय सीमा पूरा गर्न ‘दबाव पर्नसक्ने’ अधिकारीहरूले बताएका छन्।

लामो अन्योलपछि सबै पूर्व तयारी पूरा भएको भन्दै गएको अगस्टमा एमसीसीको पाँच वर्षे दिनगन्ती सुरु भएको थियो। तर त्यसको केही सातापछि नै प्रसारण लाइन निर्माणका लागि ठेकेदार छनोटलाई लिएर गतिरोध देखा परेका विवरण आएका थिए।

नेपालको झन्डै एक तिहाइ भूगोल समेट्ने भनिएको उक्त ३१५ किलोमिटर लामो प्रसारणलाइन निर्माणका लागि इच्छा देखाएका ठेकेदारहरूले आकलन गरिएको लागत मूल्य भन्दा झन्डै ६० प्रतिशत बढी रकम माग गर्दै प्रस्तावहरू हालेका थिए।

त्यसलाई स्वीकार गर्न नसकिने अडान नेपालले राखेपछि उक्त परियोजना कार्यान्वयनको जिम्मा पाएको एमसीए नेपालले त्यसबेला प्रस्तुत गरिएका बोलपत्रहरू अस्वीकृत गरेको थियो।

पाँच वर्षभित्र एमसीसी अन्तर्गतका परियोजनाहरूको निर्माण सम्पन्न नभएको खण्डमा त्यही विन्दुबाट अमेरिकाले नेपालको इतिहासकै सर्वाधिक ठूलो अनुदान सम्झौता अन्तर्गत त्यसबेलासम्म खर्च हुन बाँकी रहने रकम निकासा रोक्ने अधिकारीहरू बताउँछन्।

अधिकारीहरू के भन्छन्?

बीबीसीलाई दिएको प्रतिक्रियामा एमसीए नेपालले भनेको छ, “बोलपत्र अस्वीकार गरिएपछि एमसीए नेपालले बजेट भन्दा बढी लागतको कारणको मुल्याङ्कन गरेको छ र त्यसमा सहभागी ठेकेदारहरूसँग सुझाव लिएको छ। यो सूचनालाई प्रसारणलाइनका प्राविधिक डिजाइन र वातावरणीय सर्तहरूको पुनरवलोकनका लागि उपयोग गरिनेछ। 

जब पुन: डिजाइनको काम पुरा हुनेछ, एमसीए-नेपालले पुनरवलोकन गरिएको ठेक्का सम्बन्धी दस्तावेजलाई प्रयोग गरी नयाँ ठेक्का लगाउनेछ।”

एमसीए नेपालले यो प्रक्रियालाई द्रुत ढङ्गले अघि बढाउनुपर्ने विषयलाई आफूले आत्मसात् गरेको जनाउँदै ठेक्काको समयसीमा द्रुत बनाउन सबै सम्भव विकल्पहरूलाई ध्यान दिइरहेको पनि उल्लेख गरेको छ।

प्राविधिक र वातावरणीय पुनरवलोकन सम्भव भएपछि मात्रै अद्यावधिक बजेट आकलन गर्न सकिने उसको भनाइ छ। एमसीसी परियोजना कार्यान्वयन गर्ने जिम्मा पाएको मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समितिले अघिल्लो साता एउटा विज्ञप्ति निकाल्दै प्रसारण लाइन निर्माण कार्य सम्बन्धी पुन बोलपत्र आह्वान गर्न काम गरिरहेको बताएको थियो।

उसले भनेको थियो, “विद्युत् प्रसारण आयोजनाको कार्यान्वयन सकेसम्म छिटो गरिहाल्नुपर्ने अत्यावश्यकताबारे एमसीए-नेपाल सजग छ र यसले पुन: बोलपत्र आह्वानसम्बन्धी जटिल प्राविधिक, सामाजिक जिम्मेवारी तथा कानुनी पक्षहरू सम्बोधन गर्नुका साथै खरिद प्रक्रियालाई तीव्रता दिनका लागि सम्पूर्ण सम्भव उपायहरू पहिल्याउनका लागि अर्थ मन्त्रालय, आफ्नो सञ्चालक समिति तथा एमसीसीसँग निकटतापूर्वक सक्रियता अपनाइरहेको छ।”

एमसीए नेपालले विद्युत् प्रसारण लाइन निर्धारित समय र बजेटमा नै आफ्नो काम सम्पन्न गर्न प्रतिबद्ध रहेको पनि उल्लेख गरेको छ। तर अर्थ मन्त्रालयका कतिपय अधिकारीहरू प्रसारण लाइन निर्माणका लागि ठेक्कापट्टामा देखिएको गतिरोधले उक्त राष्ट्रिय गौरवको आयोजनाको समयसीमालाई पनि प्रभावित पार्नसक्ने ठान्छन्।

अर्थ मन्त्रालयका प्रवक्ता सहसचिव धनिराम शर्माले बीबीसीसँग भने, “अलिकति विलम्ब देखा परिसक्यो। सबै पुनरवलोकन गरेर फेरि ठेक्का लगाउँदा त्यो डिजाइन र निर्माण ढाँचाबाट अघि बढाउनुपर्ने परियोजना हो। ठेकेदारलाई डिजाइन गर्नका लागि समय चाहिन्छ।”

उनले थपे, “समयतालिकामा स्वाभाविक रूपमा दबाव पर्छ नै। तर अहिले नै हामीले पाँच वर्षको समयसीमामा काम सकिँदैन भन्ने अवस्था देखिसकेका छैनौँ। तर स्वाभाविक रूपमा यो प्रक्रियाले केही समय लिन्छ।”

एमसीसी अन्तर्गत प्राप्त अनुदानबाट ३१५ किलोमिटर लामो नयाँ विद्युत् प्रसारण लाइन र तीनवटा सबस्टेशन निर्माण गर्ने लक्ष्य राखिएको छ।

कसको कति लगानी

काठमाडौँ जिल्लाको लप्सीफेदीदेखि नवलपरासी पश्चिम जिल्लाको भूमहीसम्म बन्ने ४०० केभीको प्रसारण लाइन पूर्वाधारले नेपालको घरेलु ऊर्जा माग र अन्तरदेशीय विद्युत व्यापारलाई सघाउने भनिएको छ।

एमसीए नेपालले उपलब्ध गराएको विवरण अनुसार प्रसारण लाइन अन्तर्गत ८५६ वटा टावरहरू निर्माण गर्नुपर्ने हुन्छ जसले झन्डै ५० वटा स्थानीय तहको भूगोल समेट्छ।

विद्युत् प्रसारण लाइन निर्माणका लागि कुल १,४७१ हेक्टर जग्गा अधिग्रहण गर्नुपर्ने छ। सन् २०२४ को जुलाईबाट प्रसारण लाइन निर्माणका लागि चरणबद्धरूपमा ठेकेदारहरूले काम थाल्ने अधिकारीहरूले यसअघि बताएका थिए। तर ठेक्कापट्टामा देखिएको अन्योलसँगै प्रसारण लाइन निर्माणको काम सुरु हुने मितिबारे अधिकारीहरूले केही बताइसकेका छैनन्।

एमसीसी अन्तर्गत संयुक्त राज्य अमेरिकाले दिन लागेको ५० करोड अमेरिकी डलर (६५ अर्ब रुपैयाँभन्दा धेरै रकम) नेपालले हालसम्म प्राप्त गरेको सर्वाधिक ठूलो वैदेशिक सहयोग हो। त्यसमा नेपाल सरकारले झन्डै २६ अर्ब रुपैयाँ थप्ने प्रतिबद्धता जनाएको छ।

कूल ९२ अर्ब रुपैयाँजतिको बजेटमध्ये विद्युत् प्रसारण परियोजनाका निम्ति ५८ करोड २४ लाख डलर छुट्ट्याइएको छ भने सडक सुधारका निम्ति ५ करोड ४९ लाख डलर छुट्ट्याइएको छ।

एमसीसीअन्तर्गत पूर्वपश्चिम राजमार्गको ७७ किलोमिटर स्तरोन्नतिसहितको काम अघि बढाउने प्रतिबद्धता जनाइएको छ। तीबाहेक कार्यक्रम सहायता अनि अनुगमन तथा मूल्याङ्कनमा पनि खर्च हुने छ।

साउन मसान्तसम्म एमसीसी अन्तर्गत ४ करोड ६५ लाख अमेरिकी डलर (करिब ६ अर्ब १९ करोड भन्दा बढी) रकम खर्च भइसकेको अधिकारीहरूले बीबीसीलाई बताएका थिए।

केही समयअघि नेपाल भ्रमण गरेका एमसीसीका उच्च अधिकारीहरूले अन्य मुलुकहरूमा पनि परियोजना कार्यान्वयन गर्दा आफूहरूले चुनौती भोगेका भन्दै प्रसारण लाइन ठेक्कामा देखिएका समस्या जस्ता विषय आफ्ना लागि नौलो नभएको बताएका थिए।

उनीहरूले परियोजना समयमा नै सम्पन्न गर्ने हिसाबमा आफूहरू लागिपर्ने प्रतिवद्धता पनि जनाएका थिए जसको वास्तविक परीक्षण पछिल्लो गतिरोधको सम्बोधनले गर्ने ठानिएको छ। बीबीसी 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लिपुलेक हुँदै चीनसँग व्यापार थाल्ने भारतको तयारीपछि सरकार छलफलमा, रास्वपा के भन्छ ?

काठमाडौं । भारतको उत्तराखण्ड राज्य सरकारका अधिकारीले छ वर्षको अन्तरालपछि यसै वर्षबाट भारत र चीनले लिपुलेक पास हुँदै सीमा व्यापार गर्ने धारणा राखेको वि...

रौतहटमा बेमौसमी वर्षाले काँचो इँटा नष्ट, बीमा गर्न माग

रौतहट । गत शुक्रबार र शनिबार परेको बेमौसमी वर्षाले रौतहटमा सञ्चालित विभिन्न इँटा उद्योगको लाखौँ मूल्यबराबरका काँचो इँटामा क्षति पुर्याएको छ । यहाँका ५...

डेढ वर्षपछि बाढीपहिरोले क्षति पुर्याएको घरको पुनर्निर्माण गर्न अनुदान सिफारिस

काभ्रे । जिल्ला विपद् व्यवस्थापन समितिले बाढीपहिरोले क्षति पुर्याएको डेढ वर्षपछि स्थायी आवास निर्माणार्थ पीडितको नामावली सिफारिस सुरुआत गरेको छ । समित...

होटलमा यौन क्रियाकलाप गरेको आरोपमा दुई जोडी पक्राउ

काठमाडौं । महोत्तरीको सदरमुकाम जलेश्वरस्थित दुई वटा होटलबाट अनैतिक गतिविधिमा संलग्न रहेको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा...

मन्त्री छान्दै रवि-बालेन, यी हुन् सम्भावित अनुहार

काठमाडौँ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १३ चैतमा वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्रीसहित अन्य मन्त्रीहरूको एकै...

कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै, १५ औं महाधिवेशनको मिति तोक्ने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ।  पार्टीले राजीनामा अस्वीकृत गरेपछि सभापति गगन थापा आजको बैठकमा सहभागी हुने भएका ...

डाँडाखेत–राहुघाट प्रसारण लाइन : तीन करोडभन्दा बढी मुआब्जा वितरण

तारमुनिका जग्गाधनीलाई पनि क्षतिपूर्ति

आजको मौसम पूर्वानुमान : कोशी, गण्डकी र कर्णाली प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।  हाल कोशी, मधेस र लुम्बिनी प्रदेशलगायत देशका पहाडी र हिमाली भागमा साध...

डोटीमा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु

डोटी । यहाँको आदर्श गाउँपालिका–६ रौसेल्ला खोला नजिक मौवा–गिरीचौकको कच्ची सडकमो बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा ब...

मोरङमा क्षयरोगबाट एक वर्षमा ३५ जनाको मृत्यु

मोरङ । जिल्लामा आर्थिक वर्ष २०८१/८२ मा क्षयरोगका कारण ३५ जनाको मृत्यु भएको छ । विश्व क्षयरोग दिवसका पूर्व सन्ध्यामा स्वास्थ्य कार्यालय मोरङ र वाग्मती ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: