काठमाडाैं । इजरायली सेनाले हालै गाजा पट्टीमा अहिलेसम्म भेटिएको सबैभन्दा ठूलो सुरुङ फेला पारेको बताएको छ । यसको साइज यति ठुलो थियो कि सुरुङ भित्र साना सवारीसाधन सहजै जान सक्ने थियो ।
इजरायली सेनाको एक विज्ञप्तिमा भनिएको छ कि सुरुङ चार किलोमिटर भन्दा बढी क्षेत्रफलमा फैलिएको छ र इरेज सीमा पार गर्ने भन्दा बाहिर ४०० मिटर (१३०० फिट) गहिरो रहेकेा छ ।
इजरायली सेनाले लाखौं डलरको लागत र निर्माण गर्न धेरै वर्ष लागेर यो सुरूङ बनाएको बताएको छ । उसका अनुसार परियोजनाको नेतृत्व हमास प्रमुख याह्या सिनवारका भाइ मोहम्मद याह्याले गरेका थिए, जो अक्टोबर ७ को हमलाको मुख्य योजनाकार मानिन्छन् ।
यस टनेलमा धेरै प्रकारका सुविधाहरु देखिएका छन्, जल निकासी प्रणाली, बिजुली, भेन्टिलेसन, ढल निकास र सञ्चार सञ्जालका साथै रेलको सुविधा पनि थियो। सुरुङको भुइँ कम्प्याक्टेड माटोले बनेको छ भने पर्खालहरू भने कंक्रिटले बनेका छन्।
इजरायली सेनाका प्रवक्ता लेफ्टिनेन्ट कर्नल रिचर्ड हेचले भने कि हमासले यस परियोजनामा ठूलो स्रोत लगानी गरेको थियो र यसको एकमात्र उद्देश्य इजरायल राज्य र त्यहाँका बासिन्दाहरूलाई आक्रमण गर्नु थियो। उनले इरेज क्रसिङ नजिकै जानाजानी सुरुङ निर्माण गरिएकोसमेत बताए ।
स्मरण रहोस, गत अक्टोबर ७ मा हमासले गाजा पट्टीबाट इजरायलमा केही मिनेटमै ५ हजारभन्दा बढी रकेट प्रहार गरेको थियो । हमासले इजरायल विरुद्धको अभियानलाई ‘अल अक्सा फ्लड’ नाम दिएको छ। यसको जवाफमा इजरायली सेनाले हमासविरुद्ध ‘स्वार्ड्स अफ आइरन’ अपरेशन सुरु गरेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ३० गते, २०८३ - ०८:०९
घोराही (दाङ) । बर्खे धान खेतीको तयारीमा रहेका दाङका किसान रासायनिक मलको चरम अभावका कारण समस्यामा परेका छन्। समयमै मल नपाउँदा किसानहरू रातभर लाइनमा बस...
जेष्ठ ३० गते, २०८३ - ०७:५३
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’ को आफ्नो पहिलो खेलमा आयोजक अमेरिका उत्कृष्ट प्रदर्शन गर्दै पहिलो हाफमै पाराग्वेविरुद्ध ३–० को फराकिलो ...
जेष्ठ ३० गते, २०८३ - ०७:४६
काठमाडौँ । आधुनिक औषधि विज्ञानले महिलाको प्रजनन क्षमतालाई पहिलेभन्दा धेरै लामो समयसम्म सुरक्षित राख्ने अवसर दिएको छ। तर प्रकृतिको जैविक घडीलाई पूर्ण र...
जेष्ठ ३० गते, २०८३ - ०७:४५
काठमाडौँ । बदलिँदो जीवनशैली, ढिलो विवाह र करिअर तथा व्यक्तिगत योजनालाई प्राथमिकता दिने प्रवृत्तिका कारण धेरै दम्पतीमा सन्तान योजनासम्बन्धी चुनौती बढ्द...
जेष्ठ ३० गते, २०८३ - ०७:३०
काठमाडौँ । धादिङको नीलकण्ठ नगरपालिका–४ स्थित इजारामा खानेपानी तथा ढल व्यवस्थापन कार्यालय भरतपुरबाट खटिएका कर्मचारीमाथि कुटपिट गरी फरार भएका एक व्यक्ति...
जेष्ठ ३० गते, २०८३ - ०७:२०
काठमाडौँ । नेपाल प्रहरीका चार जना डीआईजीको सरुवा गरिएको छ। गृह मन्त्रालयले विवादमा मुछिएका र कार्यसम्पादनमा कमजोर भएका दुई डीआईजीलाई काठमाडौँ तानेको ...
जेष्ठ ३० गते, २०८३ - ०७:१६
काठमाडौँ । चिया केवल पेय पदार्थ मात्र होइन, धेरैको दैनिक जीवनको अभिन्न हिस्सा हो। बिहानको सुरुवातदेखि साँझको थकान मेट्नसम्म चिया धेरैको रोजाइमा पर्छ। ...
जेष्ठ ३० गते, २०८३ - ०७:१०
सिरहा । जिल्लामा कक्षा ११ र १२ सञ्चालन गर्ने विद्यालयको संख्या एक सय पुगेको भए पनि एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई जिल्लामै अध्ययनका लागि ...
जेष्ठ ३० गते, २०८३ - ०७:०२
काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा निर्माण सम्पन्न भएका फोहोरपानी प्रशोधन केन्द्र चाँडै सञ्चालनमा ल्याइने भएको छ। यसबाट नदी तथा खोलामा ...
जेष्ठ ३० गते, २०८३ - ०६:५६
काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पार्टी स्थापनाको चार वर्ष नपुग्दै गुट, उपगुट र नेतृत्व संघर्षको...



प्रतिकृया लेख्नुहोस्: