Ntc summer Offer
Khabar Dabali ६ आश्विन २०८१ आईतवार | 22nd September, 2024 Sun
NIMB

रामेछापमा कोदो खेती गर्नेहरु बर्सेनि घट्दै

खबरडबली संवाददाता

रामेछाप । अहिले पहाडी भेगका किसानको कोदो थन्क्याउने बेला हो । उच्च पहाडी भेगको मुख्य बाली कोदा साउनमा लगाएर मंसिरमा थन्क्याइन्छ । 

प्रमुख पोषक खाद्य बाली कोदो रामेछापको मुख्य बालीमा पर्दछ । तर गाउँका मानिस सहर पस्दै गएपछि कोदोको उत्पादन घट्दै गएको छ । सिँचाइ सुविधा कम भएका भेगमा लगाइने उक्त बाली बर्सेनि कम क्षेत्रफलमा देखिन थालेको छ ।

गाउँमा खेती गर्नेहरु घटेसँगै यस्तो भएको हो । कृषि ज्ञान केन्द्रका अनुसार रामेछापमा ४ हजार ९ सय ३३ हेक्टर जमिनमा कोदो खेती हुने गरेको छ । जसमा सरदर उत्पादन ५ हजार ७ सय मेट्रिकटन हुने अनुमान छ ।

केही वर्ष यतादेखि कोदो उत्पादन हुने अधिकांश जमिन बाँझो छ । ‘काम गर्ने सबै सहर पसे, कोदो खेती कसले लगाउनु ? गाउँका जमिन सबै बाँझै छन्,’ रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ टोकरपुरकी पार्वती कँडेलले भनिन् ।

केही वर्ष अघिसम्म आफूले खेती गर्न नसक्दा पनि अधियाँ लगाउन गाउँलेबीच प्रतिष्पर्धा चल्ने गरेको उनलाई सम्झना छ । अहिले त्यतिकै जमिन दिँदा पनि खेती लगाएर खाने मान्छे नपाइने उनले बताइन । ‘अहिले त मल, बिउ दिन्छु भन्दा पनि खेती लगाउने मान्छे पाइँदैन,’ उनले भनिन् । 

कोदो दुःखको खेती भएकाले पनि धेरैले लगाउन छाडेका सोही गाउँपालिका–१ डडुवाका किसान दावासङ्बु शेर्पा बताउँछन् । ‘मकैबारीभित्र पुरै खनेर रोप्नु पर्छ, पछि गोड्नु पनि प¥यो । टिप्ने, कुट्ने, धेरै मान्छे लाग्छ, त्यसैले धेरैले खेती लगाउन छाडे,’ उनले भने । 

कुनै बेला गरिबले खाने खानाको रूपमा चिनिने कोदाको ढिँडो अहिले सहर बजारका  होटल, रेस्टुराको रोजाइको खाना बनेको छ । तर कोदोको उत्पादन भने बर्सेनि घट्दै छ ।

कोदोलाई निकै पौष्टिक अन्न मानिन्छ । चिनी र प्रोटिनको मात्रा कम हुने भएकाले सबै खालका मानिस र बिरामीहरूका लागि कोदो राम्रो मानिन्छ । कोदोमा प्रशस्त मात्रामा क्याल्सियम, म्याग्नेसियम, फस्फोरस, म्यागनिज, भिटामिन बी, टिप्टोफेन, फाइबर, एन्टिअक्सिडेन्टलगायत तत्वहरू पाइन्छ । 

तौल घटाउन, मुटु सम्बन्धी रोग नियन्त्रण गर्न, हाड बलियो बनाउन, स्वस्थ पेट बनाउन पनि कोदोलाई राम्रो मानिन्छ । अहिले पनि गाउँघरमा बिरामी तंग्रिन नसक्दा कोदोको खोले खुवाउने चलन छ । 

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

माओवादी केन्द्रको दक्षिण एसिया संगठन समितिको बैठक जारी

काठमाडौँ । नेकपा माओवादी केन्द्रको प्रवास प्रदेशअन्तर्गत दक्षिण एसिया संगठन समितिको भर्जुअल परामर्श बैठक जारी रेहको छ।  आइतबार बसेको बैठकमा पार्टीक...

नेप्सेमा ११ अंकको वृद्धि हुँदा ५ अर्बको कारोबार

काठमाडौं। नेप्सेमा आज ११ अंकको वृद्धि भएको छ। आइतबार नेप्से ११ अंकले बढेर २५८८.३५ विन्दुमा रोकिएको हो। आज ३२५ कम्पनिको कारोबार हुँदा एक करोड २४ लाख...

डोटीमा चार युवाको सामूहिक बेसारखेती

डोटी । डोटीको दिपायलका चार युवाले व्यावसायिक बेसारखेती सुरु गरेका छन् । युवा तेज द्वारिया, कैलाश खड्का, दीपक साहु र शैलेन्द्र खड्काले दिपायल सिलगढी नग...

सातै प्रदेशमा राजनीतिक प्रशिक्षण सञ्चालन गर्दै समाजवादी मोर्चा

काठमाडौं । समाजवादी मोर्चा नेपालले सातै प्रदेशमा राजनीतिक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । मुलुकको समसामयिक राजनीतिक अवस्था र अन्तर्राष्ट...

बारा जङ्गल छेउमा वयस्क हात्ती मृत फेला

रौतहट । बारा स्थित राष्ट्रिय जङ्गल नजिक वयस्क हात्ती मृत फेला पारेको छ। स्थानीय कोल्हबी नगरपालिका–२ भलुवाही खोर जङ्गल छेउमा जङ्गली हात्ती मृत फेला परे...

नेपालीहरुका लागि क्यानडा उत्कृष्ट शैक्षिक गन्तब्य बन्नसक्छः महानायक हमाल

काठमाडौं । महानायक राजेश हमालले सुचना प्रविधि र विश्वव्यापीकरणको युगमा नेपालीहरुका लागि  क्यानडा शैक्षिक गन्तब्य बन्नसक्ने बताएका छन् । शनिबार हिमाल म...

काठमाडौंमा देखिएको मुगुको दृश्य

काठमाडौं । आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख रोजाइमध्ये एक हो, डोल्पा जिल्ला । मुख्यगरी डोल्पामा रारा तालको अवलोकनका लागि पर्यटक पुग्ने गर्छन् । रा...

काभ्रे प्रहरीले गर्यो २६ बाक्सा पटाका पटाका बरामद

बनेपा ।  बीपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–९ काभ्रेभञ्ज्याङबाट प्रहरीले २६ बाक्सा पटाका बरामद गरेको छ । नियमित सवारीसाधन जा...

चीनकी ‘ब्युटिफुल गभर्नर' लाई १३ बर्षको जेल सजाय

काठमाडौँ । चीनमा ‘ब्युटिफुल गभर्नर’ भनेर चिनिने गुइझाउ प्रान्तकी गभर्नर झोङ याङलाई १३ वर्षको जेल सजाय सुनाइएको छ । उनलाई १ करोड १६ लाख रुपैयाँ जरिवाना...

बाँकेमा लागुऔषध दुर्व्यसन चुनौतीपूर्ण बन्दै

बाँके ।  भारतीय सीमासँग जोडिएको बाँकेमा लागुऔषध दुर्व्यसन चुनौतीपूर्ण बन्दै गएको छ। लागुऔषध प्रयोगकर्ता र कारोबार गर्नेको सङ्ख्या बढ्दै जाँदा न्यूनीकर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy