Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

करोडौँको लगानी भएको सिँचाइ योजना १५ वर्षदेखि अलपत्र

साँढेको जुधाइ बाछाको मिचाइ हुँदा असली किसान मारमा

खबरडबली संवाददाता

दोलखा  । दोलखाको सैलुङ गाउँपालिका–८ मा करोडौँ लगानी भएको सिँचाइ योजना १५ वर्षदेखि अलपत्र भएको छ ।करिब डेढ दशक अघि सुरु भएको एक करोड ६२ लाख रुपियाँ खर्चेको झोर खोला सिँचाइ योजना कागजी रूपमा सम्पन्न भनिए पनि सामान्य वादविवाद र प्राविधिक कमजोरीले सञ्चालनमा आउन नसकेको हो । 

२०६५ सालदेखि निर्माण सुरु भएको एक करोड ६२ लाख रुपियाँ खर्च भएको यो योजना सञ्चालनमा आउन नसक्दा स्थानीय मर्कामा परेका स्थानीय बताउँछन् ।  तीन हजार पाँचसय बढी किसानहरू लाभान्वित हुने यो योजना यति लामो समयमा पनि सम्पन्न हुन नसक्नु सारै दुःखको कुरा रहेको  स्थानय मोहनसिंह तामाङले बताए ।  के कारणले लम्बिएको भन्ने विषयमा किसानलाई केही थाहा नभएको उनको भनाइ छ । 

सिँचाइ आएपछि खेतीपाती गरेर लाभान्वित हुन्छौँ भनेर पलाएको आशा मुर्झाएको स्थानीयको भनाइ छ । लोकतन्त्र गणतन्त्रमा त सबैले थाहा पाउनु पर्ने कुराहरु केही थाहा नभएको र पारदर्शी हुनुपर्ने कुरा अपारदर्शी भएकै कारण जनतालाई भ्रममा तामाङले बताए। 

कागजी कामले सम्पन्न भए तापनि सानो गल्तीले यो योजना सञ्चालन हुन नसकेको हो । केही उपभोक्ताले प्राविधिकलाई समेत बाध्यमा पारेर पाइप गाड्नै नसकिने पहरोबाट पाइप लगिँदा अहिले पानीको भार थेग्न नसकेर पाइप झोलिएर पानी जान नसक्ने भएपछि  निर्माण सुरु भएको १५ वर्षपछि केही तलबाट पक्की पिलरबाट पानी लान काम सुरु भएको छ  । 

अरू सबै काम सम्पन्न भई पाइप फिटिङ भइसकेको हो । चुचे पहरोको पाइप अहिले श्राप सावित भएपछि पक्की पिलरको विधि अपनाउनु परेको हो । गाउँको रडाकोले उपभोक्ता समिति निर्माण गर्ने काम असार महिनामा मात्र हुन सकेको उपभोक्ता समिति अध्यक्ष विजय तामाङले बताए । असार महिनामा बजेट २५ लाखमध्ये सात लाख रुपैयाँको मात्र काम भएको र बाँकी बजेट फिर्ता गएर काम अधुरै रहेको अध्यक्ष तामाङले बताए । 

योजनामा १८ फुट अग्ला नौ वटा पिलर निर्माण गरी पाइप पनि जडान गरिएको छ । अब नौ वटा पिलर निर्माण गरेपछि काम सम्पन्न हुने तामाङले बताए । पानी पनि सञ्चालन हुनका लागि र काम सक्नका लागि अब करिब ३२ लाख रुपैयाँ लाग्ने भए पनि बजेट नआए पुनः काम रोकिने सम्भावना टड्कारो रहेको उनले बताए । 

सम्झौताअनुसार ठेकेदारको काम सकिएको छ । पुरानो उपभोक्ता समितिको पाइप लाइन खन्ने पुर्ने काम पनि सकिएको छ । सानो प्राविधिक समस्याले सञ्चालनमा आउन नसक्दा योजना अल्झेर बसेको हो । 

चुचे पहरोको सानो कारण तर ठुलो समस्या उत्पन्न हुने हुँदा सरकारको लगानीको सदुपयोग नहुँदा अहिलेसम्म किसानले सिँचाइ गर्न नपाएका हुन् । यो योजनामा पहिले देखि नै भत्कोस लागेको छ । गत २०६५ सालतिर योजना छनौट भई सर्वे भएर १० लाख रुपियाँ आयो । यसको पाइप किनियो । काम नभएको भनी अख्तियारमा उजुरी पर्यो ।आएको रकमको पाइप खरिद भएकाले योजना सम्पन्न भनेर कार्यालयले लेखिदियो । भनसुन र धेरै लडभिडपछि मात्र पुनः योजना सुरु भएको बताइन्छ । 

जिल्ला स्थितको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयकारअनुसार यो योजना गत २०७३ सालमा पुनः सुरु भएको हो । एक वर्षमा सम्पन्न हुनुपर्ने ,योजना २०७४, ०७५, ०७७ गरी तीन पटक म्याद थपिएको छ । समय लम्बिँदै जाँदा योजनामा निर्माण भएको झोलुङगेपुल बिग्रनुका साथै ठाउँ ठाउँमा पाइप छुटिएका छन् । 

भएका कामको मूल्याङ्कन गर्दै सम्झौता भएको एक करोड २३ लाख १८ हजार २५१ मध्ये  एक करोड २० लाख २३२ रुपियाँ ठेकेदारले भुक्तानी पाइसकेको छ । साँढेको जुधाइ बाछाको मिचाइ हुँदा असली किसान मारमा परेका छन् । सरकारी लगानी बालुवामा पानी हाले झैँ भएको देखिन्छ । 

गत आर्थिक वर्षमा २५ लाख रुपियाँ बजेटले चुचे पहराको तलबाट पाइप लगेर आयोजना सञ्चालन गर्न लागिएकोमा उपभोक्ता समिति बन्न समय लागेर काम हुन नसकेको भरखरै कार्यालय प्रमुख भएका रुपेश महतले बताए । 

यो वर्ष बजेट नपरेको र योजना जे जस्तो परिस्थितिबाट गुज्रेको भए पनि अर्का वर्षको बजेटबाट  सम्पन्न तथा सञ्चालनमा आउने उनले बताए । अब भने यो योजना सञ्चालनमा आउने उनको दाबी छ ।  

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर ।  भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सक्रिय रूपमा जुटेको छ । वडाभित्र उल्लेख्य सङ्यामा ऐतिहासिक,...

वारणमा ऐतिहासिक सफलता: गलगाँडको समस्या शून्यमा

काठमाडौँ । पछिल्ला दशकमा नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता हासिल गरेको छ । विगतमा आयोडिनयुक्त नुनको अभावका कारण ...

स्थानीय उत्पादन प्रवर्धनमा सरकारले सहयोग गर्ने: मन्त्री परियार

पाँचथर । सरकारले कृषकले उत्पादन गरेका स्थानीय उपजको प्रवर्धन र बजार व्यवस्थापनमा सहयोग गर्ने निर्णय गरेको छ। शनिबार पाँचथरको फिदिम पुग्नुभएका कृषि ...

श्चिम नवलपरासीमा चिसो बढेसँगै चोक–चोकमा दाउरा वितरण

पश्चिम नवलपरासी । तराईमा विगत केही दिनदेखि बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि रामग्राम नगरपालिकाले राहत कार्य सुरु गरेको छ। न...

त्रिविको ५१ औँ दीक्षान्त समारोह : २५ विद्यार्थीले पदक र पुरस्कार पाउने

  काठमाडौँ  । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह यही पुस १० गते दशरत रंगशालामा आयोजना हुने भएको छ। विश्वविद्यालयले जारी गरेको सूचना...

ठेक्का तोडिएका सडक योजनाको नयाँ टेण्डर प्रक्रिया सुरु गर्न मन्त्री घिसिङको निर्देशन

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडक र पुल निर्माण योजनाको काम सुन...

अझै फर्किएनन् तनहुँका ६८ जना कैदीबन्दी

तनहुँ । भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका ६८ जना कैदीबन्दी अझै फर्किएका छैनन् । कारागारमा रहेका ३२७ जनामध्ये २ सय ५९ ...

फैजुल्लाह आलमको निधनले प्रेस सेन्टर नेपालमा शोक

काठमाडौँ ।  प्रेस सेन्टर नेपालका साधारण सदस्य र अनुभवी फोटो पत्रकार फैजुल्लाह आलमको ५३ वर्षको अल्पायुमै निधन भएको छ। उनका निधनले संगठन र नेपाली पत्रका...

चिनी माग्ने बहानामा घर पसेर ९० भन्दा बढी चोट

झापा विद्रोहको रक्तरञ्जित शिकार बने सहिद उद्रकान्त राजवंशी

शेयर बजारमा ठगी र कृत्रिम मूल्य वृद्धि: ४९ लाख अवैध नाफा कमाएको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ

काठमाडौँ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा संलग्न रहेको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ परेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)को प्रारम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending