कञ्चनपुर । कञ्चनपुरमा जङ्गली हात्तीबाट हुने क्षति कम गर्न प्रभावित क्षेत्रमा १३ ठाउँमा साइरन जडान गरिएका छन् । जङ्गली हात्ती बस्ती पस्नु पूर्व जानकारी गराई सर्वसाधारणलाई सचेत पार्नका लागि साइरन जडान गरिएका हुन् ।
तराई भूपरिधि कार्यक्रम (ताल)ले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती समितिसँग समन्वय गरी जङ्गली हात्तीबाट हुने क्षति न्यूनीकरण गर्न साइरन जडान गरेको हो । ‘ताल’ कार्यक्रमका सहप्रबन्धक कमलराज राईका अनुसार सोभाताल, त्रिशक्ति तथा शुक्लाफाँटा मध्यवर्ती क्षेत्रअन्तर्गत पर्ने हात्ती प्रभावित क्षेत्रमा साईरन जडान गरिएका छन् । मध्यवर्ती क्षेत्रक्षेत्रअन्तर्गतका बेलौरी नगरपालिका–५, शुक्लाफाँटा नगरपालिका–१२ र लालझाडी गाउँपालिका–४ मा साइरन जडान गरिएका हुन् ।
यसैगरी त्रिशक्ति मध्यवर्तीअन्तर्गत पर्ने शुक्लाफाँटा नगरपालिका–१, २, ३, ४ र ५ मा पाँचवटा साइरन जडान गरिएका छन् । शुक्लाफाँटा मध्यवर्तीअन्तर्गत पर्ने मझगाउँलगायत क्षेत्रमा पाँच साइरन जडान गरिएका सहायक प्रबन्धक राईले बताए ।
“जङ्गली हात्ती बस्ती प्रवेश गर्ने क्षेत्रको पहिचान गरी साइरन जडान गरेका छौँ”, उनले भने, “साइरनको स्वीच दबाउँदा आउने आवाजले स्थानीय बासिन्दा सचेत भई सुरक्षित तरिकाले बस्ने छन् भने यसबाट हात्तीका कारण हुने धनजन जोगाउन मद्दत पुग्छ ।”
गत वर्ष चितवनमा पन हात्तीबाट प्रभावित माडी क्षेत्रका पाँच ठाउँमा साइरन जडान गरिएको सहायक प्रबन्धक राईले बताए। सो कार्य प्रभावकारी भएपछि कञ्चनपुरमा पनि साइरन जडान गरिएका हुन् । साइरनको आवाज झण्डै दुई किलोमिटर क्षेत्रमा सुनिने उनको भनाइ छ । कञ्चनपुरको चुरे क्षेत्र, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र तथा लालझाडी संरक्षित क्षेत्र जङ्गली हात्ती हिँडडुल गर्ने क्षेत्र हुन् । हात्ती हिँड्ने पुराना बाटा (करिडोर) अतिक्रमणको चपेटामा परेका कारण हात्तीले बर्सेनी बस्तीमा पसेर जनधनको क्षति गर्दैआएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ३ गते, २०८२ - १७:१२
काठमाडौँ । लीमा अधिकारीले नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा) को सञ्चालक समिति सदस्य पदबाट राजीनामा दिएकी छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ...
चैत्र ३ गते, २०८२ - १६:५७
काठमाडौँ। चालु आर्थिक वर्ष २०८२ र ८३ को सुरुमा कुल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब चार करोड रहेकोमा फागुन मसान्तसम्ममा २८ खर्ब ७८ अर्ब २९ करोड पुगेको छ ।...
चैत्र ३ गते, २०८२ - १६:४७
सल्यान। सल्यानको प्रमुख व्यापारिक केन्द्र श्रीनगर क्षेत्रमा अब जथाभावी र अव्यवस्थित पार्किङ गर्ने सवारीसाधनलाई दुई हजार ५०० रुपियाँसम्म जरिवाना गरिने ...
चैत्र ३ गते, २०८२ - १६:४०
काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ ।आज नेप्से परिसूचक १३ दशमलव ५१ अङ्कले बढेर दुई हजार ८१२ दशमलव ३४ विन्द...
चैत्र ३ गते, २०८२ - १६:३३
ताप्लेजुङ। ताप्लेजुङमा हावाहुरीले डेढ दर्जन बढी निजी घर तथा सार्वजनिक संरचनामा क्षति गर्दा लाखौं मूल्य बराबरको नोक्सानी भएको छ । प्रहरीका अनुसार आइ...
चैत्र ३ गते, २०८२ - १६:२४
बागलुङ। प्रभावित ढोरपाटनका बिरामीमध्ये ६७ जना घर फर्केका छन् भने २० जनाको ‘आइसोलेसन’मा उपचार भइरहेको छ । फागुनको पहिलो सातादेखि ढोरपाटनमा फैलिएको द...
चैत्र ३ गते, २०८२ - १६:०१
काठमाडौँ । मोरङको मनमोहन टेक्निकल इन्स्टिच्युटमा चिनियाँ राष्ट्रपति सी जिनपिङद्वारा लिखित ‘द गभर्नेन्स अफ चाइना’ पुस्तक जलाइएको घटनाप्रति चीनले चासो द...
चैत्र ३ गते, २०८२ - १५:३४
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुकुम (पश्चिम) स्थित चौरजहारी नगरपालिकाका नगर प्रमुख पुष्प वादी र सोही नगरपालिकाका असिस्टेन्ट सब–इन्जिनिय...
चैत्र ३ गते, २०८२ - १५:०४
काठमाडौँ । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूको पद तथा गोपनीयताको शपथ ग्रहण र प्रारम्भिक बैठकहरू सिंहदरबारभित्र पुतली बगैँचामा बन्न लागेको नयाँ संसद...
चैत्र ३ गते, २०८२ - १४:२९
घोराही । दाङको लमही नगरपालिकाले घरदैलोमै नागरिकलाई जन्म र मृत्यु दर्ताको प्रमाणपत्र वितरण गर्न सुरु गरेको छ । ‘लमही नगर निर्माण महाअभियान’ अन्तर्गत...


प्रतिकृया लेख्नुहोस्: