काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको राजनीतिक परिवर्तनमा उल्लेख्य भूमिका खेलेको रोल्पाको विकासलाई सरकारले उच्च प्राथमितामा राखेको बताएको छन् । उनले सहिद मार्ग निर्माण तथा कालोपत्रका लागि तत्काल काम अघि बढाइने प्रतिबद्धतासमेत जनाए।
रोल्पाबाट प्रतिनिधित्व गर्ने नेकपा ९माओवादी केन्द्र० का सङ्घीय, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले बजेट अभावका कारण सहिदमार्ग निर्माणमा ढिलाइ भएको गुनासो गर्दै आज प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराएका थिए । प्रतिनिधिसभातर्फ एउटा मा निर्वाचन क्षेत्र रहेको रोल्पाका सङ्घीय सांसद एवं माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री दाहाललाई प्रधानमन्त्री निवास बालुवाटारमा भेटेर रकम सुनिश्चितताका लागि आग्रह गरेको हो ।
आर्थिक वर्ष २०६४/६५ देखि सुरु भएको दाङको घोराहीदेखि रोल्पाको होलेरी घर्तीगाउँ हुँदै पूर्वीरुकुमको हुकाम–मैकोटसम्मको सहिदमार्ग निर्माणले अझै पूर्णता नपाएकाले प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराएको सांसद पुनले जानकारी दिए । सो सडकखण्डअन्तर्गत हाल होलेरी–दारबोट कालोपत्रको चरणमा रहेको, दारबोट–घर्तीगाउँ–दुई खोली–खरिबोट खण्डमा कालोपत्रका लागि ठेक्का भई काम सुरु भए पनि पर्याप्त बजेट अभावमा आयोजनाले अपेक्षित गति लिन नसकेकाबारे प्रतिनिधिमण्डलले प्रधानमन्त्री दाहाललाई जानकारी गराएको थियो ।
यस्तै हुकाम–मैकोट खण्डमा ट्र्याक खोल्ने काम बाँकी रहेकाले त्यसको प्रबन्ध मिलाइदिन माग गरिएको प्रधानमन्त्री दाहाललाई बुझाइएको ज्ञापनपत्रमा उल्लेख छ । विगतमा घोराही–होलेरी सडकखण्डको ३१ दशमलव पाँच किलोमिटर सडक कालोपत्र भएकामा निर्माण व्यवसायीको लापरबाहीले तोकिएको समयसम्म उचित मर्मतसम्भार नगरेका कारण कालोपत्र भत्किएर सो ठेक्का रद्द गरी नयाँ प्रक्रियाका लागि विस्तृत आयोजना प्रतिवेदन ९डिपिआर० स्वीकृतिको चरणमा रहेको भन्दै उनीहरुले बजेटको न्यूनताका कारण ठेक्का प्रक्रियामा ढिलाइ भएकाले सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिन प्रधानमन्त्रीसँग माग गरेका थिए ।
प्रधानमन्त्री दाहाललाई ध्यानाकर्षणपत्र बुझाउन सांसद पुनसहित लुम्बिनी प्रदेशसभा सदस्य दिपेन्द्र पुन, रोल्पा नगरपालिकाका प्रमुख सुरेन्द्र थापा घर्ती, माडी गाउँपालिकाका अध्यक्ष अमरसिंह घर्ती, त्रिवेणी गाउँपालिकाका अध्यक्ष कर्णबहादुर बाँठा, रुण्टनीगढी गाउँपालिकाका अध्यक्ष जनक पुन, परिवर्तन गाउँपालिकाका अध्यक्ष सुकबहादुर बुढालगायत प्रधानमन्त्री निवास पुगेको थिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ५ गते, २०८२ - १६:३२
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०ले आगामी माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचन र फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोट...
पौष ५ गते, २०८२ - १६:१५
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई कुनै पनि बहानामा निर्वाचनको मिति सार्न नहुने च...
पौष ५ गते, २०८२ - १६:०२
काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परी हालै धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने शनिबार चितवनबाट काठमाडौँ ...
पौष ५ गते, २०८२ - १५:५०
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुला मञ्च खुला गर्न सरकार र महानगरपालिकालाई आग्रह गरेका छन्। पार्टीको बागमत...
पौष ५ गते, २०८२ - १५:३५
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को एकता सन्देशसभा काठमाडौंमा जारी छ । शनिबार काठमाडौँको भृकुटीमण्डपमा सभा आयोजना भएको हो । सभालाई नेकपा ...
पौष ५ गते, २०८२ - १५:०३
काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधव कुमार नेपालले आफ्नो पार्टी इमानदारीताका साथ अघि बढेको दाबी गरेका छन् र देश विकासका लागि एकपटक आफ्न...
पौष ५ गते, २०८२ - १४:४९
चितवन। उज्यालो नेपाल पार्टीकी नेतृ रिमा विश्वकर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीले “जाँचबुझ आयोगमा बोलाउँदा देश ठप्प पार्छौं” भन्ने अभिव्यक्तिप्रति आ...
पौष ५ गते, २०८२ - १४:३२
अन्तिममा मिल्नुपर्नेहरू हामी मिलेरै छाड्छौं, सबै साथीहरू संवादमै हुनुहुन्छ
पौष ५ गते, २०८२ - १४:२०
काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीले काठमाडौंमा आयोजना गरेको बागमती प्रदेशस्तरीय एकता सन्देश सभा सुरु हुनुअघि र्यालीसहित प्रदर्शन गरेको छ। विभिन्न स्...
पौष ५ गते, २०८२ - १३:४२
काठमाडौँ। नेकपा एमालेका नेता ईश्वर पोखरेल समूहको भेला काठमाडौंमा सुरु भएको छ। काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा उक्त समूहको भेला सुरु भएको ह...




प्रतिकृया लेख्नुहोस्: