Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

रोल्पाको विकासलाई सरकारले प्राथमिकतामा राखेको छ : प्रधानमन्त्री

खबरडबली संवाददाता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको राजनीतिक परिवर्तनमा उल्लेख्य भूमिका खेलेको रोल्पाको विकासलाई सरकारले उच्च प्राथमितामा राखेको बताएको छन् । उनले सहिद मार्ग निर्माण तथा कालोपत्रका लागि तत्काल काम अघि बढाइने प्रतिबद्धतासमेत जनाए। 

रोल्पाबाट प्रतिनिधित्व गर्ने नेकपा ९माओवादी केन्द्र० का सङ्घीय, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले बजेट अभावका कारण सहिदमार्ग निर्माणमा ढिलाइ भएको गुनासो गर्दै आज प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराएका थिए । प्रतिनिधिसभातर्फ एउटा मा निर्वाचन क्षेत्र रहेको रोल्पाका सङ्घीय सांसद एवं माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री दाहाललाई प्रधानमन्त्री निवास बालुवाटारमा भेटेर रकम सुनिश्चितताका लागि आग्रह गरेको हो ।

आर्थिक वर्ष २०६४/६५ देखि सुरु भएको दाङको घोराहीदेखि रोल्पाको होलेरी घर्तीगाउँ हुँदै पूर्वीरुकुमको हुकाम–मैकोटसम्मको सहिदमार्ग निर्माणले अझै पूर्णता नपाएकाले प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराएको सांसद  पुनले जानकारी दिए । सो सडकखण्डअन्तर्गत हाल होलेरी–दारबोट कालोपत्रको चरणमा रहेको, दारबोट–घर्तीगाउँ–दुई खोली–खरिबोट खण्डमा कालोपत्रका लागि ठेक्का भई काम सुरु भए पनि पर्याप्त बजेट अभावमा आयोजनाले अपेक्षित गति लिन नसकेकाबारे प्रतिनिधिमण्डलले प्रधानमन्त्री दाहाललाई जानकारी गराएको थियो ।

यस्तै हुकाम–मैकोट खण्डमा ट्र्याक खोल्ने काम बाँकी रहेकाले त्यसको प्रबन्ध मिलाइदिन माग गरिएको प्रधानमन्त्री दाहाललाई बुझाइएको ज्ञापनपत्रमा उल्लेख छ । विगतमा घोराही–होलेरी सडकखण्डको ३१ दशमलव पाँच किलोमिटर सडक कालोपत्र भएकामा निर्माण व्यवसायीको लापरबाहीले तोकिएको समयसम्म उचित मर्मतसम्भार नगरेका कारण कालोपत्र भत्किएर सो ठेक्का रद्द गरी नयाँ प्रक्रियाका लागि विस्तृत आयोजना प्रतिवेदन ९डिपिआर० स्वीकृतिको चरणमा रहेको भन्दै उनीहरुले बजेटको न्यूनताका कारण ठेक्का प्रक्रियामा ढिलाइ भएकाले सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिन प्रधानमन्त्रीसँग माग गरेका थिए ।

प्रधानमन्त्री दाहाललाई ध्यानाकर्षणपत्र बुझाउन सांसद पुनसहित लुम्बिनी प्रदेशसभा सदस्य दिपेन्द्र पुन, रोल्पा नगरपालिकाका प्रमुख सुरेन्द्र थापा घर्ती, माडी गाउँपालिकाका अध्यक्ष अमरसिंह घर्ती, त्रिवेणी गाउँपालिकाका अध्यक्ष कर्णबहादुर बाँठा, रुण्टनीगढी गाउँपालिकाका अध्यक्ष जनक पुन, परिवर्तन गाउँपालिकाका अध्यक्ष सुकबहादुर बुढालगायत प्रधानमन्त्री निवास पुगेको थिए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

घरदैलोमै पुगेर जन्म र मृत्युदर्ताको प्रमाणपत्र

घोराही । दाङको लमही नगरपालिकाले घरदैलोमै नागरिकलाई जन्म र मृत्यु दर्ताको प्रमाणपत्र वितरण गर्न सुरु गरेको छ । ‘लमही नगर निर्माण महाअभियान’ अन्तर्गत...

इरान-इजरायल द्वन्द्व : दुबईमा विस्फोट, उड्डयन सेवा प्रभावित

दुबई। मध्यपूर्वमा युद्ध तीव्र बन्दै गर्दा संयुक्त अरब इमिरेट्सले अस्थायी रूपमा विमान उडान रोकेको घोषणा गरेको छ। दुबईमा मङ्गलबार बिहान विस्फोट सुन्न सक...

एसईईमा पाल्पाबाट चार हजार सात सय बढीले सहभागी हुने

तानसेन। पाल्पाबाट यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइइ)मा चार हजार ७९२ जना विद्यार्थी सहभागी हुने भएका छन् । आगामी चैत १९ गतेदेखि हुने एसइइ परीक्षा...

पितृशोकमा रहेका ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल आज पितृशोकमा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न गुन्डु पुगेका छन्। पूर्व प्रधानमन्त्री समेत रहेक...

नवनिर्वाचित सांसदहरूले इतिहास लेख्ने अवसर सदुपयोग गर्नुपर्छ: उपसभापति अर्याल

काठमाडौं । रास्वपा का उपसभापति डोलप्रसाद अर्यालले नवनिर्वाचित सांसदहरूलाई इतिहास लेख्ने सुवर्ण अवसर आएको बताउँदै त्यसलाई सदुपयोग गर्न आग्रह गरेका छन्।...

सभापति र वरिष्ठ नेतालाई सम्भव भएसम्म भोलि उपस्थित गराउँछौँ : डीपी अर्याल

काठमाडौं । काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नवनिर्वाचित सांसदहरूका लागि दुई दिने अभिमुखीकरण कार्यक्रम ललितपुरको होटल रोयल टुलिपमा जार...

खोटाङमा हावाहुरी : ३० भन्दा बढी घरमा क्षति, विद्युत सेवा अवरुद्ध

खोटाङ। हावाहुरीका कारण खोटाङमा ३० भन्दा बढी घरको छाना उडेको छ। चैत २ गते दिउँसोदेखि रातिसम्म चलेको हावाहुरीले जिल्लाका घरहरूमा व्यापक क्षति पुर्‍याएको...

रास्वपाको तालिमको उद्घाटनमा रवि र बालेन अनुपस्थित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूका लागि आयोजित अभिमुखीकरण कार्यक्रमको उद्घाटनसत्रमा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन...

नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने अल्टिमेटम

नेपालगन्ज। नेपालगन्ज उपमहानगरपालिकाले सडक अतिक्रमण हटाउन १५ दिने अल्टिमेटम दिएको छ। उपमहानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै सुर्खेत रोडअन्तर्गत धम...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र

गण्डकी। नेपाल पर्यटन बोर्डले पोखरा अन्तराष्ट्रिय विमानस्थल, नागरिक उड्डयन कार्यालय र पर्यटक प्रहरीसँगको सहकार्यमा पर्यटक सूचना केन्द्र सञ्चालन गर्ने भ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: