जनकपुर । अर्थमन्त्री तथा नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेपाली कांग्रेसको आधारभूमि मधेश बलियो नभई कांग्रेस बलियो नहुने बताएका छन् । उनले कांग्रेस एक्लैले मधेशमा बहुमत ल्याउने आधार बनाउनुपर्ने धारणा राखेका छन् ।
जनकपुरमा सुरु कांग्रेसको मधेश प्रदेश प्रथम सम्मेलनलाई बिहीबार सम्बोधन गर्दै उनले भने ,‘मधेश प्रदेश बलियो भयो भने नेपाली कांग्रेस बलियो हुन्छ । मधेश प्रदेशमा कांग्रेसले एक्लैले बहुमत ल्याउने परिस्थिति बनायौं भने देशैभरि कांग्रेसले बहुमत ल्याउँछ ।’ यसका लागि पार्टीमा एकता आवश्यक रहेको उनको भनाइ थियो ।
‘त्यसका लागि पार्टीभित्र एकता आवश्यकता छ । आरोप–प्रत्यारोप होइन, संस्थागत निर्णय गर्ने, छलफल गर्ने र छलफलबाट जे निष्कर्ष निस्कन्छ, त्यो लिएर एक स्वरमा जनताको बीचमा जानुपर्छ,’ उनले भने । प्रवक्ता महतले धेरै जनप्रतिनिधि मधेशले दिएको उल्लेख गर्दै मधेश कांग्रेसको आधारभूमि भएको बताए ।
प्रवक्ता महतले एकताको विषय उठाइरहँदा सम्मेलनमा नेताहरुबीच पदीय मर्यादाअनुसार आसन ग्रहणमै मतान्तर देखिएको थियो । पूर्वउपसभापति विमलेन्द्र निधि र नेता शेखर कोइराला कार्यक्रमको मञ्चमा आसन ग्रहणको विषयलाई लिएर असन्तुष्टि देखियो । निधि मञ्चमा नउक्लिइ दर्शकदीर्घामै बसे भने कोइराला कार्यक्रममा सहभागी हुन आएनन् । उनी सुनसरी दुहबीमा आयोजित पार्टीकै अर्को कार्यक्रममा सहभागी हुन गए ।
अर्थमन्त्री महतले किसान खुसी पार्न आश्वासन बाँडे । अर्थतन्त्रमा निर्णायक सुधार आउने बताएका उनले मधेशका आठवटै जिल्लामा सिँचाइको व्यवस्था गर्ने बताए ।
‘मधेशको आठवटै जिल्लामा सिँचाइको व्यवस्था पनि कांग्रेसले नै गर्नेछ । जति पनि विकास निर्माणको प्रक्रिया अब अगाडि बढ्छ, त्यसको नेतृत्व नेपाली कांग्रेसले गर्नेछ,’ उनले भने ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - ०७:३०
काठमाडौँ । निर्वाचन आयोगले चुनाव प्रचारप्रसारका क्रममा अत्यधिक झण्डा प्रयोग नहोस् भन्ने उद्देश्यसहित नयाँ व्यवस्था प्रस्ताव गरेको छ। आगामी फागुन २१ गत...
पौष २ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ । आज दिउँसो देशभर मौसम मुख्यतया सफा रह...
पौष १ गते, २०८२ - १०:२४
तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका–...
पौष १ गते, २०८२ - १०:२२
स्याङ्जा । स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला बिक्री गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित अर्बकुना सुन्तला उत्पादन कृषक...
पौष १ गते, २०८२ - १०:१९
मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर नजिकैको ‘झारकोट’ गाउँ प...
पौष १ गते, २०८२ - १०:१४
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारीको अन्तिम नामावली सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वज...
पौष १ गते, २०८२ - १०:०५
चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुगेका छन् । बुधबार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल हुँदै ती हात्...
पौष १ गते, २०८२ - १०:०५
म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटमा स्थानीयवासीले सातमुरे पाखो सम्याएर ३५ मिटर लम्बाइ र १५ मिटर चौडाइ भएको खेलमैदान निर्माण गरेका छन्। बेनी नगरपाल...
पौष १ गते, २०८२ - १०:०४
काठमाडौँ । ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र कोरिया एसोसिएसन अफ ट्राभल एजेन्ट्स (काटा) बीच द्विपक्षीय पर्यटन प्रवर्द्धन र सहकार्य सुदृढ गर्...
पौष १ गते, २०८२ - ०९:५९
घनश्याम भुसाल संयोजक रहेको दस्तावेज लेखन समिति गठन




प्रतिकृया लेख्नुहोस्: