काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र विस्तारका लागि आवश्यक जग्गा उपलब्ध गराउन प्रक्रिया सुरु भइसकेको बताएको छन् ।
सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र अङ्ग प्रत्यारोपण समाज नेपालद्वारा संयुक्तरुपमा आज यहाँ आयोजित प्रथम राष्ट्रिय प्रत्यारोपण सम्मेलनमा मन्त्री बस्नेतले प्रधानमन्त्रीको पटकपटकको निर्देशनपछि केन्द्र विस्तारका लागि जग्गा उपलब्ध गराउने प्रक्रिया अघि बढाइएको जानकारी दिए ।
“बिरामीले खचाखच हुने यो केन्द्रको विस्तारका लागि भक्तपुर र नागार्जुनमा चाँडै जग्गा उपलब्ध गराउने छौँ”, उनले भने, “जग्गा उपलब्ध गराउन प्रधानमन्त्रीबाट पटकपटक निर्देशन आइसकेको छ । अब जग्गाको लागि भौँतारिनुपर्र्ने अवस्था छैन । जग्गाको विषय चाँडोभन्दा चाँडो टुङ्गोमा पुर्याउन मन्त्रालय प्रतिबद्ध छ ।” उनले भविष्यमा स्वास्थ्य जनशक्तिको अभाव हुन नदिन तत्काल चिकित्सा शिक्षा ऐनमा संशोधनको आवश्यकता भएको बताए ।
प्रतिनिधिसभा सदस्य राजेन्द्र पाण्डेले चिकित्सा शिक्षा ऐन संशोधन गर्न आवश्यक भएको बताउँदै स्वास्थ्य क्षेत्रमा प्राविधिक जनशक्ति उत्पादनमा चिकित्सा शिक्षा ऐनले बाधा पुगेकाले त्यसलाई संशोधन गर्न आवश्यक भएकामा जोड दिए। ऐन संशोधन नहुँदा ७३ वटा नर्सिङ कलेज बन्द भएका छन्भने रु एक खर्ब ४३ अर्ब चिकित्सा शिक्षा अध्ययन गर्न विदेश जानेले बाहिर लगेका बताए ।
त्यसअवसरमा पूर्वमन्त्री महेश, सांसद रञ्जु झा, केन्द्रका निर्देशक डा पुकारचन्द्र श्रेष्ठले केन्द्रले प्रवाह गरेका सेवाबारे जानकारी दिँदै त्यसलाई अझ सुविधासम्पन्न बनाउनुपर्नेमा जोड दिएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ३ गते, २०८२ - १५:०४
काठमाडौँ । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूको पद तथा गोपनीयताको शपथ ग्रहण र प्रारम्भिक बैठकहरू सिंहदरबारभित्र पुतली बगैँचामा बन्न लागेको नयाँ संसद...
चैत्र ३ गते, २०८२ - १४:२९
घोराही । दाङको लमही नगरपालिकाले घरदैलोमै नागरिकलाई जन्म र मृत्यु दर्ताको प्रमाणपत्र वितरण गर्न सुरु गरेको छ । ‘लमही नगर निर्माण महाअभियान’ अन्तर्गत...
चैत्र ३ गते, २०८२ - १३:५९
दुबई। मध्यपूर्वमा युद्ध तीव्र बन्दै गर्दा संयुक्त अरब इमिरेट्सले अस्थायी रूपमा विमान उडान रोकेको घोषणा गरेको छ। दुबईमा मङ्गलबार बिहान विस्फोट सुन्न सक...
चैत्र ३ गते, २०८२ - १३:३६
तानसेन। पाल्पाबाट यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइइ)मा चार हजार ७९२ जना विद्यार्थी सहभागी हुने भएका छन् । आगामी चैत १९ गतेदेखि हुने एसइइ परीक्षा...
चैत्र ३ गते, २०८२ - १३:०९
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल आज पितृशोकमा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न गुन्डु पुगेका छन्। पूर्व प्रधानमन्त्री समेत रहेक...
चैत्र ३ गते, २०८२ - १३:०२
काठमाडौं । रास्वपा का उपसभापति डोलप्रसाद अर्यालले नवनिर्वाचित सांसदहरूलाई इतिहास लेख्ने सुवर्ण अवसर आएको बताउँदै त्यसलाई सदुपयोग गर्न आग्रह गरेका छन्।...
चैत्र ३ गते, २०८२ - १२:५०
काठमाडौं । काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नवनिर्वाचित सांसदहरूका लागि दुई दिने अभिमुखीकरण कार्यक्रम ललितपुरको होटल रोयल टुलिपमा जार...
चैत्र ३ गते, २०८२ - १२:४२
खोटाङ। हावाहुरीका कारण खोटाङमा ३० भन्दा बढी घरको छाना उडेको छ। चैत २ गते दिउँसोदेखि रातिसम्म चलेको हावाहुरीले जिल्लाका घरहरूमा व्यापक क्षति पुर्याएको...
चैत्र ३ गते, २०८२ - १२:२३
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूका लागि आयोजित अभिमुखीकरण कार्यक्रमको उद्घाटनसत्रमा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन...
चैत्र ३ गते, २०८२ - १२:१७
नेपालगन्ज। नेपालगन्ज उपमहानगरपालिकाले सडक अतिक्रमण हटाउन १५ दिने अल्टिमेटम दिएको छ। उपमहानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै सुर्खेत रोडअन्तर्गत धम...


प्रतिकृया लेख्नुहोस्: