काठमाडौँ । विश्वमै दुर्लभ मानिएका वनस्पति, जडीबुटी र वन्यजन्तुको अवैध ओसारपसार तथा तस्करीका घटनामा ६० प्रतिशतभन्दा बढी अन्तर्राष्ट्रिय सङ्गठित आपराधिक समूहको संलग्नता देखिएको छ । ती समूहले अवैध ओसारपसार र कारोबार गर्दा दैनिकजसो कानुन कार्यान्वयन गर्ने निकायको आँखा छल्दै नयाँ प्रविधि र फरक बाटो प्रयोग गर्ने गरेको तथ्य पनि सार्वजनिक भएको छ ।
वन्यजन्तु र वनस्पतिको लोपोन्मुख प्रजातिमा अन्तर्राष्ट्रिय व्यापारसम्बन्धी महासन्धि (साइटिस) को कार्यालयका अनुसार सन् २०२३ को नोभेम्बरसम्ममा इन्टरपोल र विश्व भन्सार सङ्गठनले अवैध कारोबारमा संलग्न भएका पाँच सयभन्दा बढी व्यक्ति पक्राउ गरेको छ । साइटिस महासविच इभोन हिगुएरोले यो तथ्याङ्कलाई निकै डरलाग्दो अवस्था भएको टिप्पणी गरे । वन्यजन्तु अपराध अनुन्धानमा संलग्न उनले अन्तर्राष्ट्रिय आपराधिक जालोलाई कमजोर पार्न सकिएन भने हाल यस पृथ्वीमा बाँच्न सफल दुर्लभ वन्यजन्तु र वनस्पति लोप भएर जाने सम्भावना रहेको बताए ।
उनले विश्वव्यापी यो अपराधलाई जित्न पक्ष राष्ट्रहरूबिच थप समन्वय र सहयोगका लागि विश्व समुदायलाई आग्रह पनि गरे । महासचिव हिगुएरोले नक्कली कागज र प्रमाण बनाएर, अनुमति पत्रहरू किर्ते गरेर, ओसारपसारको अनुमतिपत्रमा उल्लेख भएभन्दा फरक वस्तु ओसारपसार गर्ने गरेकाले सीमा नाका तथा भन्सार कर्मचारीलाई प्रशिक्षण हुनुपर्नेमा जोड दिए । नेपाल साइटिसको पक्ष राष्ट्र हो ।
साइटिस कार्यालयले दिएको जानकारी अनुसार बरामद भएका मध्ये तीन सय किलोग्रामभन्दा बढी हात्तीका दाँत मात्र छन् । ३० टन वनस्पतिको जरा, डाँठ, पात, फूल तथा फल छन् भने एक सय टनभन्दा बढी कछुवाका अन्डा पनि छन् । सयभन्दा बढी गैँडाको सिङ, बाघका छाला पक्राउ परेका छन् ।
जफत गरिएका मध्ये दुर्लभ चराका अङ्ग, अजिङ्गरका दाँत, बिरालो प्रजातिका वन्यजन्तुका छाला र पित्त, समुद्री प्रजातिका माछाका अन्डा पनि छन् । विभिन्न स्थानमा पक्राउ परेका ४४० पानी जहाजले बोक्न सक्ने साइटिसको अनुसूचीमा परेका रक्तचन्दन जस्ता काठ पनि छन् । यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ११ गते, २०८२ - ०७:४३
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई लगाइएको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग संशोधन गर्ने महान्या...
चैत्र ११ गते, २०८२ - ०७:३४
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारको नेतृत्व सम्हालेको पहिलो दिनदेखि नै प्रशासनिक संरचना परिवर्तनको प्रक्रिया अघि बढाउने तयारी ग...
चैत्र ११ गते, २०८२ - ०७:२६
काठमाडौँ । आज दासत्व पीडितहरूको अन्तर्राष्ट्रिय स्मृति दिवस। मानवअधिकार, समानता र सामाजिक न्यायप्रति विश्वव्यापी प्रतिबद्धता जनाउँदै विश्वका विभिन्...
चैत्र ११ गते, २०८२ - ०७:२३
काठमाडौँ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव कायम रहँदा मौसम आंशिकदेखि सामान्य बदली भएको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हि...
चैत्र ११ गते, २०८२ - ०७:२१
बागलुङ । गण्डकी प्रदेशको प्रसिद्ध शक्ति पीठ बागलुङ कालिका मन्दिरमा भक्तजनको भीड बढेको छ । चैते दसैँको नवदुर्गा सुरु भएयता क्रमशः मन्दिरमा दर्शन गर्न आ...
चैत्र ११ गते, २०८२ - ०७:१९
भोजपुर । बाँदरले दुःख दिन थालेपछि भोजपुरमा खेतीयोग्य जमिन बाँझो हुने क्रम बर्सेनि बढेको छ । बाँदरबाट अन्नबाली जोगाउन नसक्ने अवस्था भएपछि किसानहरू खेती...
चैत्र ११ गते, २०८२ - ०७:११
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज (बुधबार) प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीलाई पद तथा गोपनीयताको शपथ ...
चैत्र १० गते, २०८२ - ०९:२१
काठमाडौं । भारतको उत्तराखण्ड राज्य सरकारका अधिकारीले छ वर्षको अन्तरालपछि यसै वर्षबाट भारत र चीनले लिपुलेक पास हुँदै सीमा व्यापार गर्ने धारणा राखेको वि...
चैत्र १० गते, २०८२ - ०९:१५
रौतहट । गत शुक्रबार र शनिबार परेको बेमौसमी वर्षाले रौतहटमा सञ्चालित विभिन्न इँटा उद्योगको लाखौँ मूल्यबराबरका काँचो इँटामा क्षति पुर्याएको छ । यहाँका ५...
चैत्र १० गते, २०८२ - ०९:१२
काभ्रे । जिल्ला विपद् व्यवस्थापन समितिले बाढीपहिरोले क्षति पुर्याएको डेढ वर्षपछि स्थायी आवास निर्माणार्थ पीडितको नामावली सिफारिस सुरुआत गरेको छ । समित...


प्रतिकृया लेख्नुहोस्: