चितवन । सुन्तला खेतीबाट मात्रै इच्छाकामना गाउँपालिकाका किसानले मनग्य आम्दानी लिने भएका छन् । यहाँ रहेका चार सय ५० भन्दा बढी किसानले यस वर्षमात्रै रु १० करोड आम्दानी लिने भएका हुन् ।
गाउँपालिकाको कृषि विकास शाखाका अनुसार यहाँका किसानले उत्पादन गरेको सुन्तलाले राम्रो मूल्य पाएपछि यस वर्ष आम्दानी धेरै हुने भएको छ । शाखाका प्रमुख आशिष त्रिपाठीका अनुसार अहिले किसानको बारीबाट रु ७५ देखि ९० सम्ममा सुन्तला बिक्री हुने गरेको छ । यहाँ यस वर्ष ८० हेक्टर क्षेत्रफलमा सुन्तलाखेती गरिँदै आएको छ । त्यसमध्ये ६० हेक्टर क्षेत्रफलमा सुन्ताला उत्पादन भएको उनले बताए ।
गाउँपालिकामा लगाइएका २० हजार बोटमध्ये १५ हजार बोटले उत्पादन दिएको उनले जानकारी दिए। उनले भने, “उत्पादनका हिसाबले अघिल्लो वर्षको तुलनामा कम हो, उत्पादन कम भए पनि किसानले मूल्य भने राम्रो पाएका छन् ।” गत वर्ष कृषि ज्ञान केन्द्रबाट सुन्तला खेती क्षेत्र विस्तार कार्यक्रमअन्तर्गत पाँच हजार एक सय बिरुवा लगाइएको थियो । सो कारणले गत वर्षको तुलनामा क्षेत्रफल बढे पनि उत्पादन हुने क्षेत्रफल विस्तार हुन नसकेको उनले बताए ।
उनका अनुसार ६० हेक्टर क्षेत्रफलमा उत्पादन लिँदै गर्दा गत वर्षको तुलनामा यस वर्ष १२ प्रतिशत उत्पादन घटेको छ । गत वर्ष यहाँ एक हजार छ सय ५० मेट्रिकटन सुन्तला उत्पादन भएकामा यस वर्ष घटेर एक हजार पाँच सय मेट्रिकटन उत्पादन भएको शाखा प्रमुख त्रिपाठीले बताए । जिल्लाको एकमात्र पहाडी क्षेत्र रहेको इच्छाकामना गाउँपालिका र भरतपुर महानगरपालिका–२९ को पहाडी क्षेत्रमा सुन्तला उत्पादन हुँदै आएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २ गते, २०८१ - १७:१३
काठमाडौं । सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएको छ । जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्टाउँदै उनलाई निर्दोष ठहर गर...
जेष्ठ २ गते, २०८१ - १७:१०
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले काठमाडौको रत्नपार्कमा अपाङ्गता भएका व्यक्तिहरुको धर्ना, अनसन तथा सडक आन्दोलन भइरहेकोमा आजको शान्तिपू...
जेष्ठ २ गते, २०८१ - १६:४९
काठमाडौँ । डिल्लीराम खनाललाई अदालतले धरौटीमा रिहा गर्न आदेश गरेको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश खेमराज भट्टले सहकारी घोटालामा संलग्न आरोपमा फर...
जेष्ठ २ गते, २०८१ - १६:३३
काठमाडौँ । नेपाली क्रिकेटर दीपेन्द्र सिंह ऐरी आइसीसीको टी-२० को अलराउण्डर वरियतामा टप टेनमा परेका छन् । आइसीसीले सार्बजनिक गरेको पछिल्लो वरियतामा ए...
जेष्ठ २ गते, २०८१ - १६:०९
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा दुवै पक्षका वकिलको बहस साथै जवाफी बहस भर्खरै सकिएको छ । फैसला हुन अघि न्यायाधीशले होटलको सीसीटीभी फु...
जेष्ठ २ गते, २०८१ - १६:०४
काठमाडौँ । सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच छलफल भएको छ । बुधबार भएको भेटवार्तामा दुई न...
जेष्ठ २ गते, २०८१ - १५:३९
काठमाडौँ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि स्वीडेनका राजदूत जन थेलेफले शिष्टाचार भेटवार्ता गरेको छन् । आज भएको भेटमा उ...
जेष्ठ २ गते, २०८१ - १५:१२
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विचार पुर्याएर बोल्न नेपाली कांग्रेसका नेताहरुलाई चेतावनी दिएका छन् । पार्टीको संसदीय दलको बैठकमा...
जेष्ठ २ गते, २०८१ - १५:०८
म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ राहुघाटमा ठेक्का सम्झौता भएको २७ महिनापछि सबस्टेसन निर्माण सुरु भएको छ । नेपाल विद्युत् प्राधिकरणले मा...
जेष्ठ २ गते, २०८१ - १४:५०
गठबन्धनमा निर्भर हुँदा पार्टीप्रति आकर्षण घट्यो, सानो मेहनतले फर्किँदैन
प्रतिकृया लेख्नुहोस्: