Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

गुणस्तर र व्यवसायी तथा सीपमूलक शिक्षा प्रदान गर्न सके थप शिक्षाको विकास हुन्छ मन्त्री बस्नेत

बालशिक्षालाई विद्यालय बस

खबरडबली संवाददाता

सिन्धुपाल्चोक  । ​बालशिक्षा माध्यमिक विद्यालय खाडिचौरलाई विद्यालय बस हस्तान्तरण गरिएको छ । सोमबार विद्यालयको ५९ औ  वार्षिकोत्सव तथा अभिभावक भेलाको कार्यक्रममा अरनिको यातायात समितिका अध्यक्ष केदार क्षेत्रीले विद्यालयको स्वामित्वमा रहने गरी विद्यालयलाई बस सहयोग गरेका हुन् ।

विद्यालयको वार्षिकोत्सव कार्यक्रममा पुगेका स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले विद्यालय व्यवस्थापन  तथा विद्यालय परिवारलाई हस्तान्तरण गरेका हुन् । बस हस्तान्तरण गर्दै मन्त्री बस्नेतले सामुदायिक विद्यालयलाई मजबुत बनाएर लगे शिक्षामा फड्को मार्न सकिने बताए । 'शिक्षा क्षेत्र देशको मेरुदण्ड हो, हामीले शिक्षालाई गुणस्तर र  व्यवसायी तथा सीपमूलक शिक्षा प्रदान गर्न सके थप शिक्षाको विकास हुन्छ,' उनले भने, 'हामीले सामुदायिक विद्यालयलाई मजबुत बनाएर लगे शिक्षामा फड्को मार्न सकिन्छ ।'

त्यस्तै बस सहयोग गरेका क्षेत्रीले शिक्षा क्षेत्रको सुधार र विद्यार्थीलाई सहज हुने उद्देश्यले बस सहयोग गरेको सुनाए । उनी भन्छन्, 'शिक्षा क्षेत्रको सुधार र विद्यार्थीलाई सहज हुने उद्देश्यले बस सहयोग गरेको क्षेत्रीयले हु । हामीले सरकारी विद्यालयलाई सुधार र शिक्षामा गुणस्तर बनाउँदै अघि बढ्नु पर्ने छ । शिक्षा विकासको मेरुदण्ड हो त्यसैले आफूले विद्यालयलाई व्यक्तिगत सहयोग गरेको हुँ ।'

अहिले विद्यालयमा एउटा बस मात्रै छ । यो दिँदा दुईवटा हुन्छ त्यसैले आउने दिनमा विद्यालय र विद्यार्थीलाई सहज हुने उनले बताए । विद्यालय बस संचालन गर्न विद्यालय कोषमा स्वास्थ्य मन्त्री बस्नेतले ५१ हजार सहयोग गरेका छन् ।

त्यस्तै बागमती प्रदेशमा वन तथा वातावरण मन्त्री मसिना खड्काले ५१ हजार सहयोग गर्ने प्रतिबद्धता दिएकी छन् ।

त्यस्तै बलेफी ७ का वडा अध्यक्ष गृबिन्द्र चौलागाईंले २ लाख सहयोग गरेका छन् भने काङ्ग्रेस नेता बुद्धराज बस्नेतले १ लाख सहयोग गरेका छन् । अहिले  बालशिक्षा माध्यमिकमा  झन्डै ५ सय विद्यार्थी अध्ययनरत छन् ।  विद्यालय २०२२ सालमा स्थापना भएको हो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चोरीको आरोपमा समातिएका युवकको प्रहरी हिरासतमा मृत्यु

काभ्रेपलाञ्चोक । इलाका प्रहरी कार्यालय मंगलटारको हिरासतभित्र रहेको शौचालयमा झुण्डिएको अवस्थामा एक युवक मृत फेला परेका छन्। भ्रेपलाञ्चोकको रोशी गाउँपाल...

निर्वाचन ८० दिन बाँकी : चुनावी खर्च पारदर्शी बनाउने आयोगको प्रस्ताव

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते तय प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सार्वजनिक गरेको निर्वाचन आचारसंहिता–२०८२ मा चुनावी खर्च प...

आज कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले आज (साेमबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ३७ पैसा...

नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेक...

चितवनका गाईभैँसीमा खोरेत रोगको समस्या

चितवन । चितवनमा गाईभैँसीमा खोरेत रोगको समस्या देखिएको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिका र भरतपुर महानगरमा पालिएका पशुमा खोरेतको समस्या देखिएको हो ।...

एमालेको ११औं महाधिवेशन: बन्दसत्र १ बजे सुरु हुने गरी फेरि सारियो

काठमाडौं। नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्र फेरि सारिएको छ। बिहानै सुरु गर्ने तयारी गरिएको यस बन्दसत्र सवा १२ बजेलाई सारिएको थियो भने, अब दिउ...

विश्वम्भरको जर्बुटा कला: प्रकृतिसँगको अनौठो संवाद

ललितपुर  ।  सिन्धुलीको कमलामाई नगरपालिका वड नं ७ मा अवस्थित विश्वम्भर लामिछानेको निवास मात्र एउटा घर होइन, यहि घरमा अवस्थित उनको निजी सङ्ग्रहालय नै दे...

जनप्रतिनिधिमार्फत शासन सञ्चालन हुने अवस्था छिटो स्थापित गर्न साझा प्रतिबद्धता जरूरी’ : उपसभामुख राना

काठमाडौँ । उपसभामुख इन्दिरा रानाले संसद्को सर्वोच्चता कायम राख्दै संविधानले परिकल्पना गरेअनुसार छिटो जनप्रतिनिधिमार्फत शासन सञ्चालन हुने अवस्था स्थापि...

संसदीय अभ्यासले राजनीतिक परिपाटी निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याएको छः उपाध्यक्ष घिमिरे

काठमाडौँ । राष्ट्रियसभाकी उपाध्यक्ष विमला घिमिरेले संसदीय अभ्यासले वर्तमान राजनीतिक परिपाटी निर्माण गर्न महत्वपूर्ण योगदान पुर्‍याएको बताएकी छिन् । सं...

भृकुटीमण्डपको सुरक्षा कडा, एमाले बन्दसत्र केही ढिलो हुने

काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको दोस्रो दिन आज भृकुटीमण्डपमा बन्दसत्रको तयारी सुरु भएको छ । उच्च सुरक्षा व्यवस्थाका बीच सञ्चालन हुन...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending