Khabar Dabali ७ माघ २०८२ मंगलवार | 20th January, 2026 Tue
Investment bank

देउवालाई प्रधानमन्त्री हुन छेक्ने गण्डकी कांग्रेसको प्रस्ताव

खबरडबली संवाददाता

पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेशको प्रथम प्रदेश सम्मेलनले प्रधानमन्त्री एकै व्यक्ति दुईपटकभन्दा बढी हुन नहुने प्रस्ताव गरेको छ । यही पुस ३ र ४ गते सम्पन्न सम्मेलनमा भएका गतिविधि र निर्णय सार्वजनिक गर्न आज कांग्रेस गण्डकी प्रदेश समितिले विज्ञप्ति जारी गर्दै सम्मेलनमा पारित प्रस्तावबारे जानकारी गराएको हो ।

कांग्रेस गण्डकी प्रदेशका प्रवक्ता माधवप्रसाद बास्तोला (मधु)ले विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेसका केन्द्रीय सभापति शेरबहादुर देउवाले उद्घाटन गरेको गण्डकी प्रदेशको प्रथम सम्मेलनमा पार्टीका गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले अवधारणापत्र र महामन्त्रीद्वय किरणबाबु श्रेष्ठ र विष्णुप्रसाद लामिछाने क्रमशः सङ्गठनात्मक र राजनीतिक प्रतिवेदनका साथै कोषाध्यक्ष वसन्तकुमार श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरेको जानकारी दिएका छन् ।

प्रतिवेदनमा उल्लेखित नेपालको संविधानमा गर्नुपर्ने संशोधन र पार्टीको विधानमा गर्नुपर्ने संशोधनलाई साथै अन्य प्रस्तावलाई आसन्न महासमिति बैठक र केन्द्रमा प्रस्तुत गरिने विज्ञप्तिमा जनाइएको छ ।

प्रवक्ता बास्तोलाका अनुसार सम्मेलनले केन्द्रीय सदस्य पदावधि समाप्त भएपछि एकपटकका लागि स्वतः महाधिवेशन प्रतिनिधि हुने वर्तमान विधानको धारा खारेज गरी वडा तहबाट नै निर्वाचनमा भाग लिने व्यवस्था गर्ने प्रस्ताव गरेको छ ।

संविधानमा व्यवस्था गरिएको समानुपातिक प्रतिनिधित्व निर्वाचन प्रणाली खारेज गरिनुपर्ने, पार्टीको विधानमा भएको लोकतन्त्रको ठाउँमा प्रजातन्त्र लेखी संशोधन गरिनुुपर्ने, नैतिक शिक्षा, निःशुल्क स्वास्थ्य, भ्रष्टाचारको अन्त्य र रोजगारी तथा सुशासनलाई पहिलो प्राथमिकता पाउनुपर्ने सम्मेलनले प्रस्ताव गरेको छ ।

क्रियाशील सदस्यको वितरणलाई सरलीकरण गर्ने, पार्टीमा रहेको बहुपदीय पदाधिकारी व्यवस्थालाई खारेज गर्ने, प्रदेश समितिलाई अधिकार सम्पन्न बनाउँदै लैजानुपर्ने, प्रदेश संरचनाका टिकट प्रदेश समितिबाट वितरण हुनुपर्ने प्रस्ताव गरिएको बास्तोलाले बताए ।

व्यावसायिक, वैज्ञानिक र नैतिक शिक्षा प्रणाली लागू गरी देशमा उद्योग, उत्पादन र रोजगारीको ग्यारेण्टी गराई युवालाई रोजगारका साथै विदेश पलायन हुनबाट रोक्ने कांग्रेसको प्रस्ताव छ ।

आफ्नै कार्यालय भवन निर्माण गर्ने, पार्टीलाई प्रविधिमैत्री बनाई कांग्रेसका कार्यकर्तालाई अनुशासित एवं विचार प्रधान बनाउने र पार्टीलाई नीति नियमअनुसार सञ्चालन गर्ने, प्रशिक्षण कार्यक्रम गरी पार्टीभित्र मूल्याङ्कन पद्धति, गुटबन्दीको अन्त्य गर्न इमान्दार र क्षमतावान् कार्यकर्तालाई जिम्मेवारीमा राख्ने सम्मेलनको प्रस्ताव छ ।

राष्ट्रिय मूलधारमा सबैको पहुँच पुर्‍याउन पार्टीभित्र सबै वर्ग र समुदायलाई प्रशिक्षण, क्रियाशीलता र प्रतिनिधि मुलुक बनाउने व्यवस्था गर्ने, पार्टीको साख बचाइराख्न राष्ट्रिय, प्रादेशिक र स्थानीय निर्वाचनमा गठबन्धन गर्न नहुने कांग्रेसले भनेको छ ।

नेपाली कांग्रेसबाट सरकारमा रहँदा वा नरहँदा भएका सबै प्रकारका गल्ती, कमजोरीको आत्माआलोचना गर्दै त्यस्ता गल्ती नदोहोर्‍याउने, सत्ता र शक्तिमा वा लाभको पदमा सधैँभरि सीमित मान्छेको हाबी भएको परिस्थितिलाई अन्त्य गरी निश्चित मापदण्ड बनाई वैज्ञानिक प्रणाली लागू गर्नुपर्ने प्रस्ताव गरिएको बास्तोलाले जानकारी दिए । 

प्रदेश सभापातिको मर्यादाक्रमलाई केन्द्रीय पदाधिकारीसँगै राख्नुपर्ने र पार्टीभित्रको सबै तहमा प्रोटोकलको व्यवस्था गर्नुपर्ने, निर्वाचित जनप्रतिनिधि र पार्टीबीचको सम्बन्धलाई प्रगाढ बनाउनुपर्ने र पार्टीको निर्देशनअनुसार पार्टीबाट निर्वाचित जनप्रतिनिधि पार्टीप्रति पनि उत्तरदायित्व बनाउनुपर्ने प्रदेश सम्मेलनको प्रस्ताव छ ।

पार्टीका पर्व र तिथिमितिलाई व्यवस्थितरुपमा मनाउने र कार्यान्वयनमा ल्याउने, निर्वाचन क्षेत्र प्रदेशसभाका सभापतिलाई महाधिवेशन प्रतिनिधिसरह मान्यता दिनुपर्ने र प्रदेश प्रतिनिधिलाई मात्र प्रदेश कार्यसमितिमा उम्मेदवार बन्ने व्यवस्था मिलाउनुपर्ने कांग्रेसले जनाएको छ ।

नेपालको संविधानमा रहेको धर्म निरपेक्षको ठाउँमा वैदिक सनातन, धार्मिक स्वतन्त्रता राख्ने गरी संविधान संशोधनमा नेपाली कांग्रेसले नेतृत्व लिनुपर्ने विज्ञप्तिमा भनिएको छ । गण्डकी प्रदेश सम्मेलनबाट पारित अवधारणापत्रलाई नेपाली कांग्रेसको सञ्चित सम्पत्तिका रुपमा ग्रहण गरी देशभर लागू गराउने गरी विधानमा व्यवस्था मिलाउन केन्द्रीय कार्यसमितिसमक्ष अनुरोध गरी पठाइएको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गगनसँग देउवा र शेखर समूहले पनि खोज्यो टिकट, धुम्बाराहीको होटलमा गोप्य वार्ता

काठमाडौं । नेपाली कांग्रेसभित्र चुनावी टिकट वितरणलाई लिएर तीनै प्रमुख गुटका नेताहरू सक्रिय बनेका छन्। यही विषयमा सहमति खोज्ने प्रयासस्वरूप गएराति काठम...

आज उम्मेदवार टुंगो लगाउँछौँ, ‘रुख’ चिह्न लिएर आउनेलाई जिताउन लाग्नुस् : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले उम्मेदवार चयन प्रक्रियामा विधान र पुरानो संरचनाका कारण आफ्नो हात बाँधिएको बताएका छन्।  सामाजिक स...

पर्साका ६२ मतदानस्थल ‘अतिसंवेदनशील’

पर्सा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि पर्सा जिल्ला सुरक्षा समितिले सुरक्षा तयारी तीव्र पारेको छ। जिल्लाभर रहेका कुल १६७...

सुदूरपश्चिममा देउवापछि को ?

काठमाडौं । ‘सुदूरपश्चिममा शेरबहादुर देउवाको उत्तराधिकारी को ?,’ तीन महिनाअघि कांग्रेसको आन्तरिक राजनीति सामान्य रहेकै बेला सुदूरपश्चिममा कार्यकर्ताबीच...

पूर्वमन्त्री यादव र वीरगञ्ज महानगर प्रमुख सिंह एमालेमा प्रवेश, इस्तियाक राई पनि सूर्य चिह्न लिएर उठ्ने

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल परित्याग गरेर पूर्वमन्त्री प्रदीप यादव नेपाल कम्युनिस्ट पार्टी एमालेमा प्रवेश गरेका छन्। उनीसँगै वीरगञ्ज महान...

अमरेश सिंहलाई साथ लिएर बालेनले गरे जानकी मन्दिर दर्शन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले आज बिहानै जानकी मन्दिरमा पुगेर दर्शन गरेका छन्। हिजो साँझ जनकपुरधाम पुगेका श...

यस्ता छन् प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्दा पेस गर्नुपर्ने कागजात

काठमाडौँ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ यही मङ्गलबार उम्मेदवारको मनोनयन गर्दा हुँदैछ । निर्वाचन कार्यतालिका...

चिसो छल्न बस्ती छाडेपछि सुनसान छ खुम्बु क्षेत्र

सोलुखुम्बु । हरेक वर्षको हिउँदयाममा खुम्बु क्षेत्र सुनसान बन्ने गर्छ । यहाँका स्थानीयहरू चिसो छल्न बेँसी झर्ने भएकाले हिउँदयाममा खुम्बूक्षेत्र सुनसान ...

सोनाम ल्होसारले समृद्ध मुलुक निर्माण गर्न ऊर्जा प्रदान गरोस्: राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सोनाम ल्होसार पर्वले सबै नेपालीबिचको एकतालाई अझ सुदृढ गर्दै आर्थिक र सामाजिक रूपले समृद्ध मुलुक निर्माणका लागि...

पूर्वीनाकाबाट सात अर्बको अलैँची निर्यात, छुर्पी र मुसुरो दालको व्यापारमा पनि उछाल

झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको पहिलो छ महिनामा नेपालका रैथाने उत्पादनहरूको निर्यातमा उत्साहजनक वृद्धि देखिएको छ। साउनदेखि पुस ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending