Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

इमरान खानको उम्मेदवारी रद्द, पिटीआईका अन्य नेतामाथि पनि चुनाव लडन प्रतिबन्ध

खबरडबली संवाददाता

काठमाडौं । कारागारमा रहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र उनका अधिकांश समर्थकहरूलाई आगामी फेब्रुअरी ८ मा हुने निर्वाचनका लागि उम्मेदवारका रूपमा अस्वीकार गरिएको छ । पार्टीका अधिकारीहरूले आइतबार मतपत्रका लागि मनोनयन बन्द भएपछि सो कुरा बताएका हुन् । 

पूर्वप्रधानमन्त्री अगस्टदेखि कारागारमा छन् र उनले धेरै मामिलामा मुद्दाको सामना गरिरहेका छन् । उनले आफ्नो पाकिस्तान तेहरिक–ए–इन्साफ (पिटिआई) पार्टीको प्रमुखका रूपमा निर्वाचन लड्नबाट रोक्नका लागि षड्यन्त्र गरिएको बताएका छन् । 

पूर्वक्रिकेट स्टार खानलाई यस वर्षको सुरुमा भ्रष्टाचारमा दोषी पाइएको थियो तर एक अदालतले उनको तीन वर्षको सजायलाई निलम्बित गरिदिएको छ र अभियोगविरुद्ध पुनरावेदन भइरहेको छ । 

पाकिस्तानको निर्वाचन आयोग (इपिसी)ले दोषी ठहर भएपछि उनलाई पदबाट अयोग्य घोषणा गरेको छ तर पिटिआईले त्यसको बेवास्ता गर्दै खानका लागि उम्मेदवारी दर्ता गर्यो । पिटिआईका प्रवक्ता रउफ हसनले भने, “इमरान खानसहित पिटिआईका करिब सबै राष्ट्रिय तथा प्रान्तीय नेताहरूको उम्मेदवारी अस्वीकार गरिएको छ, हाम्रा ९० देखि ९५ प्रतिशत उम्मेदवारको कागजपत्र रद्द भएको छ ।”

उनले पिटिआईलाई छ सातामा हुने निर्वाचनमा लड्नबाट रोक्नका लागि ‘एजेन्डा’ अन्तर्गत रोक्ने काम भइरहेको बताए । “यसका लागि सबै रणनीति अपनाइएको छ तर हामी कुनै पनि हालतमा राजनीतिक मैदान छाड्ने छैनौँ र निर्वाचन बहिष्कार पनि गर्दैनौँ ।”

निर्वाचन आयोगका एक अधिकारीले खानसहित पिटिआईका विभिन्न उम्मेदवारहरूलाई उनीहरूको सजायका आधारमा उम्मेदवारी खारेज गरिएको पुष्टि गरेका छन् । 

राजनीतिक विश्लेषक हसन अस्कारीले कुनै एक पार्टीविरुद्ध यति व्यापक कारवाही पाकिस्तानमा ‘अभूतपूर्व’ रहेको बताए । “मुलुकको इतिहासमा कुनै राजनीतिक दल निर्वाचनअघि यति ठूलो मात्रामा निर्वाचन प्रक्रियाबाट बाहिरिएको यो पहिलो पटक हो”, उनले भने, “राज्य संस्थाहरू पिटिआईलाई कुनै पनि हालतमा निर्वाचन लड्नबाट रोक्न चाहन्छन् र पिटिआईले राहत पाउने सम्भावना अत्यन्त कम छ ।”

निर्वाचन आयोगले जनवरी २३ मा उम्मेदवारहरूको अन्तिम नामावली घोषणा गर्दैछ । पिटिआईले उसलाई मतदान प्रक्रियाबाट बाहिर पारिएको दाबी गर्दै यसबाट निर्वाचन आयोग र विभिन्न अदालतमा पुनरावेदन गर्ने सम्भावना कम छ । 

पिटिआईका प्रवक्ता हसनले भने, “हामी निर्वाचनमा रहने छौँ, प्रत्येक निर्वाचन क्षेत्रमा यी सबै फैसलाविरुद्ध पुनरावेदन दर्ता गर्नेछौँ र आफ्ना सबै संवैधानिक, कानूनी र राजनीतिक विकल्पहरू प्रयोग गर्नेछौँ ।”

एकहत्तर वर्षीय खानलाई सन् २०१८ मा सत्तामा समर्थन गर्ने पाकिस्तानको शक्तिशाली सैन्य नेताहरूसँगको मतभेदपछि गत वर्ष अपदस्थ गरिएको थियो । विरोधमा उनले मुलुकको अधिकांश इतिहासमा प्रत्यक्ष शासन गर्ने सैन्य प्रतिष्ठानविरुद्ध अवज्ञाको अभूतपूर्व अभियान चलाए ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इरानले अमेरिकासँग वार्ताको प्रस्ताव अस्वीकार गर्दा झल्कियो गहिरो अविश्वास

काठमाडौं । यो साता अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिका र इरानबीच युद्ध अन्त्यलाई लिएर "एकदमै राम्रो र उत्पादक संवाद" भएको बताए। तर इरानको प्रति...

घाँटीमा मासु अड्किँदा डोटीमा एक जनाको मृत्यु

डोटी । खाना खाने क्रममा घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु भएको छ ।  जिल्लाको आदर्श गाउँपालिका–७ दहकालीकाका ५० वर्षीय काले नेपालीको मास...

बालेन्द्र सरकारमा यी हुन् सम्भावित मन्त्रीका नाम, एक तिहाइ महिला समेट्ने प्रयास

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह आज प्रधानमन्त्रीमा नियुक्त हुँदै छन् ।  राष्ट्रपति कार्यालयका प्रवक्ता ...

अवैध रूपमा सञ्चालित क्रसरबाट नुवाकोटका स्थानीयवासी पीडित

विद्यालय र अस्पताल झनै समस्यामा

अधिकांश विदेशी मुद्राको भाउ घट्यो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अधिकांश विदेशी मुद्राको भाउ ...

दाङमा मोटरसाइकल दुर्घटना हुँदा पछाडि बस्ने युवकको मृत्यु, चालक गम्भीर घाइते

दाङ । दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। घोराही उपमहानगरपालिका–१० सौडिकुलामा मोटरसाइकल दुर्घटना भएको हो।   जिल्ला प्रहरी का...

प्रधानमन्त्रीको शपथ लिँदै बालेन

काठमाडौँ ।  मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र प...

लागुऔषधसहित विभिन्न स्थानबाट चौध जना पक्राउ

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । उनीहरूलाई बुधबार र बिहीबार पक्राउ गरिएको हो ...

परम्परा तोड्दै ‘कोर्ट म्यारिज’ प्रति आकर्षण बढ्दो

काठमाडौँ । यही चैत ११ गतेका दिन कालो जिन्सको ज्याकेट र पेन्टमा जिल्ला अदालत काठमाडौँ परिसरमा भेटिएका बाजुरा त्रिवेणी नगरपालिका–७ का लोकेशकुमार अयडी नि...

चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

काठमाडौँ । चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी देशभर मनाइँदै छ । त्रेता युगमा...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending