Khabar Dabali १५ असार २०८३ सोमबार | 29th June, 2026 Mon
Investment bank

कतारमा समस्यामा परेका पाँच नेपाली महिलाको उद्धार

खबरडबली संवाददाता

काठमाडौं । कतारले अलपत्र पाँच जना नेपाली महिलालाई उद्धार गरी नेपाल फर्काएको छ । चार महिनाअघि वेटर र क्लिनिङ कामका लागि कतार पुगेका उनीहरूलाई एनसीसी कतारको श्रमिक विभागले उद्धार गरी नेपाल पठाएको हो ।

रेसनल ओभरसिज प्रालि नामक म्यानपावरमार्फत कतार पुगेका उनीहरू सेभा बेस्ट क्लिनिङ हस्पिटालिटी कम्पनीमा कार्यरत रहेको अवस्थामा अलपत्र परेका थिए । एनआरएनए कतारका द्वितीय उपाध्यक्ष केशव कार्कीका अनुसार उनीहरूलाई लामो समयदेखि कम्पनीले काम र तलबसमेत नदिइराखेको र पछि पीडितहरूले उजुरी गर्दा कम्पनीले उल्टै उनीहरूलाई ‘रन वे केस’ हाल्दा थप समस्यामा परेका थिए ।

‘पीडितहरू कम्पनी छाडेर भागेका होइनन्, कम्पनीले तलब र काम नदिएपछि केस गरेका थिए,’ उपाध्यक्ष कार्कीले भने, ‘तर, उनीहरूले केस गरेपछि कम्पनीले उल्टै आफू जोगिनका लागि उनीहरू भागेको भनेर केस गरेको रहेछ, त्यसपछि एनआरएनएको श्रम विभागमा गुनासो आएपछि उद्धार गरेर स्वदेश फर्काएका हौं ।’

उनीहरूमध्ये तीन जनालाई १५ डिसेम्बरमा र बाँकी दुई जनालाई २ जनवरीमा नेपाल पठाउन सफल भएको श्रमिक विभागका उपसंयोजक बिक्की गैरेले बताए । एनसीसीको श्रमिक विभागले कतारको कानुनअनुसार आवश्यक प्रक्रिया र टिकटको समेत व्यवस्था गरेको थियो ।

साथै, विदेश आउँदा पहिला कम्पनीको विषयमा राम्रोसँग बुझेर र रोजगारका लागि जाने मुलुकको कानुनका बारेमा राम्रोसँग बुझेर मात्रै वैदेशिक रोजगारका लागि आउन पनि एनआरएनए कतारले सबैमा अनुरोध गरेको छ । राजधानी दैनिकबाट

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वर्षा नहुँदा बाँकेका खेतका फाँट धुलाम्मे

नेपालगन्ज । यस वर्ष असारमा पनि पर्याप्त वर्षा नहुँदा बाँकेका खेतका फाँट धुलाम्मे देखिएका छन् । जिल्लाका केही स्थानमा बीउ राखेको खेतको ब्याडमा धाजा फाट...

बिहानै भैँसीपाटीमा सिमेन्ट बोकेको ट्रक दुर्घटना

काठमाडौं । ललितपुरको भैँसीपाटीस्थित रेडियो नेपालको टावर नजिक सोमबार बिहान सिमेन्ट बोकेको ट्रक अनियन्त्रित भएर सडक किनारको घरमा ठोक्किएको छ। बिहान क...

‘धानमा आत्मनिर्भर’को नारा, बिउमा भारत–चीनकै भर

काठमाडौं । सरकारले २३औँ राष्ट्रिय धान दिवस यस वर्ष ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने नारासहित मनाइरहेको छ। तर, यही आत्मनिर्भर...

आज असार १५ : दही–चिउरा खाएर देशभर राष्ट्रिय धान दिवस मनाइँदै

काठमाडौं । नेपाली कृषकहरूको प्रमुख पर्व मानिने असार १५ आज देशभर दही–चिउरा खाएर तथा धान रोपाइँ गर्दै मनाइँदै छ। यस दिनलाई राष्ट्रिय धान दिवस तथा दही–चि...

साउदीको अरामको हेलिकप्टर दुर्घटना, १४ जनाको मृत्यु

काठमाडौं । साउदी अरबको पूर्वी तटीय क्षेत्र रास तनुरामा आइतबार तेल कम्पनी अरामकोको हेलिकप्टर दुर्घटना हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। साउदी प्...

जुवातास खेलिरहेका अवस्थामा २१ जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जुवातास खेलिरहेका अवस्थामा विभिन्न स्थानबाट २१ जनालाई पक्राउ गरेको छ। काठमाडौँ महानगरपालिका–१३ सोल्टीमोडमा डेरागरी बस्ने ...

जानकी प्लास्टिक उद्योगमा प्रहरीको छापा, ‘नक्कली’ पाइप रातारात गायब

काठमाडौं । मार्वल ब्रान्डको नाम र ट्रेडमार्क दुरुपयोग गरी नक्कली बोरवेल पाइप उत्पादन तथा बिक्री गरेको आरोपमा प्रहरीले धनुषाको लक्ष्मीनिया गाउँपालिका–स...

रानी बोर्डरमा बसेर भारतीय सवारीसाधनलाई दुःख दिने बिचौलिया पक्राउ

विराटनगर । विराटनगर रानी बोर्डर स्थित पुरानो भन्सार कार्यालय परिसरमा बिना अनुमति बिचौलियाको भूमिका खेली भारतीय सवारीसाधनलाई दुःख दिएको आरोपमा मोरङ प्र...

सङ्खुवासभामा चट्याङ लागेर महिलाको मृत्यु

काठमाडौँ  । सङ्खुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ। आइतबार चट्याङ लागेर ३९ वर्षीय कुमारी राईको मृत्यु भएको...

सुस्तावासीको चेतावनी : ‘नागरिकता र भूमि अधिकार नदिए सिंहदरबार घेर्छौं’

रुपन्देही । पुस्तौँदेखि नेपाली भूमि जोगाउँदै आएका नवलपरासीको सुस्ताका बासिन्दाले अब आफ्नो आन्दोलन काठमाडौं केन्द्रित बनाउने घोषणा गरेका छन्। नागरिकता,...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending