काठमाडौं । नेपाल-भारत परराष्ट्र मन्त्रीस्तरीय बैठक अहिले केही बेरमा बस्दैछ । बैठकका लागि भारतीय बिदेश मन्त्री यस जयशंकर केही बेर अघि काठमाडौंमा अवतरण गरेका छन ।
त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा उनलाइ नेपालका समकक्षी परराष्ट्र मन्त्री एनपी साउँदले स्वागत गरेका थिए । त्रिभुवन बिमानस्थलमा स्वागत ग्रहण गरे लगत्तै भारतीय बिदेश मन्त्री यस जयशंकरले शितलनिवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटबार्ता गर्नेछन भने त्यसपछि १२ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटबार्ता गर्नेछन् ।
दिउँसो १ बजे देखी होटल याक एन्ड यति, दरबारमार्गमा दुइ देशका बिचमा औपचारिक बैठक सुरू हुनेछ । जसमा दुवै देशका परराष्ट्रमन्त्रीको रोहवरमामा वाणिज्य मन्त्रालयबीच विभिन्न एजेन्डामा छलफल हुनेछ ।
जसअनुसार दुवै देशबीच रहेको वाणिज्य सन्धि पुनरावलोकन तथा संशोधन गर्न सम्बन्धित मन्त्रालयका सहसचिव स्तरीय समिति बनाउने प्रयास हुने जनाइएको छ भने कृषिजन्य उत्पादनमा एक अर्काको देशमा कर नलगाउने प्रावधान खारिज गरेर नेपालले भारतको कृषिजन्य वस्तुको आयातमा कर लगाउन सक्ने प्रस्ताव गरेको छ ।
उता, भारतबाट नेपालमा आयात हुने कृषि उत्पादन वस्तुहरूमा नेपालको तर्फबाट कस्टम ड्यूटी लगाउन सक्ने प्रस्ताव गरिने र नेपाली उत्पादन निर्यातमा भारतले लगाएको कोटा प्रणालीलाई हटाउनु पर्ने प्रस्ताव पनि बैठकको छलफलको अजेन्डामा राखिएको छ ।
साथै, ३० प्रतिशत मूल्य अभिवृद्धि भएका वस्तु मात्रै नेपालले भारतमा निर्यात गर्न पाउने विद्यमान व्यवस्था संशोधन गर्दै त्यसलाई २० प्रतिशत बनाउने प्रस्ताव गरिएको छ भने भारतले जुट लगायतका सामग्रीमा लगाउँदै आएको एंटी डम्पिंग ड्यूटी हटाउनु पर्ने प्रस्ताव नेपालले गर्नुका साथै नेपाल र भारतले एक–अर्काका गुणस्तरसम्बन्धी प्रमाणपत्रले मान्यता पाउनु पर्ने प्रस्ताव अघि सारेका छन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ४ गते, २०८२ - १७:१३
काठमाडौँ। निर्वाचन आयोगले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गर्ने तयार...
चैत्र ४ गते, २०८२ - १७:०६
काठमाडौँ । निर्वाचन आयोग ले भोलि प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीबाट निर्वाचित सांसदहरूलाई प्रमाणपत्र प्रदान गर्ने भएको छ। आयोगका अ...
चैत्र ४ गते, २०८२ - १६:४३
ताप्लेजुङ। प्रतिनिधिसभामा ताप्लेजुङबाट यसपटक तीन जनाले समानुपातिक सांसद बन्ने अवसर पाएका छन्।यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमार...
चैत्र ४ गते, २०८२ - १६:३५
नवलपुर। पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको गैँडाकोटमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । दिल्लीबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र. ०...
चैत्र ४ गते, २०८२ - १६:३३
काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बेल्जियमको इयू टी–२० लिग खेल्ने भएको छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका चर्चित लेग स्पिनर लामिछानेलाई लियेज...
चैत्र ४ गते, २०८२ - १६:२५
काठमाडौँ। नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनपछि कांग्रेसले बैठक बोलाएको हो । चुनाव...
चैत्र ४ गते, २०८२ - १५:२७
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्ना सांसदलाई सार्वजनिक अभिव्यक्ति दिँदा सचेत रहन निर्देशन दिएको छन्। सां...
चैत्र ४ गते, २०८२ - १४:५३
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले शिष्टाचार भेटवार्ता गरेको छन् । प्रधानमन्त्रीको सरकारी निवास ब...
चैत्र ४ गते, २०८२ - १४:३४
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले आजको दिनसम्म नयाँ मन्त्रिपरिषद्को कुनै टुंगो नलागेको जानकारी गराएका छन्। ...
चैत्र ४ गते, २०८२ - १४:२९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले प्रतिनिधिसभामा आफ्नो पार्टीबाट राई र लिम्बू समुदायको प्रतिनिधित्व नभएकोमा मा...


प्रतिकृया लेख्नुहोस्: