Khabar Dabali १४ जेष्ठ २०८३ बिहीबार | 28th May, 2026 Thu
Investment bank

१४ किलो सुनमा पनि जोडिए विमल पोद्दार

क्रिप्टो र हुण्डी कारोबारमा पक्राउ पूर्जी

खबरडबली संवाददाता

काठमाडौं । ३३ किलो सुनकाण्डका आरोपी विमल पोद्दार १४ किलो सुनमा पनि जोडिएका छन् । २०७४ सालको ३३ किलो सुन प्रकरणका आरोपी पोद्दार गत मंसिरमा दुबईबाट ल्याइएको १४ किलो सुन प्रकरणमा पनि छानबिनमा तानिएका हुन् ।

उनीमाथि विस्तृत अनुसन्धान गर्न भन्दै जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले त्रिभुवन विमानस्थल भन्सार कार्यालयलाई राय दिएको छ । तर, प्रहरीले उनीविरुद्ध हुण्डी र क्रिप्टोकरेन्सी कारोबारमा पहिल्यै पक्राउ पूर्जी जारी गरिसकेको खुलेको छ ।  विमानस्थल भन्सार कार्यालयले मंसिर २२ मा यूएईबाट ल्याइएको १४ किलो सुनसहित चन्द्र घलेलाई पक्राउ गरेको थियो । उनको बयानका आधारमा गोरखाका मीनबहादुर घले पनि पक्राउ परेका थिए ।

घलेले बयानका क्रममा पोद्दारको नाम लिएपछि उनी छानबिनको दायरामा आएका हुन् । पोद्दारको कालिकास्थानमा सिल्भरसिटी अपार्टमेन्ट र द एड्रेस लाउन्ज रेष्टुरेन्ट रहेको छ । मीनबहादुरले बयानका क्रममा सन् २०१४ मा उनीसँग मिलेर काम गरेको बयान दिएका प्रहरीस्रोतले बताएको छ  ।

सरकारी वकिलले थप अनुसन्धान गर्न भनेपछि उनको कल डिटेल रेकर्ड हेर्नेदेखि अरु प्राविधिक पक्षको अनुसन्धान थालिएको बताइएको छ । 

यूएईबाट ल्याइएको तस्करीको ३३ किलो सुन गायब भएपछि खोज्ने क्रममा चुडामणि उप्रेती ‘गोरे’ सहितको समूहले भरिया सनम शाक्यलाई यातना दिएको थियो । त्यसक्रममा शाक्य मारिएपछि ३३ किलो सुन प्रकरण चर्चामा आएको थियो, यसमा प्रहरीका उच्च अधिकृतहरुमाथि पनि अनुसन्धान र कारबाही प्रक्रिया अघि बढेको थियो ।

२०७४ मा ३३ किलो सुन प्रकरण छानबिनका लागि सरकारले गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा उच्चस्तरीय समिति बनाएको थियो । समितिको अनुसन्धानका क्रममा व्यवसायी पोद्दार ६ असार २०७५ मा पक्राउ परेका थिए ।

जिल्ला अदालत, मोरङले संगठित सुन तस्करीको मुद्दामा उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । पछि उच्च अदालतबाट पोद्दार धरौटीमा छुटेका थिए ।

पोद्दारको बयानमार्फत सुन समिति एक चर्चित व्यवसायीसम्म पुगेको थियो । तर, उनलाई नियन्त्रणमा लिने तयारी भइरहेका बेला उच्च राजनीतिक नेतृत्वले छानबिन समितिलाई अनुसन्धान प्रतिवेदन बुझाउन दबाब दिएको थियो ।

हालसम्म पौडेल नेतृत्वको छानबिन समितिको प्रतिवेदन गायब छ । सुन तस्करीबारे छानबिन गर्न बनेको उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको समितिले प्रतिवेदन खोज्दा समेत पाएन । त्यसमा अनुसन्धान गर्नुपर्ने भन्दै थप व्यक्तिहरुको सूची भएकाले प्रतिवेदन गायब पारिएको स्रोत बताउँछ ।

क्रिप्टो र हुण्डी कारोबारमा पक्राउ पूर्जी

१४ किलो सुन प्रकरणमा छानबिनको दायरामा आएपछि भन्सार कार्यालयले पोद्दारको खोजीका लागि प्रहरीको सहयोग मागेको थियो । त्यसक्रममा उनीविरुद्ध पहिल्यै पक्राउ पूर्जी जारी भइसकेको खुलेको छ ।

भन्सारका एक उच्च अधिकृतका अनुसार, ६ मंसिरमा हुण्डी कारोबार र अनलाइन जुवा खेलाएको आरोपमा पक्राउ परेका रुपेश श्रेष्ठमाथि अनुसन्धानका क्रममा पोद्दारको पनि संलग्नता देखिएको प्रहरीले बताएको छ । त्यही मुद्दामा पोद्दारलाई पक्राउ पूर्जी जारी गरेर खोजी भइरहेको छ।

सीआईबीका एक उच्च अधिकृतले पनि पोद्दारविरुद्ध पक्राउ पूर्जी जारी भएको पुष्टि गरे । ब्यूरो स्रोतका अनुसार, श्रेष्ठले नेपाल राष्ट्र बैंकसँग इजाजत पत्र नलिई विद्यूतीय माध्यमबाट क्यास एप जस्ता मोबाइल एप्लिकेसन प्रयोग गरेर हुण्डी, अनलाइन जुवा, क्रिप्टो र अवैध रुपमा विदेशी विनिमय कारोबार गरेको प्रमाण भेटिएको छ ।

उनीमाथि अनुसन्धान गर्ने क्रममा पोद्दारको नाम खुलेको थियो । त्यसपछि उनको पनि खोजी भइरहेको प्रहरीले बताएको छ । ब्यूरो स्रोतका अनुसार, उनको खोजी गर्दै उनको घर लगायतका स्थानमा पनि पुगेको थियो । यद्यपि, उनी भेटिएनन् ।

पोद्दार विदेश गएको हुनसक्ने प्रहरीको आशंका छ । ‘इन्टरपोलमार्फत नोटिस जारी गराउने तयारी भइरहेको छ’, ब्यूरोका एक अधिकृतले भने । १४ किलो सुन प्रकरणमा सरकारी वकिलले बयानबाट खुलेका पोद्दारसहित अंकित अग्रवाल, राजेन्द्र बस्नेत, राज कुमार भारती, जीवन गुरुङ र गुरु भनिने भारतीय नागरिकबारे पनि अनुसन्धान गर्न भनेको छ ।

भन्सारका अनुसार, अंकित अग्रवालले चन्द्र घलेहरुलाई दुबईबाट सुन पठाउने गरेका थिए । गुरु भनिने व्यक्तिले भारत लैजाने गरेको देखिएको थियो ।अनुसन्धान गर्न भनेकामध्ये जीवनलाई यसअघिदेखि नै खोजी रहेकाे र उनीविरुद्ध पक्राउ पूर्जी समेत जारी भइसकेको प्रहरीले बताएको छ । गुरुङ डिल्लीबजारस्थित प्याटिनम कलेजका सञ्चालक समेत हुन् ।

घलेको समूहले विमानस्थलको अध्यागमनसँगै रहेको सीआईपी कक्षमा रहेको शौचालयभित्र सुन लुकाएर तस्करी गर्दै आएका थिए । यो समूहले १३८ किलो सुन तस्करी गरिसकेको निष्कर्षसहित भन्सारले अदालतमा समेत मुद्दा दायर गरेको छ ।

यो प्रकरणमा विमानस्थलका नागरिक उड्डयन कार्यालयका एसी मेकानिक राधाकृष्ण श्रेष्ठ, कार्यालय सहयोगी लेकबहादुर तामाङ, सेवा निवृत्त भएर करारमा कार्यरत कर्मचारी रमेश देउला, एसी शाखामा काम गर्ने सहयोगी अनिल श्रेष्ठ र प्लम्बर शेरबहादुर बस्नेतको संलग्नता खुलेको थियो ।

यसरी तस्करी भएर आउने सुन विमानस्थलबाट निकालेपछि बानियाँटारस्थित सूर्यदर्शन हाइटमा रहेको डिबी गुरुङको घरमा पुर्‍याउने गरेको देखिएको थियो । गुरुङले विमानस्थलभित्र कर्मचारीको सेटिङ मिलाउन सहयोग गरेको भन्सारका अधिकृतहरु बताउँछन् । गुरुङ फरार छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पाँचथरकाे च्याङथापूमा २६ घर उच्च जोखिममा

पाँचथर । जिल्लाको याङवरक गाउँपालिका–१ च्याङथापूका विभिन्न स्थानमा पहिरो जाँदा छ टोल प्रभावित भएका छन् । बेमौसमी वर्षापछि गत जेठ ८ गते पहिरो जाँदा यहाँ...

आफ्नै स्कुल बसको ठक्करबाट विद्यार्थीको मृत्यु

झापा । गौरादह नगरपालिका–७ मा बुधबार स्कुल बसको ठक्करबाट एक विधार्थीको घटनास्थलमै मृत्यु भएको छ । गौरादह नगरपालिका–७ स्थित फगेटीमा सजग एकता बोर्डिङ ...

जलजलामा ‘गोठस्टे’ सञ्चालन

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–२ मा रहेको पर्यटकीयस्थल जलजलामा पर्यटकको सुविधाका लागि ‘गोठस्टे’ (गोठबास) सञ्चालन भएको छ । समुद्री सतहदेख...

मोटरसाइकल दुर्घटना नेपाली सेनाका जवानको मृत्यु

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका–१७ झरहीखोलास्थित पूर्वपश्चिम राजमार्गमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु...

सूर्यविनायक–धुलिखेल सडक : यात्रा होइन, ज्यानको बाजी

काठमाडौं । राजधानीलाई पूर्वी नेपालसँग जोड्ने मुख्य प्रवेशद्वार मानिने सूर्यविनायक–धुलिखेल सडकखण्ड अहिले यात्रुका लागि विकास होइन, त्रासको पर्याय बन्दै...

पूर्व सरकारी अधिकारीको घरमा ४ करोड डलरको सुन भेटिएपछि...

काठमाडौं । अमेरिकाको केन्द्रीय गुप्तचर निकाय (सीआईए) का एक पूर्व वरिष्ठ अधिकारीको घरमा ठूलो परिमाणमा सुन र नगद फेला परेपछि उनलाई पक्राउ गरिएको छ । अमे...

पत्रकार आचरण विपरीतका कार्य नगर्न नगराउन काउन्सिलको आग्रह

काठमाडौँ । प्रेस काउन्सिल नेपालले पेसागत आचरण विपरीतका कार्य नगर्न नगराउन सञ्चारमाध्यम, आमपत्रकार, सञ्चारकर्मी एवं सामाजिक सञ्जालका प्रयोगकर्तालगायत स...

आज कतै वर्षा, कतै तातो हावाको लहर

काठमाडौँ । नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । यसको प्रभाव रहँदा बुधबार काठ...

अस्पताल उद्घाटनअघि लम्की तनावग्रस्त, मुख्यमन्त्री आउँदै गर्दा सुरक्षा घेरा कडा

कैलाली । सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाह आज लम्कीचुहा प्रादेशिक अस्पताल उद्घाटन गर्न आउने कार्यक्रम तय भएपछि उक्त क्षेत्रको सुरक्षा व्यवस्था...

पोखरामा सार्वजनिक जग्गा फिर्ता अभियान, पृथ्वीचोकबाट सुरु भयो ठूलो सफाइ

पोखरा । पोखराको पृथ्वीचोक क्षेत्रमा वर्षौँदेखि राजनीतिक पहुँच र संस्थागत संरक्षणमा टिकिरहेका टहरा तथा संरचना अन्ततः हटाउन थालिएको छ। तर यसपटक दृश्य फर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending