Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

हात्तीको हुल पहाड चढेपछि स्थानीय त्रासमा

खबरडबली संवाददाता

विराटनगर । पूर्वी तराईका मोरङ, सुनसरी र झापाका फाँटमा दुई महिनादेखि बिज्याइँ गर्दै आएका दुई दर्जन बढी जंगली हात्ती चुरे पहाडतर्फ उक्लिन थालेका छन् ।

मोरङको मिक्लाजुङ–२ र इलामको सीमाक्षेत्र कुईनेटार चुरे पहाड हुँदै झण्डै एक दर्जन जंगली हात्तीको हुल शनिबार कुईनेटारदेखि नौ किलोमिटर माथि इलामको गौथली भीरको फेदीसम्म पुग्दा स्थानीय चकित र आतंकित बनेका छन्।

पहाडमा हात्ती नै देखिँदैन थियो तर लामा–लामा दाह्रा भएका नौ वटा हात्ती गाउँमा एकसाथ देखापरेपछि सात्तो उडेको गौथली भीरचोकका केबी किरातीले बताए ।  पहाडको फेदीमा भीरका भित्तामा हात्ती देख्दा आफुहरुलाई  अचम्म लाग्यो उनको भनाइ छ । 

अर्का स्थानीय राम दाहालका अनुसार हात्तीको हुल देख्दा केही स्थानीयको भागदौडसमेत चलेको थियो । तराईमा बक्राहा र पहाडमा नुनसरी खोला भनिने उक्त खोलाको बगरैबगर उकालो चढेर नौ वटा जंगली हात्तीको हुल शनिबार बिहान मोरङ र इलामको सीमाक्षेत्र पर्यटकीयस्थल कुईनेटार चुरे पहाड पुगेका थिए । स्थानीय किशोर निरौलाका अनुसार  हात्तीको समूह नौ किलोमिटर माथि मोरङ र इलामको सीमा क्षेत्र गौथली भीरमा पुगेर रोकिएका थिए । त्यसमाथिको उकालो चढ्न नसकेर हात्तीको बथान दिनभरी त्यही रोकिएको उनले बताए ।

चुरेको फेद हात्तीको आउजाउ गर्ने ‘रुट’ हो । तर हात्तीले पहिलो पटक आफ्नो ‘रुट’ छाडेर पहाडतर्फ उक्लिएको पूर्वी तराईमा यो पहिलो घटना पाइएको डिभिजन वन कार्यालय मोरङका निमित्त प्रमुख राललखन ठाकुरले बताए । रुटमा समस्या देखेर वा आहाराको खोजीमा हात्तीको समूह पहाड उक्लिएको हुनसक्ने उनको भनाइ छ ।

‘विगतका वर्षमा चाररपाँच हात्ती आएर दुईरचार दिन बस्ने र फर्कने अनि फेरि आउने गर्थे । यसपाली दुई दर्जन भन्दा बढीको समूहमा आएर दुई महिनासम्म बसेर वितण्डा मच्चाउनु पनि नयाँ घटना हो,’ ठाकुरले भने, ‘सुन्दरहरैंचामा साताअघि सिकारीले एउटा हात्ती मारेपछि समूह फुटेर हिँडेको देखिन्छ । त्यसै मध्येका आठ नौ हात्ती पूर्वलागेर पहाड चढेको पाइयो ।’ तर रुट बिर्सिदा पनि आठ नौ किलोमिटर उकालो हिँड्नु हात्ती यो फरक व्यवहार देखिएको ठाकुरले बताए ।

पर्यटकीयस्थल कुईनेटारमा शनिबार उर्लाबारी, दकम र विराटनगरबाट पिकनिक खान पुगेका टोली जंगली हात्तीको हुल देख्दा केही चकित र केही आतंकित देखिन्थे । निरौलाले हात्तीको हुलका कारण पिकनिक खान पुगेकालाई इलाका प्रहरी कार्यालय मधुमल्लाले दिनभरी सुरक्षा दिनु परेको बताए ।

कुईनेटारदेखि झण्डै डेढघण्टा उकालो हिँडेर पुगिने इलामको गौथली भीरसम्म पुगेका हात्तीलाई राति एक बजेतिर लखेटेर झापातर्फ फर्काएको इलाका प्रहरी मधुमल्लाका इन्चार्ज रमेश कार्कीले बताए । ‘पहाड चढेका नौ वटा हात्ती पहाडी क्षेत्रमा क्षति नपुर्‍याउन भनेर भीरबाट नुनसरी खोला हुँदै झापातर्फ खेद्यौं,’ उनले भने ।

भारतबाट झापाको बाहुनडाँगी हुँदै पूर्वी तराई छिरेका दुई दर्जन बढी जंगली हात्तीको बथान बुधबारे, शान्तिनगर, हुम्सेदुम्से, मोरङको मिक्लाजुङ, लेटाङ, कानेपोखरी, बेलबारी, सुन्दरहरैंचा र सुनसरीको इटहरी र कोशीटप्पु आसपासको जंगलमा बसेर बिज्याइँ गर्दै आएका छन् ।

कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार मंसिरयता जंगली हाक्तीको आत्रमणबाट झापामा तीन, मोरङ र सुनसरीमा एकरएक जनाको ज्यान गएको छ । साताअघि मोरङको सुन्दरहरैचा–१० जनजागरण सामुदायिक वनमा सिकारीले एक जंगली हात्तीलाई गोली हानेर मारेका थिए ।

गएको साउनयता जंगली हात्तीले मोरङमा १६, झापामा ५४ र सुनसरीमा ३ वटा घरमा क्षति पुर्‍याएर साँढे सात विघा खेतमा लगाएको बालीनाली नष्ट गरेको प्रदेश प्रहरीको तथ्यांक छ । कान्तिपुरमा याे समाचार छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

श्चिम नवलपरासीमा चिसो बढेसँगै चोक–चोकमा दाउरा वितरण

पश्चिम नवलपरासी । तराईमा विगत केही दिनदेखि बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि रामग्राम नगरपालिकाले राहत कार्य सुरु गरेको छ। न...

त्रिविको ५१ औँ दीक्षान्त समारोह : २५ विद्यार्थीले पदक र पुरस्कार पाउने

  काठमाडौँ  । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह यही पुस १० गते दशरत रंगशालामा आयोजना हुने भएको छ। विश्वविद्यालयले जारी गरेको सूचना...

ठेक्का तोडिएका सडक योजनाको नयाँ टेण्डर प्रक्रिया सुरु गर्न मन्त्री घिसिङको निर्देशन

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडक र पुल निर्माण योजनाको काम सुन...

अझै फर्किएनन् तनहुँका ६८ जना कैदीबन्दी

तनहुँ । भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका ६८ जना कैदीबन्दी अझै फर्किएका छैनन् । कारागारमा रहेका ३२७ जनामध्ये २ सय ५९ ...

फैजुल्लाह आलमको निधनले प्रेस सेन्टर नेपालमा शोक

काठमाडौँ ।  प्रेस सेन्टर नेपालका साधारण सदस्य र अनुभवी फोटो पत्रकार फैजुल्लाह आलमको ५३ वर्षको अल्पायुमै निधन भएको छ। उनका निधनले संगठन र नेपाली पत्रका...

चिनी माग्ने बहानामा घर पसेर ९० भन्दा बढी चोट

झापा विद्रोहको रक्तरञ्जित शिकार बने सहिद उद्रकान्त राजवंशी

शेयर बजारमा ठगी र कृत्रिम मूल्य वृद्धि: ४९ लाख अवैध नाफा कमाएको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ

काठमाडौँ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा संलग्न रहेको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ परेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)को प्रारम...

जेन्जी आन्दोलनमा कारागारबाट फरार कैदीको लुटधन्दा, सुन पसलमा गोली प्रहार

रुपन्देही । दाङको लमही नगरपालिका–५ स्थित ‘जुनतारा सुनचाँदी’ पसलमा गोली प्रहार गर्ने व्यक्ति जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार भएका कैदी रहेको खु...

यस्तो छ आज कालीमाटीमा तरकारी र फलफूलको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्र...

बाँसका भौतिक संरचना निर्माण मार्गदर्शन सार्वजनिक भएपछि उत्साहित दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका

खोटाङ । नेपाल सरकारले बाँसबाट निर्माण हुने भौतिक संरचनाको डिजाइनसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक गरेपछि दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका जनप्रति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending