Khabar Dabali १४ जेष्ठ २०८३ बिहीबार | 28th May, 2026 Thu
Investment bank

हात्तीको हुल पहाड चढेपछि स्थानीय त्रासमा

खबरडबली संवाददाता

विराटनगर । पूर्वी तराईका मोरङ, सुनसरी र झापाका फाँटमा दुई महिनादेखि बिज्याइँ गर्दै आएका दुई दर्जन बढी जंगली हात्ती चुरे पहाडतर्फ उक्लिन थालेका छन् ।

मोरङको मिक्लाजुङ–२ र इलामको सीमाक्षेत्र कुईनेटार चुरे पहाड हुँदै झण्डै एक दर्जन जंगली हात्तीको हुल शनिबार कुईनेटारदेखि नौ किलोमिटर माथि इलामको गौथली भीरको फेदीसम्म पुग्दा स्थानीय चकित र आतंकित बनेका छन्।

पहाडमा हात्ती नै देखिँदैन थियो तर लामा–लामा दाह्रा भएका नौ वटा हात्ती गाउँमा एकसाथ देखापरेपछि सात्तो उडेको गौथली भीरचोकका केबी किरातीले बताए ।  पहाडको फेदीमा भीरका भित्तामा हात्ती देख्दा आफुहरुलाई  अचम्म लाग्यो उनको भनाइ छ । 

अर्का स्थानीय राम दाहालका अनुसार हात्तीको हुल देख्दा केही स्थानीयको भागदौडसमेत चलेको थियो । तराईमा बक्राहा र पहाडमा नुनसरी खोला भनिने उक्त खोलाको बगरैबगर उकालो चढेर नौ वटा जंगली हात्तीको हुल शनिबार बिहान मोरङ र इलामको सीमाक्षेत्र पर्यटकीयस्थल कुईनेटार चुरे पहाड पुगेका थिए । स्थानीय किशोर निरौलाका अनुसार  हात्तीको समूह नौ किलोमिटर माथि मोरङ र इलामको सीमा क्षेत्र गौथली भीरमा पुगेर रोकिएका थिए । त्यसमाथिको उकालो चढ्न नसकेर हात्तीको बथान दिनभरी त्यही रोकिएको उनले बताए ।

चुरेको फेद हात्तीको आउजाउ गर्ने ‘रुट’ हो । तर हात्तीले पहिलो पटक आफ्नो ‘रुट’ छाडेर पहाडतर्फ उक्लिएको पूर्वी तराईमा यो पहिलो घटना पाइएको डिभिजन वन कार्यालय मोरङका निमित्त प्रमुख राललखन ठाकुरले बताए । रुटमा समस्या देखेर वा आहाराको खोजीमा हात्तीको समूह पहाड उक्लिएको हुनसक्ने उनको भनाइ छ ।

‘विगतका वर्षमा चाररपाँच हात्ती आएर दुईरचार दिन बस्ने र फर्कने अनि फेरि आउने गर्थे । यसपाली दुई दर्जन भन्दा बढीको समूहमा आएर दुई महिनासम्म बसेर वितण्डा मच्चाउनु पनि नयाँ घटना हो,’ ठाकुरले भने, ‘सुन्दरहरैंचामा साताअघि सिकारीले एउटा हात्ती मारेपछि समूह फुटेर हिँडेको देखिन्छ । त्यसै मध्येका आठ नौ हात्ती पूर्वलागेर पहाड चढेको पाइयो ।’ तर रुट बिर्सिदा पनि आठ नौ किलोमिटर उकालो हिँड्नु हात्ती यो फरक व्यवहार देखिएको ठाकुरले बताए ।

पर्यटकीयस्थल कुईनेटारमा शनिबार उर्लाबारी, दकम र विराटनगरबाट पिकनिक खान पुगेका टोली जंगली हात्तीको हुल देख्दा केही चकित र केही आतंकित देखिन्थे । निरौलाले हात्तीको हुलका कारण पिकनिक खान पुगेकालाई इलाका प्रहरी कार्यालय मधुमल्लाले दिनभरी सुरक्षा दिनु परेको बताए ।

कुईनेटारदेखि झण्डै डेढघण्टा उकालो हिँडेर पुगिने इलामको गौथली भीरसम्म पुगेका हात्तीलाई राति एक बजेतिर लखेटेर झापातर्फ फर्काएको इलाका प्रहरी मधुमल्लाका इन्चार्ज रमेश कार्कीले बताए । ‘पहाड चढेका नौ वटा हात्ती पहाडी क्षेत्रमा क्षति नपुर्‍याउन भनेर भीरबाट नुनसरी खोला हुँदै झापातर्फ खेद्यौं,’ उनले भने ।

भारतबाट झापाको बाहुनडाँगी हुँदै पूर्वी तराई छिरेका दुई दर्जन बढी जंगली हात्तीको बथान बुधबारे, शान्तिनगर, हुम्सेदुम्से, मोरङको मिक्लाजुङ, लेटाङ, कानेपोखरी, बेलबारी, सुन्दरहरैंचा र सुनसरीको इटहरी र कोशीटप्पु आसपासको जंगलमा बसेर बिज्याइँ गर्दै आएका छन् ।

कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार मंसिरयता जंगली हाक्तीको आत्रमणबाट झापामा तीन, मोरङ र सुनसरीमा एकरएक जनाको ज्यान गएको छ । साताअघि मोरङको सुन्दरहरैचा–१० जनजागरण सामुदायिक वनमा सिकारीले एक जंगली हात्तीलाई गोली हानेर मारेका थिए ।

गएको साउनयता जंगली हात्तीले मोरङमा १६, झापामा ५४ र सुनसरीमा ३ वटा घरमा क्षति पुर्‍याएर साँढे सात विघा खेतमा लगाएको बालीनाली नष्ट गरेको प्रदेश प्रहरीको तथ्यांक छ । कान्तिपुरमा याे समाचार छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पाँचथरकाे च्याङथापूमा २६ घर उच्च जोखिममा

पाँचथर । जिल्लाको याङवरक गाउँपालिका–१ च्याङथापूका विभिन्न स्थानमा पहिरो जाँदा छ टोल प्रभावित भएका छन् । बेमौसमी वर्षापछि गत जेठ ८ गते पहिरो जाँदा यहाँ...

आफ्नै स्कुल बसको ठक्करबाट विद्यार्थीको मृत्यु

झापा । गौरादह नगरपालिका–७ मा बुधबार स्कुल बसको ठक्करबाट एक विधार्थीको घटनास्थलमै मृत्यु भएको छ । गौरादह नगरपालिका–७ स्थित फगेटीमा सजग एकता बोर्डिङ ...

जलजलामा ‘गोठस्टे’ सञ्चालन

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–२ मा रहेको पर्यटकीयस्थल जलजलामा पर्यटकको सुविधाका लागि ‘गोठस्टे’ (गोठबास) सञ्चालन भएको छ । समुद्री सतहदेख...

मोटरसाइकल दुर्घटना नेपाली सेनाका जवानको मृत्यु

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका–१७ झरहीखोलास्थित पूर्वपश्चिम राजमार्गमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु...

सूर्यविनायक–धुलिखेल सडक : यात्रा होइन, ज्यानको बाजी

काठमाडौं । राजधानीलाई पूर्वी नेपालसँग जोड्ने मुख्य प्रवेशद्वार मानिने सूर्यविनायक–धुलिखेल सडकखण्ड अहिले यात्रुका लागि विकास होइन, त्रासको पर्याय बन्दै...

पूर्व सरकारी अधिकारीको घरमा ४ करोड डलरको सुन भेटिएपछि...

काठमाडौं । अमेरिकाको केन्द्रीय गुप्तचर निकाय (सीआईए) का एक पूर्व वरिष्ठ अधिकारीको घरमा ठूलो परिमाणमा सुन र नगद फेला परेपछि उनलाई पक्राउ गरिएको छ । अमे...

पत्रकार आचरण विपरीतका कार्य नगर्न नगराउन काउन्सिलको आग्रह

काठमाडौँ । प्रेस काउन्सिल नेपालले पेसागत आचरण विपरीतका कार्य नगर्न नगराउन सञ्चारमाध्यम, आमपत्रकार, सञ्चारकर्मी एवं सामाजिक सञ्जालका प्रयोगकर्तालगायत स...

आज कतै वर्षा, कतै तातो हावाको लहर

काठमाडौँ । नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । यसको प्रभाव रहँदा बुधबार काठ...

अस्पताल उद्घाटनअघि लम्की तनावग्रस्त, मुख्यमन्त्री आउँदै गर्दा सुरक्षा घेरा कडा

कैलाली । सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाह आज लम्कीचुहा प्रादेशिक अस्पताल उद्घाटन गर्न आउने कार्यक्रम तय भएपछि उक्त क्षेत्रको सुरक्षा व्यवस्था...

पोखरामा सार्वजनिक जग्गा फिर्ता अभियान, पृथ्वीचोकबाट सुरु भयो ठूलो सफाइ

पोखरा । पोखराको पृथ्वीचोक क्षेत्रमा वर्षौँदेखि राजनीतिक पहुँच र संस्थागत संरक्षणमा टिकिरहेका टहरा तथा संरचना अन्ततः हटाउन थालिएको छ। तर यसपटक दृश्य फर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending