काठमाडौं । नेपाल प्रहरीका सात जना प्रहरी उपरीक्षक (एसपी) पदमा १२ प्रतिस्पर्धी भए पछि बढुवा प्रक्रिया लम्बिएको छ । न्यून सिट संख्यामा प्रतिस्पर्धी बढी भएका कारण प्रहरी प्रधान कार्यालयलाई बढुवामा सकस परेको जनाइएकाे छ ।
अहिले नेपाल प्रहरीमा प्रहरी उपरीक्षक रिक्त संख्या सात जना हो तर यो बढुवामा १२ जना प्रहरी नायब उपरीक्षक (डिएसपी) हरू प्रतिस्पर्धामा छन्। उनीहरू सबै बढुवाका हकदार भएकाले कसलाई समेट्ने र नसमेटनेमा प्रहरी महानिरीक्षक वसन्त कुँवर अन्योल र दबाबमा रहेको बुझिएको छ।
स्राेतका अनुसार प्रहरी महानिरीक्षक कुँवर राजनीतिक दबाबमा रहेको बुझिएको छ। किनभने, साधारणतयाः प्रहरी उपरीक्षक पदको बढुवा महानिरीक्षक कुवँरको तजबिजी अधिकारभित्र पर्छ तर कुँवर राजनीतिक शक्तिकेन्द्रको ‘सिग्नल’ खोजिरहेकाे उनी निकटहरूले बताएका छन । जसका कारण राजनीतिक दबाबबीच उनले प्रहरी उपरीक्षकको बढुवा गर्न सकेका छैनन्।
प्रहरी उपरीक्षक बढुवामा प्रदीपबहादुर क्षेत्री, अंगुर जिसी, ढकेन्द्र खतिवडा, यादव ढकाल, श्यामबाबु ओलिया, नारायण रन्जितकार र निरन्जनदत्त भट्टसहित डिएसपी राजन लिम्बू, सन्तोष तामाङ, एकनारायण कोइराला, अनन्तराम शर्मा र विनोद घिमिरे पनि बढुवाका प्रतिस्पर्धी हुन्।
जसमध्ये तीन जना पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र हालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका पूर्वपिएसओ हुन्। अहिले १२ नम्बरमा रहेका डिएसपी घिमिरे प्रधानमन्त्री प्रचण्डका पूर्वपिएसओ हुन्। जाे यसअघि भएको बढुवामा छुटेका अधिकृतसमेत हुन्।
उता, राजन लिम्बू र सन्तोष तामाङ एमाले अध्यक्ष ओलीका पूर्वपिएसओ हुन्। उनीहरू राजनीतिक वृत्तमा दबाब बढाउन सक्ने क्षमता राख्ने अधिकृत भनेर चिनिन्छन्। लिम्बू ८ र तामाङ ९ नम्बरमा भए पनि बढुवाको प्राथमिक सूचीमा भने परेकाे जनाइएकाे छ । यसअघिको बढुवामा घिमिरे, तामाङ र लिम्बू ‘प्रधानमन्त्रीको पिएसओ बसेको ट्याग’ लागेका कारण छुटेकाे प्रहरी बृतमा चर्चा परिचर्चा रहेकाे छ ।
मंसिर पहिलो साता नै बढुवा गर्ने तयारी भए पनि प्रहरी महानिरीक्षक कुँवरले पुस कटन लागिसक्दा पनि निर्णय लिन सकिरहेका छैनन । उनी निर्णय नै नगरी गत मंसिर १० गते इन्टरपोलको महासभामा सहभागी हुन अष्ट्रियातर्फ गएका थिए। जसका कारण
उनी नफर्किकन बढुवा प्रक्रिया अघि नबढ्ने प्रहरी महानिरीक्षकको सचिवालयले जनाएको थियो । तर, कुँवर फर्किएको एक महिना बितेको छ। यसबीच बढुवा निस्किन सकेको छैन।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ५ गते, २०८२ - ०९:४१
भोजपुर । भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सक्रिय रूपमा जुटेको छ । वडाभित्र उल्लेख्य सङ्यामा ऐतिहासिक,...
पौष ५ गते, २०८२ - ०९:४०
काठमाडौँ । पछिल्ला दशकमा नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता हासिल गरेको छ । विगतमा आयोडिनयुक्त नुनको अभावका कारण ...
पौष ५ गते, २०८२ - ०९:३४
पाँचथर । सरकारले कृषकले उत्पादन गरेका स्थानीय उपजको प्रवर्धन र बजार व्यवस्थापनमा सहयोग गर्ने निर्णय गरेको छ। शनिबार पाँचथरको फिदिम पुग्नुभएका कृषि ...
पौष ५ गते, २०८२ - ०९:३२
पश्चिम नवलपरासी । तराईमा विगत केही दिनदेखि बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि रामग्राम नगरपालिकाले राहत कार्य सुरु गरेको छ। न...
पौष ५ गते, २०८२ - ०९:२८
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह यही पुस १० गते दशरत रंगशालामा आयोजना हुने भएको छ। विश्वविद्यालयले जारी गरेको सूचना...
पौष ५ गते, २०८२ - ०९:२४
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडक र पुल निर्माण योजनाको काम सुन...
पौष ५ गते, २०८२ - ०९:२१
तनहुँ । भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका ६८ जना कैदीबन्दी अझै फर्किएका छैनन् । कारागारमा रहेका ३२७ जनामध्ये २ सय ५९ ...
पौष ५ गते, २०८२ - ०९:१८
काठमाडौँ । प्रेस सेन्टर नेपालका साधारण सदस्य र अनुभवी फोटो पत्रकार फैजुल्लाह आलमको ५३ वर्षको अल्पायुमै निधन भएको छ। उनका निधनले संगठन र नेपाली पत्रका...
पौष ५ गते, २०८२ - ०९:१५
झापा विद्रोहको रक्तरञ्जित शिकार बने सहिद उद्रकान्त राजवंशी
पौष ५ गते, २०८२ - ०९:०१
काठमाडौँ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा संलग्न रहेको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ परेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)को प्रारम...




प्रतिकृया लेख्नुहोस्: