काठमाडौं । नेपाल प्रहरीका सात जना प्रहरी उपरीक्षक (एसपी) पदमा १२ प्रतिस्पर्धी भए पछि बढुवा प्रक्रिया लम्बिएको छ । न्यून सिट संख्यामा प्रतिस्पर्धी बढी भएका कारण प्रहरी प्रधान कार्यालयलाई बढुवामा सकस परेको जनाइएकाे छ ।
अहिले नेपाल प्रहरीमा प्रहरी उपरीक्षक रिक्त संख्या सात जना हो तर यो बढुवामा १२ जना प्रहरी नायब उपरीक्षक (डिएसपी) हरू प्रतिस्पर्धामा छन्। उनीहरू सबै बढुवाका हकदार भएकाले कसलाई समेट्ने र नसमेटनेमा प्रहरी महानिरीक्षक वसन्त कुँवर अन्योल र दबाबमा रहेको बुझिएको छ।
स्राेतका अनुसार प्रहरी महानिरीक्षक कुँवर राजनीतिक दबाबमा रहेको बुझिएको छ। किनभने, साधारणतयाः प्रहरी उपरीक्षक पदको बढुवा महानिरीक्षक कुवँरको तजबिजी अधिकारभित्र पर्छ तर कुँवर राजनीतिक शक्तिकेन्द्रको ‘सिग्नल’ खोजिरहेकाे उनी निकटहरूले बताएका छन । जसका कारण राजनीतिक दबाबबीच उनले प्रहरी उपरीक्षकको बढुवा गर्न सकेका छैनन्।
प्रहरी उपरीक्षक बढुवामा प्रदीपबहादुर क्षेत्री, अंगुर जिसी, ढकेन्द्र खतिवडा, यादव ढकाल, श्यामबाबु ओलिया, नारायण रन्जितकार र निरन्जनदत्त भट्टसहित डिएसपी राजन लिम्बू, सन्तोष तामाङ, एकनारायण कोइराला, अनन्तराम शर्मा र विनोद घिमिरे पनि बढुवाका प्रतिस्पर्धी हुन्।
जसमध्ये तीन जना पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र हालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका पूर्वपिएसओ हुन्। अहिले १२ नम्बरमा रहेका डिएसपी घिमिरे प्रधानमन्त्री प्रचण्डका पूर्वपिएसओ हुन्। जाे यसअघि भएको बढुवामा छुटेका अधिकृतसमेत हुन्।
उता, राजन लिम्बू र सन्तोष तामाङ एमाले अध्यक्ष ओलीका पूर्वपिएसओ हुन्। उनीहरू राजनीतिक वृत्तमा दबाब बढाउन सक्ने क्षमता राख्ने अधिकृत भनेर चिनिन्छन्। लिम्बू ८ र तामाङ ९ नम्बरमा भए पनि बढुवाको प्राथमिक सूचीमा भने परेकाे जनाइएकाे छ । यसअघिको बढुवामा घिमिरे, तामाङ र लिम्बू ‘प्रधानमन्त्रीको पिएसओ बसेको ट्याग’ लागेका कारण छुटेकाे प्रहरी बृतमा चर्चा परिचर्चा रहेकाे छ ।
मंसिर पहिलो साता नै बढुवा गर्ने तयारी भए पनि प्रहरी महानिरीक्षक कुँवरले पुस कटन लागिसक्दा पनि निर्णय लिन सकिरहेका छैनन । उनी निर्णय नै नगरी गत मंसिर १० गते इन्टरपोलको महासभामा सहभागी हुन अष्ट्रियातर्फ गएका थिए। जसका कारण
उनी नफर्किकन बढुवा प्रक्रिया अघि नबढ्ने प्रहरी महानिरीक्षकको सचिवालयले जनाएको थियो । तर, कुँवर फर्किएको एक महिना बितेको छ। यसबीच बढुवा निस्किन सकेको छैन।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १४ गते, २०८३ - ०८:४१
पाँचथर । जिल्लाको याङवरक गाउँपालिका–१ च्याङथापूका विभिन्न स्थानमा पहिरो जाँदा छ टोल प्रभावित भएका छन् । बेमौसमी वर्षापछि गत जेठ ८ गते पहिरो जाँदा यहाँ...
जेष्ठ १४ गते, २०८३ - ०८:३८
झापा । गौरादह नगरपालिका–७ मा बुधबार स्कुल बसको ठक्करबाट एक विधार्थीको घटनास्थलमै मृत्यु भएको छ । गौरादह नगरपालिका–७ स्थित फगेटीमा सजग एकता बोर्डिङ ...
जेष्ठ १४ गते, २०८३ - ०८:३३
म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–२ मा रहेको पर्यटकीयस्थल जलजलामा पर्यटकको सुविधाका लागि ‘गोठस्टे’ (गोठबास) सञ्चालन भएको छ । समुद्री सतहदेख...
जेष्ठ १४ गते, २०८३ - ०८:३०
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका–१७ झरहीखोलास्थित पूर्वपश्चिम राजमार्गमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु...
जेष्ठ १४ गते, २०८३ - ०८:२३
काठमाडौं । राजधानीलाई पूर्वी नेपालसँग जोड्ने मुख्य प्रवेशद्वार मानिने सूर्यविनायक–धुलिखेल सडकखण्ड अहिले यात्रुका लागि विकास होइन, त्रासको पर्याय बन्दै...
जेष्ठ १४ गते, २०८३ - ०८:२०
काठमाडौं । अमेरिकाको केन्द्रीय गुप्तचर निकाय (सीआईए) का एक पूर्व वरिष्ठ अधिकारीको घरमा ठूलो परिमाणमा सुन र नगद फेला परेपछि उनलाई पक्राउ गरिएको छ । अमे...
जेष्ठ १४ गते, २०८३ - ०८:१६
काठमाडौँ । प्रेस काउन्सिल नेपालले पेसागत आचरण विपरीतका कार्य नगर्न नगराउन सञ्चारमाध्यम, आमपत्रकार, सञ्चारकर्मी एवं सामाजिक सञ्जालका प्रयोगकर्तालगायत स...
जेष्ठ १४ गते, २०८३ - ०८:१४
काठमाडौँ । नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । यसको प्रभाव रहँदा बुधबार काठ...
जेष्ठ १४ गते, २०८३ - ०८:१३
कैलाली । सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाह आज लम्कीचुहा प्रादेशिक अस्पताल उद्घाटन गर्न आउने कार्यक्रम तय भएपछि उक्त क्षेत्रको सुरक्षा व्यवस्था...
जेष्ठ १४ गते, २०८३ - ०८:०८
पोखरा । पोखराको पृथ्वीचोक क्षेत्रमा वर्षौँदेखि राजनीतिक पहुँच र संस्थागत संरक्षणमा टिकिरहेका टहरा तथा संरचना अन्ततः हटाउन थालिएको छ। तर यसपटक दृश्य फर...



प्रतिकृया लेख्नुहोस्: