Khabar Dabali १४ जेष्ठ २०८३ बिहीबार | 28th May, 2026 Thu
Investment bank

दमकको अलपत्र कोभिड अस्पताल सरसफाई

खबरडबली संवाददाता

झापा । कोरोना महामारीपछि देशका विभिन्न स्थानमा कोभिड अस्पतालहरु सञ्चालनमा आए । जसमध्य एक हो झापा दमकको कोभिड अस्पताल । दमक नगरपालिकाले दमक अस्पताल मातहत रहने गरी कोभिड अस्पताल सञ्चालनमा ल्याएको थियो ।

कोभिड उपचार केन्द्र भनेर स्थापना गरिएको अक्सिजनसहितको ३८ शय्याको यो अस्पताल अहिले अलपत्र बनेको छ । दमकको वडा नं २ स्थित बेलडाँगीमा बनाइएको सो अस्पताल कोभिड पछि कुनै पनि प्रयोजनमा ल्याउन नसक्दा प्रयोग बिहिन बनेको हो ।

अस्पतालको अवस्थालाई मध्यनजर गर्दै सुन्दर समाज नेपालले अस्पताल सरसफाई गरेको छ । अस्पताल परिसरमा उम्रिएका घाँस र फोहोर व्यवस्थापन गर्नुका साथै अस्पताल भित्रका बेड तथा उपकरणहरुमा लागेको धुलो सफा गरिएको समाजकी अध्यक्ष विन्दु सिटौला (लक्की) ले बताइन । 

कोरोना संक्रमण दर कम भएसँगै अस्पताललाई कसरी सञ्चालन गर्ने भन्ने विषयमा नगरपालिकाले कुनै योजना बनाउँन सकेको छैन । डेङ्गी महामारीका समयमा डेङ्गी अस्पताल सञ्चालन गर्न स्थानीयले सुझाएका थिए । तर, कार्यान्वयन हुन सकेन ।

दमकको उत्तरी क्षेत्र र खासगरि शरणार्थी शिविरका शरणार्थीलाई लक्षित गरेर स्वास्थ्य केन्द्र बनाउन सकिने सुन्दर समाज नेपालकी अध्यक्ष लक्कीको छ । साथै यस क्षेत्रमा लागु पदार्थ दुव्र्यसनको अवस्थालाई मध्यनजर गर्दै रियाव सेण्टरको रुपमा अघि बढाउन सकिने पनि उनको सुझाव छ ।

सो अस्पताल कोभिडपछि कुनै पनि प्रयोजनमा ल्याउन नसकेको र यसलाई के गर्ने भन्नेबारेमा नगरको स्वास्थ्य शाखाले पनि अहिलेसम्म कुनै योजना नबनाएको वडा नं २ का वडाध्यक्ष प्रजापति सापकोटाले बताए ।

उनले चाडै नै यसलाई उपयोगमा ल्याउने बताए । तर दमक नगरपालिकाको आर्थिक वर्ष २०८०÷८१ को निती तथा कार्यक्रममा पनि सो अस्पताललाई केमा प्रयोग गर्ने भन्नेबारेमा उल्लेख नगरेकोले नगरकै वेवास्थामा परेको प्रष्ट हुन्छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पाँचथरकाे च्याङथापूमा २६ घर उच्च जोखिममा

पाँचथर । जिल्लाको याङवरक गाउँपालिका–१ च्याङथापूका विभिन्न स्थानमा पहिरो जाँदा छ टोल प्रभावित भएका छन् । बेमौसमी वर्षापछि गत जेठ ८ गते पहिरो जाँदा यहाँ...

आफ्नै स्कुल बसको ठक्करबाट विद्यार्थीको मृत्यु

झापा । गौरादह नगरपालिका–७ मा बुधबार स्कुल बसको ठक्करबाट एक विधार्थीको घटनास्थलमै मृत्यु भएको छ । गौरादह नगरपालिका–७ स्थित फगेटीमा सजग एकता बोर्डिङ ...

जलजलामा ‘गोठस्टे’ सञ्चालन

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–२ मा रहेको पर्यटकीयस्थल जलजलामा पर्यटकको सुविधाका लागि ‘गोठस्टे’ (गोठबास) सञ्चालन भएको छ । समुद्री सतहदेख...

मोटरसाइकल दुर्घटना नेपाली सेनाका जवानको मृत्यु

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका–१७ झरहीखोलास्थित पूर्वपश्चिम राजमार्गमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु...

सूर्यविनायक–धुलिखेल सडक : यात्रा होइन, ज्यानको बाजी

काठमाडौं । राजधानीलाई पूर्वी नेपालसँग जोड्ने मुख्य प्रवेशद्वार मानिने सूर्यविनायक–धुलिखेल सडकखण्ड अहिले यात्रुका लागि विकास होइन, त्रासको पर्याय बन्दै...

पूर्व सरकारी अधिकारीको घरमा ४ करोड डलरको सुन भेटिएपछि...

काठमाडौं । अमेरिकाको केन्द्रीय गुप्तचर निकाय (सीआईए) का एक पूर्व वरिष्ठ अधिकारीको घरमा ठूलो परिमाणमा सुन र नगद फेला परेपछि उनलाई पक्राउ गरिएको छ । अमे...

पत्रकार आचरण विपरीतका कार्य नगर्न नगराउन काउन्सिलको आग्रह

काठमाडौँ । प्रेस काउन्सिल नेपालले पेसागत आचरण विपरीतका कार्य नगर्न नगराउन सञ्चारमाध्यम, आमपत्रकार, सञ्चारकर्मी एवं सामाजिक सञ्जालका प्रयोगकर्तालगायत स...

आज कतै वर्षा, कतै तातो हावाको लहर

काठमाडौँ । नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । यसको प्रभाव रहँदा बुधबार काठ...

अस्पताल उद्घाटनअघि लम्की तनावग्रस्त, मुख्यमन्त्री आउँदै गर्दा सुरक्षा घेरा कडा

कैलाली । सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाह आज लम्कीचुहा प्रादेशिक अस्पताल उद्घाटन गर्न आउने कार्यक्रम तय भएपछि उक्त क्षेत्रको सुरक्षा व्यवस्था...

पोखरामा सार्वजनिक जग्गा फिर्ता अभियान, पृथ्वीचोकबाट सुरु भयो ठूलो सफाइ

पोखरा । पोखराको पृथ्वीचोक क्षेत्रमा वर्षौँदेखि राजनीतिक पहुँच र संस्थागत संरक्षणमा टिकिरहेका टहरा तथा संरचना अन्ततः हटाउन थालिएको छ। तर यसपटक दृश्य फर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending