Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

के हाे त गोलभेँडालाई गभारोबाट जोगाउने उपाय ?

खबरडबली संवाददाता

काठमाडौं। गभारो किरोलाई गोलभेँडाको प्रमुख शत्रु मानिन्छ ।  यसले कपास, चना, रहर, गोलभेँडा लगायत १ सय ८० भन्दा बढी बिरुवाहरूमा आक्रमण गर्ने गर्दछ ।

यो किरोले गोलभेँडाको उत्पादन र गुणस्तरमा ६० प्रतिशत सम्म नोक्सानी पु-याउने  वरिष्ठ बाली संरक्षण अधिकृत राजीव दास राजभण्डारीले बताए ।  उनका अनुसार गर्मी समयमा खेती गरिएको गोलभेँडामा यो किरोले धेरै क्षति गर्दछ । 

 कसरी चिन्ने गभारो ?
लार्भाहरूको रङ्ग सामान्यतया सानो छँदा हल्का हरियो भई उमेर बढ्दै जाँदा यिनीहरूको रङ्ग हल्का खैरो हुने उनले उल्लेख गरेका छन् । तर आहार र वासस्थान अनुसार लार्भाको रङ्ग परिवर्तन हुने गर्दछ ।

राजभण्डारीका अनुसार लार्भाको साइज सानोदेखि मध्यम आकारको (झन्डै ३–४ से.मी.) र शरीरको माथिल्लो भागमा दुवै पट्टि छेउमा बीच–बीचमा मधुरो खैरा धर्साहरू र शरीरमा रौँ जस्ता उपाङ्गहरु हुन्छ ।

खैरो रंगको वयस्क पोथी पुतलीले फूलको वरिपरि रहेका कलिला पातहरूमा सेतो पहेँलो अण्डा पारेको २ देखि ३ दिनमा साना साना मसिना लार्भाहरू जन्मी सुरुमा कलिला मुनाहरूमा आक्रमण गर्दछन् र फल लाग्न थालेपछि चिचिला फलहरूमा आक्रमण गर्ने अधिकृत राजभण्डारीले उल्लेख गरे ।

यस्तै, फलहरूमा प्वाल पारी फलको भित्री भागमा गुदी खाई नोक्सानी पुर्‍याउँछ । सुरुमा पात तथा कलिला मुनाहरूमा छुट्टाछुट्टै पारिएका अण्डा वा ससाना लार्भाहरू, विष्टा वा मुना वा चिचिलामा स–साना प्वालहरू देखिन्छन् तथा हेलिल्युरयुक्त फनेल पासो राखी किरोको नियमित निगरानी गर्नु पने राजभण्डारीले सुझाए । 

कसरी गर्ने व्यवस्थापन ? 

पासो वालीका रूपमा खेतबारीको बिचमा सूर्यमुखी लगाउनाले वयस्क पुतलीहरू फुल पार्न सूर्यमुखीमा आकर्षित हुन्छन् र त्यहाँ मात्र नष्ट गर्न सकिने अधिकृत राजभण्डारीले बताए । गभारोले नोक्सान गरेका फलहरू र सुकेका हाँगा एवं पातहरू सङ्कलन गरी नष्ट गर्नुपर्ने बताए ।

रातको समयमा १ वा २ वटा बत्तीको पासो प्रति रोपनीको दरले समान दूरीमा पर्ने गरी प्रयोग गर्ने र पासोमा परेका पुतलीहरू जम्मा गरी नष्ट गर्नु पर्ने उनले सुझाए । उनका अनुसार गोलभेँडा बालीमा फूल–फुल्न सुरु गरेपछि, गभारोको वयस्क भाले पुतलीलाई आकर्षण गरी फसाउन हेली युक्त पासो प्रति रोपनी जग्गामा ५ वटा को दरले प्रयोग गनुपर्छ ।

बेलुकीपख भाइरसयुक्त जैविक विषादी ( एच.एन.पि.भि.) १ लिटर पानीमा १ मिलिको दरले वा बि.टी. के ३ ग्राम प्रति लिटर पानीमा घोली १० दिनको अन्तरमा २ पटक एकनासले छर्नुपर्ने उनको भनाइ छ । 

यस्तै, क्लोरएन्ट्रानिलिप्रोल १८.५% एस.सि. १ मिलि प्रति ३ लि. पानीका दरले छर्ने वा स्पिनोस्याड ४५% एस.सि. १ मिलि प्रति ३ लिटर पानीका दरले वा नुभालुरोन १०% ई.सि. १ मिलि प्रति लिटर वा ईमामेक्टिन बेन्जोएट ५ % डब्लु. डि. जि. १ ग्राम ३ लिटर पानीका दरले छर्न उनको सुझाव छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रधानमन्त्री कार्कीको १०० दिने दाबी: सुशासन र निर्वाचन सरकारको अर्जुन दृष्टि

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले जेन्जी आन्दोलनको भावनाअनुसार वर्तमान सरकारले सुशासन र निष्पक्ष निर्वाचनलाई आफ्नो अर्जुन दृष्टि बनाएको बताएकी ...

नेकपाको एकता सन्देश सभा आज काठमाडौँमा, ५० हजार सहभागी हुने दाबी

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज काठमाडौँमा एकता सन्देश सभा आयोजना गर्दैछ । भृकुटीमण्डपमा हुने उक्त सभामा करिब ५० हजार जनाको सहभागिता ...

पश्चिम तराईमा हुस्सु र शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर । बाक्लो हुस्सु र लगातारको शीतलहरले पश्चिम तराईका जिल्लामा चिसो बढाएको छ। धनगढी, कञ्चनपुर लगायतका क्षेत्रमा दिनभर हुस्सु र चिसोको सामना गर्नु...

एमाले महाधिवेशन असाधारण, स्वस्थ प्रतिस्पर्धा भएको विष्णु रिमालको धारणा

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव विष्णु प्रसाद रिमालले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन असाधारण भएको बताएका छन्। उनले महाधिवेशनमा गरिमा, उत्साह र स...

काठमाडौँका २९ विद्यालयले राखे नेपालीपन झल्किने नयाँ नाम

काठमाडौँ । यस वर्ष काठमाडौँ महानगरपालिकामा सञ्चालनमा रहेका ३९ वटा विद्यालयले नेपालीपन झल्किने गरी विद्यालयको नाम परिवर्तन गरेका छन् । गत वर्षदेखि नै क...

मानव बेचबिखन रोकथाम गर्न सरकार संवेदनशील छः मन्त्री श्रेष्ठ

मोरङ । सङ्घीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले मानव बेचबिखन गम्भीर अपराध भएकाले यसको रोकथाम गर्न सरकार संवेदनशील रहेको बता...

एकैदिन घट्यो सुनको मूल्य तोलामा दुई हजार

काठमाडौं । नेपाली बजारमा शुक्रबार (पुस ४) सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ...

दोलखामा कांग्रेसले प्रतिनिधि र समानुपातिक सांसदका लागि उम्मेदवार सिफारिस गर्‍यो

दोलखा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस दोलखाले बागमती प्रदेशसभा सदस्य एवं पूर्व मन्त्री कुन्दनराज काफ्लेसह...

रवि लामिछानेको सशर्त रिहाइ विधिको शासन र राजनीतिक उपयुक्तताका दृष्टिले स्वागतयोग्य : बाबुराम भट्टराई

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई अदालतले सशर्त धरौटीमा रिहा गर्दै मुद...

टुकुचा खोलामा फोहर पानी प्रशोधन केन्द्र निर्माण हुँदै

काठमाडौँ । टुकुचा खोलाको पानीलाई प्रशोधन गरी पिउनयोग्य बनाउने दीर्घकालीन लक्ष्यसहित फोहर पानी प्रशोधन केन्द्र (Wastewater Treatment Plant) निर्माणको क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending