Khabar Dabali १४ जेष्ठ २०८३ बिहीबार | 28th May, 2026 Thu
Investment bank

राष्ट्रिय सभा चुनावमा मत नखसाल्ने हेलम्बुका अध्यक्षको घोषणा

पार्टीले कारबाही गर्छ भने गरोस तर म भोट हाल्न जान्न

खबरडबली संवाददाता

काठमाडौं । सिन्धुपाल्चोक हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले राष्ट्रिय सभा निर्वाचनमा मत नखसाल्ने घोषणा गरेका छन् । पार्टीको महासमिति सदस्यसमेत रहेका अध्यक्ष शेर्पाले आज सामाजिक सञ्जालमा लेख्दै यस्तो बताएका हुन् । 

 उनले उम्मेदवार छनौटमा समावेशीतलाई ख्याल नगरी एउटै व्यक्तिलाई पटक–पटक अवसर दिएको भन्दै उनले यस्तो घोषणा गरेका हुन् । खास समुदाय र अवसर नपाएकालाई भन्दा पनि आफू निकटलाई उम्मेदवार बनाएर कांग्रेसलाई सबैको पार्टी बन्ने अवसरबाट बञ्चित गराएको आरोप अध्यक्ष शेर्पाको रहेको छ । पटक–पटक अवसर पाएका एउटै मान्छेलाई सँधै पदमा लैजाने प्रवृत्तिले पार्टीको हित नगर्ने उनको भनाइ छ । 

पार्टीको महासमिति सदस्यसमेत रहेका अध्यक्ष शेर्पाले आज सामाजिक सञ्जालमा लेखेका छन् –‘देशको सबैभन्दा ठूलो लोकतान्त्रिक पार्टीले मधेसी, तामाङ, गुरुङ, शेर्पा, राई, मगर ह्योल्मोलगायतका अल्पसंख्यकबाट एक जना पनि उम्मेदवार नबनाएकोमा आफ्नो असन्तुष्टि रहेको छ ।’

यस्तो निर्णयले पार्टीको हित नगर्ने बताउँदै उनले –‘गलत निर्णय गर्दा पनि उपेक्षित समुदायले सधैं किन मत हालिरहने ?’ उनले प्रश्न गरेका छन् –‘एउटै व्यक्ति यता नपाए उता, उता नपाए यता यसरी पनि पार्टी बलियो हुन्छ ? पार्टीले कारबाही गर्छ भने गरोस तर म भोट हाल्न जान्न ।’

कांग्रेसको मत संख्या धेरै रहेको मधेस र जनजाति समुदायलाई पूर्ण रुपमा उपेक्षा गरिएको उनले बताएका छन्  । उनले प्रश्न गरेका छन्–‘मधेसी मूलको उम्मेदवार खोइ ?  एउटै व्यक्तिलाई जहिल्यै अवसर पाउने अवस्था बनेको छ । नेतृत्वले सँधै यस्तै निर्णय गरेकाले पार्टीलाई असर परेको छ ।’ 

कांग्रेसले राष्ट्रिय सभा सदस्यका लागि १० जना उम्मेदवार छनौट गरेकोमा मधेसी मूल, जनतजाति र अल्पसंख्यक समुदायबाट उम्मेदवार छैनन् । अध्ययले शेर्पाले पार्टीको निर्णयले वर्षौदेखि दुःख गेरेर कुनै अवसर नपाएका ठूलो जनसंख्याको हिस्साको प्रतिनिधित्व गर्नेहरूलाई निरास बनाएको बताए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पाँचथरकाे च्याङथापूमा २६ घर उच्च जोखिममा

पाँचथर । जिल्लाको याङवरक गाउँपालिका–१ च्याङथापूका विभिन्न स्थानमा पहिरो जाँदा छ टोल प्रभावित भएका छन् । बेमौसमी वर्षापछि गत जेठ ८ गते पहिरो जाँदा यहाँ...

आफ्नै स्कुल बसको ठक्करबाट विद्यार्थीको मृत्यु

झापा । गौरादह नगरपालिका–७ मा बुधबार स्कुल बसको ठक्करबाट एक विधार्थीको घटनास्थलमै मृत्यु भएको छ । गौरादह नगरपालिका–७ स्थित फगेटीमा सजग एकता बोर्डिङ ...

जलजलामा ‘गोठस्टे’ सञ्चालन

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–२ मा रहेको पर्यटकीयस्थल जलजलामा पर्यटकको सुविधाका लागि ‘गोठस्टे’ (गोठबास) सञ्चालन भएको छ । समुद्री सतहदेख...

मोटरसाइकल दुर्घटना नेपाली सेनाका जवानको मृत्यु

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका–१७ झरहीखोलास्थित पूर्वपश्चिम राजमार्गमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु...

सूर्यविनायक–धुलिखेल सडक : यात्रा होइन, ज्यानको बाजी

काठमाडौं । राजधानीलाई पूर्वी नेपालसँग जोड्ने मुख्य प्रवेशद्वार मानिने सूर्यविनायक–धुलिखेल सडकखण्ड अहिले यात्रुका लागि विकास होइन, त्रासको पर्याय बन्दै...

पूर्व सरकारी अधिकारीको घरमा ४ करोड डलरको सुन भेटिएपछि...

काठमाडौं । अमेरिकाको केन्द्रीय गुप्तचर निकाय (सीआईए) का एक पूर्व वरिष्ठ अधिकारीको घरमा ठूलो परिमाणमा सुन र नगद फेला परेपछि उनलाई पक्राउ गरिएको छ । अमे...

पत्रकार आचरण विपरीतका कार्य नगर्न नगराउन काउन्सिलको आग्रह

काठमाडौँ । प्रेस काउन्सिल नेपालले पेसागत आचरण विपरीतका कार्य नगर्न नगराउन सञ्चारमाध्यम, आमपत्रकार, सञ्चारकर्मी एवं सामाजिक सञ्जालका प्रयोगकर्तालगायत स...

आज कतै वर्षा, कतै तातो हावाको लहर

काठमाडौँ । नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । यसको प्रभाव रहँदा बुधबार काठ...

अस्पताल उद्घाटनअघि लम्की तनावग्रस्त, मुख्यमन्त्री आउँदै गर्दा सुरक्षा घेरा कडा

कैलाली । सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाह आज लम्कीचुहा प्रादेशिक अस्पताल उद्घाटन गर्न आउने कार्यक्रम तय भएपछि उक्त क्षेत्रको सुरक्षा व्यवस्था...

पोखरामा सार्वजनिक जग्गा फिर्ता अभियान, पृथ्वीचोकबाट सुरु भयो ठूलो सफाइ

पोखरा । पोखराको पृथ्वीचोक क्षेत्रमा वर्षौँदेखि राजनीतिक पहुँच र संस्थागत संरक्षणमा टिकिरहेका टहरा तथा संरचना अन्ततः हटाउन थालिएको छ। तर यसपटक दृश्य फर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending