Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

राष्ट्रिय सभा चुनावमा मत नखसाल्ने हेलम्बुका अध्यक्षको घोषणा

पार्टीले कारबाही गर्छ भने गरोस तर म भोट हाल्न जान्न

खबरडबली संवाददाता

काठमाडौं । सिन्धुपाल्चोक हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले राष्ट्रिय सभा निर्वाचनमा मत नखसाल्ने घोषणा गरेका छन् । पार्टीको महासमिति सदस्यसमेत रहेका अध्यक्ष शेर्पाले आज सामाजिक सञ्जालमा लेख्दै यस्तो बताएका हुन् । 

 उनले उम्मेदवार छनौटमा समावेशीतलाई ख्याल नगरी एउटै व्यक्तिलाई पटक–पटक अवसर दिएको भन्दै उनले यस्तो घोषणा गरेका हुन् । खास समुदाय र अवसर नपाएकालाई भन्दा पनि आफू निकटलाई उम्मेदवार बनाएर कांग्रेसलाई सबैको पार्टी बन्ने अवसरबाट बञ्चित गराएको आरोप अध्यक्ष शेर्पाको रहेको छ । पटक–पटक अवसर पाएका एउटै मान्छेलाई सँधै पदमा लैजाने प्रवृत्तिले पार्टीको हित नगर्ने उनको भनाइ छ । 

पार्टीको महासमिति सदस्यसमेत रहेका अध्यक्ष शेर्पाले आज सामाजिक सञ्जालमा लेखेका छन् –‘देशको सबैभन्दा ठूलो लोकतान्त्रिक पार्टीले मधेसी, तामाङ, गुरुङ, शेर्पा, राई, मगर ह्योल्मोलगायतका अल्पसंख्यकबाट एक जना पनि उम्मेदवार नबनाएकोमा आफ्नो असन्तुष्टि रहेको छ ।’

यस्तो निर्णयले पार्टीको हित नगर्ने बताउँदै उनले –‘गलत निर्णय गर्दा पनि उपेक्षित समुदायले सधैं किन मत हालिरहने ?’ उनले प्रश्न गरेका छन् –‘एउटै व्यक्ति यता नपाए उता, उता नपाए यता यसरी पनि पार्टी बलियो हुन्छ ? पार्टीले कारबाही गर्छ भने गरोस तर म भोट हाल्न जान्न ।’

कांग्रेसको मत संख्या धेरै रहेको मधेस र जनजाति समुदायलाई पूर्ण रुपमा उपेक्षा गरिएको उनले बताएका छन्  । उनले प्रश्न गरेका छन्–‘मधेसी मूलको उम्मेदवार खोइ ?  एउटै व्यक्तिलाई जहिल्यै अवसर पाउने अवस्था बनेको छ । नेतृत्वले सँधै यस्तै निर्णय गरेकाले पार्टीलाई असर परेको छ ।’ 

कांग्रेसले राष्ट्रिय सभा सदस्यका लागि १० जना उम्मेदवार छनौट गरेकोमा मधेसी मूल, जनतजाति र अल्पसंख्यक समुदायबाट उम्मेदवार छैनन् । अध्ययले शेर्पाले पार्टीको निर्णयले वर्षौदेखि दुःख गेरेर कुनै अवसर नपाएका ठूलो जनसंख्याको हिस्साको प्रतिनिधित्व गर्नेहरूलाई निरास बनाएको बताए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अमेरिकामा प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच भेटवार्ता हुने

काठमााडौं । अमेरिका भ्रमणमा रहेको प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्ने भएका छन् । संयुक्त राष्ट्र सङ्घको कार...

अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनको तयारी पूरा

काठमाडौं ।  नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलनको तयारी पूरा गरेको ...

खाली भयो नुवाकोट जिल्ला कारागार

नुवाकोट। नुवाकोटको विदुर नगरपालिका–६ खम्पाक्याम्पमा केन्द्रीय कारागार भवन निर्माण गरेर भदौ १५ देखि कैदीबन्दी स्थान्तरण गरेपश्चात खाली भएको विदुर–१ ढुं...

ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धमा सहभागी सबै माओवादी घटकहरु एक ठाउँमा आउनुको विकल्प नभएको उल्लेख गर्दै ढ...

गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य

काठमाडौँ । भारतले बंगलादेशलाई जारी पहिलो टेस्ट खेलमा ५१५ रनको लक्ष्य दिएको छ ।  जारी टेस्टको दोस्रो इनिंगमा भारतले ४ विकेट गुमाउदै २८७ रन बनाएर आफ्...

हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली

रौतहट । हैजा प्रभावित क्षेत्र रौतहटको राजपुरमा  प्रादेशिक अस्पताल गौरको  मेडिकल सुपरिेन्डेन्ट डाक्टर मुरारी ठाकुरको नेतृत्वमा एक आवश्यक औषधि सहित पुगे...

चट्याङ लागेर एकजनाको मृत्यु

  ढोरपाटन । निसीखोला गाउँपालिका–३ किटनीकी २४ वर्षीया रजना बुढाको गत राति चट्याङ लागेर मृत्यु भएको छ । आफ्नै घरभित्र बसिरहेको अवस्थामा चट्याङ पर्दा ...

नौ लाख बराबरका भन्सार छलीका सामान बरामद

काठमाडौं ।  जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले भन्सार छली गरी ल्याइएका रु नौ लाख बराबरको सामान बरामद गरेको छ । प्रहरीले आज जिल्लाका विभि...

कुचोसँग चामल साटेर दैनिकी चलाउँदै सम्झना चौधरी

 दाङ  । लमही नगरपालिका–९ रिहार निवासी ५७ वर्षीया सम्झना चौधरीले कुचोबाट आफ्नो जीविकोपार्जन गर्दै आएकी छन्। उनले कुचो बनाउने र बजारमा चामलसँग साटेर घर ...

चितवन–२ का मतदाता भन्छन्ः रविलाई भोट दिएकोमा पछुतो छ

काठमाडौं । सहकारी छानविन प्रकरणमा सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले गोरखा मिडियाका सञ्चालकहरुले सहकारीको रकम अपचलन ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy