काठमाडौं । प्रहरी जवान आधारभूत तालिमका ५२ जना प्रहरी जवान सोमबार दीक्षित भएका छन् । नेपाल प्रहरी शिक्षालय भरतपुरको तत्वावधानमा नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल कपनमा संचालित २(६ समूहको तालिममा सहभागी उनीहरू दीक्षित भएका हुन् ।
नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल कपनमा आयोजित दीक्षान्त समारोहमा नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रहरी नायव महानिरीक्षक विकास राज खनालले विभिन्न विधामा उत्कृष्ट प्रशिक्षार्थीहरूलाई पुरस्कार प्रदान गरेका छन् ।
दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रहरी नायव महानिरीक्षक खनालले तालिममा सिकेका ज्ञान, सीप र कौशललाई कार्यक्षेत्रमा प्रयोग गरी आम नागरिकले उत्कृष्ट प्रहरी सेवाको अनुभूति गर्न सक्ने गरी कार्य गर्न प्रशिक्षार्थीहरूलाई निर्देशन दिए ।
शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा अनुसन्धान, ट्राफिक व्यवस्थापन, विपद् व्यवस्थापन लगायतका मुख्य जिम्मेवारीका साथै राज्यले सुम्पिने विशेष जिम्मेवारीहरू पूरा गर्ने कार्यमा प्रहरी जवान नेपाल प्रहरी संगठनको मेरूदण्डको रूपमा रहेको चर्चा गर्दै प्रहरी नायव महानिरीक्षक खनालले कार्यक्षेत्रमा प्रहरी जवानले बोल्ने बोली र व्यवहारले समग्र संगठनको प्रतिनिधित्व गर्ने हुनाले उनीहरूको बोली र व्यवहार अत्यन्त विनम्र एवम् व्यवसायिक हुनुपर्नेमा जोड दिए ।
समारोहमा नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदलका प्रमुख प्रहरी उपरीक्षक तुल बहादुर कार्कीले शब्द उच्चारणबाट प्रशिक्षार्थीहरूलाई शपथ ग्रहण गराउनुका साथै धन्यवाद ज्ञापन समेत गरेका थिए ।
तालिम संयोजक प्रहरी नायव उपरीक्षक रेमश बहादुर पालले स्वागत मन्तव्य एवम् तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै गत २०७९ फागुन १५ गतेदेखि संचालित २३४ कार्यदिन अवधिको उक्त तालिममा ५२ जना प्रशिक्षार्थीहरु दीक्षित भएको जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १४ गते, २०८३ - ०८:४१
पाँचथर । जिल्लाको याङवरक गाउँपालिका–१ च्याङथापूका विभिन्न स्थानमा पहिरो जाँदा छ टोल प्रभावित भएका छन् । बेमौसमी वर्षापछि गत जेठ ८ गते पहिरो जाँदा यहाँ...
जेष्ठ १४ गते, २०८३ - ०८:३८
झापा । गौरादह नगरपालिका–७ मा बुधबार स्कुल बसको ठक्करबाट एक विधार्थीको घटनास्थलमै मृत्यु भएको छ । गौरादह नगरपालिका–७ स्थित फगेटीमा सजग एकता बोर्डिङ ...
जेष्ठ १४ गते, २०८३ - ०८:३३
म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–२ मा रहेको पर्यटकीयस्थल जलजलामा पर्यटकको सुविधाका लागि ‘गोठस्टे’ (गोठबास) सञ्चालन भएको छ । समुद्री सतहदेख...
जेष्ठ १४ गते, २०८३ - ०८:३०
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका–१७ झरहीखोलास्थित पूर्वपश्चिम राजमार्गमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु...
जेष्ठ १४ गते, २०८३ - ०८:२३
काठमाडौं । राजधानीलाई पूर्वी नेपालसँग जोड्ने मुख्य प्रवेशद्वार मानिने सूर्यविनायक–धुलिखेल सडकखण्ड अहिले यात्रुका लागि विकास होइन, त्रासको पर्याय बन्दै...
जेष्ठ १४ गते, २०८३ - ०८:२०
काठमाडौं । अमेरिकाको केन्द्रीय गुप्तचर निकाय (सीआईए) का एक पूर्व वरिष्ठ अधिकारीको घरमा ठूलो परिमाणमा सुन र नगद फेला परेपछि उनलाई पक्राउ गरिएको छ । अमे...
जेष्ठ १४ गते, २०८३ - ०८:१६
काठमाडौँ । प्रेस काउन्सिल नेपालले पेसागत आचरण विपरीतका कार्य नगर्न नगराउन सञ्चारमाध्यम, आमपत्रकार, सञ्चारकर्मी एवं सामाजिक सञ्जालका प्रयोगकर्तालगायत स...
जेष्ठ १४ गते, २०८३ - ०८:१४
काठमाडौँ । नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । यसको प्रभाव रहँदा बुधबार काठ...
जेष्ठ १४ गते, २०८३ - ०८:१३
कैलाली । सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाह आज लम्कीचुहा प्रादेशिक अस्पताल उद्घाटन गर्न आउने कार्यक्रम तय भएपछि उक्त क्षेत्रको सुरक्षा व्यवस्था...
जेष्ठ १४ गते, २०८३ - ०८:०८
पोखरा । पोखराको पृथ्वीचोक क्षेत्रमा वर्षौँदेखि राजनीतिक पहुँच र संस्थागत संरक्षणमा टिकिरहेका टहरा तथा संरचना अन्ततः हटाउन थालिएको छ। तर यसपटक दृश्य फर...



प्रतिकृया लेख्नुहोस्: