काठमाडौं । प्रहरी जवान आधारभूत तालिमका ५२ जना प्रहरी जवान सोमबार दीक्षित भएका छन् । नेपाल प्रहरी शिक्षालय भरतपुरको तत्वावधानमा नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल कपनमा संचालित २(६ समूहको तालिममा सहभागी उनीहरू दीक्षित भएका हुन् ।
नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल कपनमा आयोजित दीक्षान्त समारोहमा नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रहरी नायव महानिरीक्षक विकास राज खनालले विभिन्न विधामा उत्कृष्ट प्रशिक्षार्थीहरूलाई पुरस्कार प्रदान गरेका छन् ।
दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रहरी नायव महानिरीक्षक खनालले तालिममा सिकेका ज्ञान, सीप र कौशललाई कार्यक्षेत्रमा प्रयोग गरी आम नागरिकले उत्कृष्ट प्रहरी सेवाको अनुभूति गर्न सक्ने गरी कार्य गर्न प्रशिक्षार्थीहरूलाई निर्देशन दिए ।
शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा अनुसन्धान, ट्राफिक व्यवस्थापन, विपद् व्यवस्थापन लगायतका मुख्य जिम्मेवारीका साथै राज्यले सुम्पिने विशेष जिम्मेवारीहरू पूरा गर्ने कार्यमा प्रहरी जवान नेपाल प्रहरी संगठनको मेरूदण्डको रूपमा रहेको चर्चा गर्दै प्रहरी नायव महानिरीक्षक खनालले कार्यक्षेत्रमा प्रहरी जवानले बोल्ने बोली र व्यवहारले समग्र संगठनको प्रतिनिधित्व गर्ने हुनाले उनीहरूको बोली र व्यवहार अत्यन्त विनम्र एवम् व्यवसायिक हुनुपर्नेमा जोड दिए ।
समारोहमा नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदलका प्रमुख प्रहरी उपरीक्षक तुल बहादुर कार्कीले शब्द उच्चारणबाट प्रशिक्षार्थीहरूलाई शपथ ग्रहण गराउनुका साथै धन्यवाद ज्ञापन समेत गरेका थिए ।
तालिम संयोजक प्रहरी नायव उपरीक्षक रेमश बहादुर पालले स्वागत मन्तव्य एवम् तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै गत २०७९ फागुन १५ गतेदेखि संचालित २३४ कार्यदिन अवधिको उक्त तालिममा ५२ जना प्रशिक्षार्थीहरु दीक्षित भएको जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ५ गते, २०८२ - ०७:४८
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले जेन्जी आन्दोलनको भावनाअनुसार वर्तमान सरकारले सुशासन र निष्पक्ष निर्वाचनलाई आफ्नो अर्जुन दृष्टि बनाएको बताएकी ...
पौष ५ गते, २०८२ - ०७:४५
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज काठमाडौँमा एकता सन्देश सभा आयोजना गर्दैछ । भृकुटीमण्डपमा हुने उक्त सभामा करिब ५० हजार जनाको सहभागिता ...
पौष ४ गते, २०८२ - ११:३२
कञ्चनपुर । बाक्लो हुस्सु र लगातारको शीतलहरले पश्चिम तराईका जिल्लामा चिसो बढाएको छ। धनगढी, कञ्चनपुर लगायतका क्षेत्रमा दिनभर हुस्सु र चिसोको सामना गर्नु...
पौष ४ गते, २०८२ - ११:३२
काठमाडौँ । नेकपा एमालेका उपमहासचिव विष्णु प्रसाद रिमालले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन असाधारण भएको बताएका छन्। उनले महाधिवेशनमा गरिमा, उत्साह र स...
पौष ४ गते, २०८२ - १०:५९
काठमाडौँ । यस वर्ष काठमाडौँ महानगरपालिकामा सञ्चालनमा रहेका ३९ वटा विद्यालयले नेपालीपन झल्किने गरी विद्यालयको नाम परिवर्तन गरेका छन् । गत वर्षदेखि नै क...
पौष ४ गते, २०८२ - १०:५७
मोरङ । सङ्घीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले मानव बेचबिखन गम्भीर अपराध भएकाले यसको रोकथाम गर्न सरकार संवेदनशील रहेको बता...
पौष ४ गते, २०८२ - १०:५४
काठमाडौं । नेपाली बजारमा शुक्रबार (पुस ४) सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ...
पौष ४ गते, २०८२ - १०:४९
दोलखा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस दोलखाले बागमती प्रदेशसभा सदस्य एवं पूर्व मन्त्री कुन्दनराज काफ्लेसह...
पौष ४ गते, २०८२ - १०:३८
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई अदालतले सशर्त धरौटीमा रिहा गर्दै मुद...
पौष ४ गते, २०८२ - १०:३६
काठमाडौँ । टुकुचा खोलाको पानीलाई प्रशोधन गरी पिउनयोग्य बनाउने दीर्घकालीन लक्ष्यसहित फोहर पानी प्रशोधन केन्द्र (Wastewater Treatment Plant) निर्माणको क...




प्रतिकृया लेख्नुहोस्: